जब फेवा तालमा साँझ पर्यो (तस्वीरहरु) | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

जब फेवा तालमा साँझ पर्यो (तस्वीरहरु)




   Suyog Dhakal - Jun 06 2017

नेपालको पोखरा अनि पोखराको फेवाताल । जहाँ सबैको मन बसेको छ, जहाँ प्रकृतिले पृथ्वीलाई दुलही झै सजाएको छ, जहाँ प्रकृतिले प्रवृत्तिलाई सकारात्मक धारमा डोहोर्याउँदछ । चाहे जत्तिकै तनाव या चापमा त्यहाँ कोही किन नपुगोस् ? त्यहाँको प्रकृतिले हाम्रो तनाव लिने प्रवृत्तिलाई टाटा बाईबाई गरिदिन्छ ।

यही साँझ र यिनै बिहानहरु जब फेवा तालको किनारमा पर्दछन तब देख्ने आँखाहरुले बाजी राखेका छन् कि ती साँझ अनि बिहानहरु अलौकिक हुन्छन् । माछापुच्छ्रेको छायाँमा जब घाम डुब्दै जान्छ, पारी देखिएको रानी वन र शान्तिस्तुपामा जब किरणहरु हराउँदै जान्छन् , तब प्रकृतिको मनोरम छटामा मानव हृदय यसरी डुब्दछ कि मानौ कोही नपिएरै पिएको बराबर मदहोश छ ।

फेवा तालमा डुङ्गा का लस्करहरु, पानीका अनि पानीमा छायाँहरु, माझी अनि यात्रुहरु, तालबाराहीमा बलेको बत्तिका धर्साहरु, निलो आकाश अनि ती सबैकुराहरुको एकमुष्ठ रोमाञ्चकता । आउनुहोस् सुश्री लिडिया लामाले हाम्रो पात्रोलाई उपलब्ध गराउनुभएको तस्वीरमार्फत प्रस्तुत छ, फेवातालमा साँझ पर्यो । 

















सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.