हङकङमा पृथ्वी जयन्ती | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

हङकङमा पृथ्वी जयन्ती





हङकङमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाइयो : हाम्रो पात्रो


तपाँईलाई थाहा छ ? पृथ्वी नारायण शाहले नेपालको एकिकरण गरेका वेला संसारभरि केवल २१ वटा मात्र राष्ट्रहरु थिए, सार्वभौम सक्ता सम्पन्न यो स्वतन्त्र देश नेपाल उतिबेला पनि संसारकालागी एउटा दृष्टान्त थियो र अहिले पनि । पृथ्वी जयन्तिमा राज्यले विदा दिएन भनेर गुनासोका श्रृखलाहरु सुनिएको छ, जे होस् राष्ट्र एकिकरणगर्ने पृथ्वी नारायण शाहलाई संझनलाई विदा भन्दा पनि देशभक्त मानसिकता चाहिन्छ । यसो भन्दै गर्दा राष्ट्रवाद अनि नेपालीपनालाई राजसँस्था र मोह सँग जोडिएर नहेरियोस्, पंक्तिकार स्वं पनि जनआन्दोलनमा गणतन्त्रको नारा लिएर हिँडेको एउटा स्वतन्त्र सेनानी हो ।

मेरा साना दुखले आर्ज्याको मुलुक होइन सवै जातको फुलबारी हो।घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्।राष्ट्रिय एकताका प्रतीक स्व।पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सवै राष्ट्र प्रेमिहरुमा एकताको भावना जागोस् ।अखण्ड नेपाल जिन्दावाद १ जय नेपाल 



हङकङ , हङकङ प्रबासी नेपाली एकता समाज हङकङले जनवरी १५ तारिख आइतबार पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन उठेका मागप्रति उदासीनता देखाए पनि राष्ट्रिय जीवन र समाजका विभिन्न समूह तथा व्यक्तिहरूले नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको दुई सय ९५औं जन्मजयन्तीका अवसरमा उनीप्रति कृतज्ञता र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
हङकङ प्रबासी नेपाली एकता समाज हंगकंगले कंगन रेस्टुरेंट जोर्डनमा मनाएको पृथ्वी जयन्ती एवं एकता दिवस कार्यक्रममा बोल्दै प्रमुख अथिती हङकङ स्थित नेपाली महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले भने, ‘हामी जहाँ रहे पनि नेपाली भनेर चिनिनु पाउँदा गर्व लाग्छ । हामीलाइ पृथ्वीनारायण शाहले जुन एकताको सुत्रमा बाधेर जानू भयो । त्यसैले एकता नै बल हो र यसरी नै हामी एकता भइ साथ साथ अघि बढ्यौ भने हाम्रो रास्ट्र समृद्ध बन्न सक्छ ।’


राष्ट्रिय गानका साथ पृथ्वीनारायण शाहको फोटोमा पुष्प गुच्छा चढाइ शुरु गरिएको उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रवाश स्थित भातृ सगठन विभिन्न समाजिक संधसंस्थाहरुको ब्यापक उपस्थित रहेको थियो । इश्वर बिक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानवारे नेपाली जन सम्पर्क समिति हङकङका सभापती जगत शाह ,चेम्बर अफ कमर्सका अध्यक्ष दासुराम पराजुली हङकङ नेपाल ब्यापार संधका अध्यक्ष प्रकाश पुन, एन आर एन हङकङका अध्यक्ष ललित सुब्बा , झापा सम्पर्क मन्च हङकङका अध्यक्ष छत्र सुब्बाले प्रकाश पारेका थिए । सबै बक्ताहरुले त्यो समयमा हामिलाइ यदि यसरी नेपाल एकीकरण नगरी दिएको भए हामी एसरी नेपाली भन्न कहाँ पाउथ्यौ र देशले बिदेशी पाहुना आउदा सार्वजनिक बिदा दिन हुने तर रास्ट्र निर्मातालाई बिर्सने काम गर्यो भनेर रोस प्रकट गरेका थिए ।
उक्त कार्यक्रमको स्वागत मन्तव्य तुलसी उप्रेतीले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव पुकार शाहले गरेका थिए । कार्यक्रममा तुलसी उप्रेतीले आफ्नो मन्तब्य राख्दै फुलबारी मा पानी र मल एकै किसिम ले नहालेको कारण देश अहिले को अवस्था भएका। र सबैलाइ बराबर दिन को निम्ति युवाहरू उहाको प्रेरणा लिएर अधि बढने धारणा ब्यक्त गरे । 



कार्यक्रमको अन्तिममा अध्यक्ष इस्वर बिक्रम शाहले सबैलाइ धन्यवाद दिन्दै हाम्रो एकतामा नै सबैको जित छ हामी फुट्यौ भने हाम्रो अस्थित्व नै रहन्दैन समृद्ध रास्ट्र बनाउन वहाको दिब्य उपदेशलाई मध्य नजर गरि हामी एक भएर अगाडि बढनु नै आजको अपहार्यता हो भन्दै कार्यक्रम बिषर्जन गरेका थिए ।
स्मरण रहोस प्रवासी नेपाली एकता समाज राप्रपा नेपालको भातृ सगठन को रुपमा २०१६ मा मात्र स्थापना भएको हो ।

हङ्गकङ्ग वाट हाम्रो पात्रो प्रयोगकर्ता तुलसी उप्रेतीको सहयोगमा सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.