श्रावणका तुलफुलहरु- बर्खायामको बारी | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

श्रावणका तुलफुलहरु- बर्खायामको बारी




   Suyog Dhakal - Jul 26 2017

भनाई नै छ कि भदौमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भनेंर, यो हरियालीको मौसम र बर्खाको ओसहरु बीच आज हामी श्रावणको हरियाली र बारीका तुलफुलहरुको एउटा चित्रकथा प्रस्तुत गर्दैछौं । जाने हैन त बारीका कान्लाहरु चित्र मार्फत ?

यो पनि हेर्नुहोस् : रोपाँईको मेलो

नास्पतीवाट शुरु गरौं आजको बारी यात्रा, नास्पती बर्षामासको एउटा स्वाद हो । पानी, मस्याईलोपना अनि गुलीयोको छरितो स्वाद नास्पातीले बोकेको हुन्छ, हामी सबैले खाएकै छौं ।


अनि कुरा गरौं एउटा सदाबहार तरकारीको, हरेक भान्साको चहक हो बोडी ।
बढ्दै गरेको बोडीका कोसाका त्यान्द्राहरुले स्वागत गरेका बर्खाबहारमा सबैलाई स्वागत छ ।


केराका घरीहरु र बुगों पनि बर्खाको एउटा घोतक हो, हुन त यो फल बर्षैभरि फल्दछ तथापि मालभोक र जहाजी केराको बर्खायाममा बिशेष महत्व हुन्छ ।

मकैका बारी, बढ्दो घोघा अनि कता कता गाढा कालो चिया जस्तो आकाश । पोलेको, भुटेको अनि उसिनेको मकै नेपाली जीवनको एउटा हस्ताक्षर खाजा नै हो ।


कटहरको त के कुरा गर्नु , संभवतः रुखमा फल्ने सबैभन्दा ठुलो फल नै कठहर हो । कटहरको फल र बासना पनि बर्खाको स्वाद सँग मिसीएर आउने गर्दछ ।


अनि घैया धानको हुर्कदै गरेका बिरुवाहरु । एउटा उखान नै छ , एैया बाबै घैया पाक्यो चिउरी कुटाईदेउ भन्ने बहुतै प्रचलीत छ । ससाना बाला अनि गेडाहरु भएको खैरो खैरो रंगको चामल हुने घैया बास्तवमा चिउराकालागि प्रसिद्ध चामल हो है ।

श्रावणको यो महिना बास्तवमै बिशेष छ, बारीका ताजा तस्बिरहरु र नेपाली झझल्कोहरु सहित यि तस्बिरहरु उपहार छ, केवल हाम्रो पात्रोमा ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.