Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको सातौं अध्याय




   Bishwa Raj Adhikari - Jan 31 2017
विश्वगीताको सातौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीता को आधुनिक व्याख्या "विश्वगीता"को छैठौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको सातौं अध्यायका ३०  श्लोकहरु यसप्रकार छन् ।

अध्याय ७ 
अध्याय ७ , श्लोक ०१ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे पार्थ, भक्तियोगको अभ्यासद्वारा मष्तिष्कलाई विषेश किसिमले ममाथि लगाएर एवं म प्रति समर्पित भएर बिना कुनै शंसय तिमीले पूर्ण रुपमा मलाई जान्न सक्छौ, त्यो अब सुन।)
श्रीभवानुवाच- मय्यासक्तमना: पार्थ योगं युञ्जन्मदाश्रय:। असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु।।१।।

अध्याय ७ , श्लोक ०२ 
(अब म तिमीलाई विज्ञान सहित यस ज्ञान बारे पूर्ण रुपमा प्रष्ट पार्ने छु जुन थाहा पाएर तिमीले थाहा पाउनु पर्ने कुरा यो संसारमा बाँकि रहने छैन्। तिमीलाई संसारका सम्पूर्ण कुराहरू बारे ज्ञात हुनेछ।)
ज्ञानं तेSहं सविज्ञानमिदं वक्ष्याम्यशेषत:। यज्ज्ञात्वा नेह भूयोSन्यज्ज्ञातव्यमवशिष्यते।।२।।

अध्याय ७ , श्लोक ०३ 
(सयौं सयौं पुरुषहरू मध्ये कुनै एकले सिद्धिको लागि प्रयत्न गर्दछ। र ती सिद्धि प्राप्त गरेका पुरुषहरू मध्ये कुनै एकले मलाई यो स्वरुपमा जान्दछ।)
मनुष्याणां सहस्रेषु कश्र्चिद्यतति सिद्धये। यततामपि सिद्धानां कश्र्चिन्मां वेत्ति तत्त्वत:।।३।।

अध्याय ७ , श्लोक ०४ 
(मेरो बाहिरी अङ्गको प्रकृति पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि, अहङ्कार गरी आठ भागमा विभाजित छ।)
भूमिरापोSनलो वायु: खं मनो बुद्धिरेव च। अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।४।।

अध्याय ७ , श्लोक ०५ 
(तर यी आठ जड प्रकृतिहरू निकृष्ट हुन। हे महाबाहो, यी जड प्रकृति बाहेक मेरो एक उत्कृष्ट प्रकृति छ जुन जीव शक्ति हो, आत्मा शक्ति हो। आत्मा शक्ति शरीर रुप भित्र हुन्छ र जीवनको आधार पनि यो नै हो।)
अपरेयमितस्वन्यां प्रकृतिं विद्धि मे पराम्। जीवभूतां महाबाहो ययेदं धार्यते जगत्।।५।।

अध्याय ७ , श्लोक ०६ 
(मेरा यी दुई प्रकृतिहरू- आध्यात्मिक प्रकृति र भौतिक प्रकृति बाट नै सम्पूर्ण जीवहरूको रचना भएको हो भन्ने जान। म नै सम्पूर्ण जगत्को रचनाकर्ता र विनासकर्ता पनि हुँ।)
एतद्योनीनि भूततानि सर्वाणीत्युपधारय। अहं कृत्स्नस्य जगत: प्रभव: प्रलयस्तथा।।६।।

अध्याय ७ , श्लोक ०७ 
(हे धनञ्जय, म भन्दा श्रेष्ठ अर्को कोही छैन्। धागोमा मणि उनिएझै यो संसार ममा उनिएको छ।)
मत्त: परतरं नान्यत्किञ्चिदस्ति धनंजय। मयि सर्वमिदं प्रोतं सुत्रे मणिगणा इव।।७।।

अध्याय ७ , श्लोक ०८ 
(हे कौन्तेय, जलमा म रस हुँ, सूर्य र चन्द्रमामा प्रकाश हुँ, सम्पूर्ण वेदहरूमा ओमकार हुँ, आकाशमा शब्द हुँ तथा पुरुषमा पुरुषत्व पनि म नै हुँ।)
रसोSहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययो:। प्रणव: सर्ववेदेषु शब्द: खे पौरुषं नृषु।।८।।

अध्याय ७ , श्लोक ०९ 
( पृथ्वीमा म पवित्र गन्ध हुँ, अग्निमा म तेज हुँ, सम्पूर्ण जीवहरूको म आयु हुँ तथा तपस्वीहरूको म तप हुँ।)
पुण्यो गन्ध: पृथिव्यां च तेजश्र्चस्मि विभावसौ। जीवनं सर्वभूतेषु तपश्र्चास्मि तपस्विषु।।९।।

अध्याय ७ , श्लोक १० 
(हे पार्थ, सम्पूर्ण प्राणीहरुको नित्य कारण अर्थात सनातन बीज मलाई जान। बुद्धिमानहरू बुद्धि र तेजस्वीहरूको तेज पनि म नै हुँ।)
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्। बुद्धिबुर्द्धिमतामस्मि तेजस्तेजस्विनामहम्।।१०।।

अध्याय ७ , श्लोक ११ 
(हे भरतर्षभ, म बलशालीहरूको वासना र विषयमा आसक्ति नभएको बल हुँ र सबै प्राणीहरूमा केवल धर्म अनुरुप सन्तान जन्माउन उपयोगी रहेको काम हुँ।)
बलं बलवतां चाSहं कामरागविवर्जतम्। धर्मविरुद्धो भूतेषु कामोSस्मि भरतर्षम।।११।।

अध्याय ७ , श्लोक १२ 
(जति पनि सात्विक, राजसी र तामसी भावहरू छन् ती सम्पूर्ण मेरा प्रकृतिका गुणद्वारा उत्पन्न कार्यहरू हुन। म ती गुणहरूबाट स्वतन्त्र छु। बरु ती गुणहरू मेरो शक्तिको अधीनमा छन्।)
ये चैव सात्त्विका भावा राजसास्तामसाश्र्च ये। मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि।।१२।।

अध्याय ७ , श्लोक १३ 
(भद्रता, अनुराग र अज्ञानता गरी यी तीन गुणहरूबाट मोहित भएको कारणले गर्दा यो सम्पूर्ण संसारले यी तिन गुणहरू भएको म अविनाशीलाई जान्न सक्तैन।)
त्रिभिर्गुणयैर्भावैरभि: सर्वमिदं जगत्। मोहितं नाभिजानाति मामेभ्य: परमव्ययम्।।१३।।

अध्याय ७ , श्लोक १४ 
(भौतिक प्रकृति भएका यी तीन गुणहरू समाविष्ट मेरो दैवीय शक्ति पार गर्न कठिन छ तर तिनीहरू जो मेरो आश्रयमा पर्दछन् तिनीहरूले भने यो दैवीय शक्ति अर्थात मायालाई पार गर्न सक्छन्।)
दैवी ह्येषा गुणमयी मम माया दुरुत्यता। मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते।।१४।।

अध्याय ७ , श्लोक १५ 
(पटमूर्ख, मानवतामा निम्नकोटी, भ्रमदवारा ज्ञान नाश भएका र आसुरी स्वभावले युक्त भएका नीचहरूले मेरो आश्रय पाउँदैनन्। तिनीहरू मेरा प्रिय होइनन्)
न मां दुष्कृतिनो मूढा: प्रपद्यन्ते नराधमा:। माययापहृतज्ञाना आसुरं भावमाश्रिता: ।।१५।।

अध्याय ७ , श्लोक १६ 
(हे भारतर्षभ, उत्तम कार्य गर्ने चार किसिमका व्यक्तिहरूले मलाई भज्छन्। ती चार किसिमका व्यक्तिहरू हुन- व्यथित, ज्ञानको भोका, धन आर्जन गर्न इच्छुक र निष्कामी।)
चतुर्विधा भजन्ते मां जना: सुकुतिनोSर्जुन। आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भारतर्षभ।।१६।।

अध्याय ७ , श्लोक १७ 
(मलाई भज्ने ती चार प्रकारकाहरू मध्ये जो सँधै मामाथि नै आफ्नो चित्तलाई एकाग्रह गर्ने र केवल ममा नै अनुराग राख्ने ज्ञानीहरू छन् तिनीहरू भने श्रेष्ठ हुन किनभने म उनीहरूको लागि श्रध्येय हुँ र उनीहरू मेरा प्रिय हुन।)
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते। प्रियो हि ज्ञानिनोSत्यर्थमहं स च मम प्रिय:।।१७।।

अध्याय ७ , श्लोक १८ 
(ती सबै भक्तहरू निश्चय नै ठूलो मन भएका हुन् तर त्यो जो मेरो ज्ञानमा स्थित छ त्यसलाई म आफू सरह नै मान्दछु। त्यस्तो भक्तले मेरो भक्तिमा रहेर मलाई र साथै उच्च लक्ष्य पूर्ण रुपमा प्राप्त पनि गर्दछ।)
उदारा: सवर एवैते ज्ञानी त्वात्मैव मे मतम्। आस्थित: स हि युक्तात्मा मामेवानुत्तमां गतिम्।।१८।।

अध्याय ७ , श्लोक १९ 
(धेरै जन्महरू प्राप्त गरेपछि बुद्धिमान व्यक्तिले सम्पूर्ण वस्तुहरूमा म नै उपस्थित छु भन्ने जानेर मेरो आश्रय ग्रहण गर्दछ। यस्तो महाआत्मा अति दुर्लभ हुन्छ।)
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते। वासुदेव: सर्वमिति स महात्मा सुदुर्लभ:।।१९।।

अध्याय ७ , श्लोक २० 
(जसको ज्ञान भौतिक इच्छाहरू द्वारा हरण भएको छ तिनीहरू देवताहरूको शरणमा पर्दछन् र देव- उपासनाका प्रक्रिया र विधिहरू आफ्नै प्रकृति अनुरुप अवलम्बन गर्दछन्।)
कामैस्तैस्तैर्हृतज्ञाना: प्रपद्यन्तेSन्यदेवता:। तं तं नियममास्थाय प्रकृत्या नियता: स्वया।।२०।।

अध्याय ७ , श्लोक २१ 
(अनेक कामनाहरू राख्ने जो जो भक्त जुन जुन देव मूर्तिको पूजा श्रद्धापूर्वक गर्न चाहन्छ म अन्तरयामीको रुपमा त्यो त्यो भक्तको श्रद्धा त्यो त्यो देवमा नै स्थिर गरिदिन्छु।)
यो यो यां यां तनुं भक्त: श्रद्धयार्चितुमिच्छति। तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम्।।२१।।

अध्याय ७ , श्लोक २२ 
(त्यो व्यक्तिले त्यो श्रद्धा भक्तिले परिपूर्ण भएर, त्यो देवताको पूजाको प्रयत्न गर्दछ र त्यो कामना प्राप्त गर्दछ जुन कि मद्वारा नै व्यवस्था गरिएको हो।)
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते। लभते च तत: कामान्मयैव विहितान्हि तान्।।२२।।

अध्याय ७ , श्लोक २३ 
(परन्तु ती अल्प बुद्धि हुनेहरूका लागि त्यो फल नाशवान हुन्छ। देवताहरूलाई पूजा गर्ने देवताहरूमा र मलाई पूजा गर्नेहरू ममा मिल्दछन्।)
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पेधसाम्। वेवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि।।२३।।

अध्याय ७ , श्लोक २४ 
(बुद्धि नभएकाहरू, जसले मलाई पूर्णरुपमा थाहा पाएका छैनन्, ले मलाई स्वरुप नभएको र मैले कुनै पनि किसिमको स्वरुप ग्रहण गर्न सक्ने सम्झिन्छन्। तिनीहरुको अल्प ज्ञानले यो थाहा पाउन दिँदैन कि म महान् प्रकृतिको छु र त्यो प्रकृति अनाशवान र सर्वोच्च छ।)
अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय:। परं भावमजानन्तो ममाव्ययमनुत्तमम्। २४।।

अध्याय ७ , श्लोक २५ 
(म आफ्नो योगमायाले छोपिएको हुनाले सबैले मलाई देख्न सक्तैनन्। त्यसकारण अज्ञानी मान्छेहरूले मलाई नित्य र जन्म नलिने भनी थाहा पाउन सक्तैनन्।)
नाहं प्रकाश: शर्वस्य योगमायासमावृत:। मूढोSयं नाभिजानाति लोको मामजमव्ययम्।।२५।।

अध्याय ७ , श्लोक २६ 
(हे अर्जुन, मेरो ऐश्वर्य शक्तिले भूतकालमा के भयो भनी म थाहा पाउन सक्छु। वर्तमानमा के भइरहेको छ र भविष्यमा के हुने हो त्यो पनि थाहा पाउन सक्छु। सम्पूर्ण अस्तित्वहरुको बारेमा मलाई जानकारी छ तर मलाई भने कसैले जान्दैनन्।)
वेदाहं समतीतानि वर्तमानानि चार्जुन। भिविष्याणि च भूतानि मां तु वेद न कश्र्चन।।२६।।

अध्याय ७ , श्लोक २७ 
(हे भरतका सन्तति, हे शत्रु विजेता, श्रृष्टिको आदि कालमा इच्छा र द्वेषले श्रृजित भइ यस संसारमा उत्पन्न सम्पूर्ण प्राणीहरू समयको सुख, दु:ख आदिको द्वन्द र विषय-मोहबाट मोहित हुन्छन्।)
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत। सर्वभूतानि संमोहं सर्गे यान्तित परंतप।।२७।।

अध्याय ७ , श्लोक २८ 
(तर पुण्यकर्मले जसको पाप नाश भएको छ त्यस्ता व्यक्तिहरूले द्वन्द-मोहबाट मुक्त भइ, अविचलित रुपमा मलाई भज्छन।)
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम्। ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढवता:।।२८।।

अध्याय ७ , श्लोक २९ 
(ती बुद्धिमानहरू जो जरा मरण- जीवन चक्रबाट मुक्ति पाउनका लागि मेरो शरणमा आउँछन्, मेरो साधना गर्छन्, तिनीहरूले ब्रह्मको, सुदद्ध जीव आत्मास्वरुप एवं संसार बन्धन रुपि सम्पूर्ण कर्महरुको बारेमा थाहा पाएका हुन्छन्।)
जरामरणमोकक्षाय मामाश्रित्य यतन्ति ये। ते ब्रह्मतद्विदु: कृत्स्नमध्यात्मं कर्म चाखिलम्।।२९।।

अध्याय ७ , श्लोक ३० 
(अधिभूत, अधिदेव तथा अधियज्ञ म नै हो भनी थाहा पाउने तथा ममाथि आसक्त चित्त भएकाहरूले मृत्युकालमा पनि मेरो स्मरण गर्न सक्छन्।)
साधिभूताधिदेवं मां साधियज्ञं च ये विदु:। प्रयाणकालेSपि च मां ते विदुर्युक्तचेतस:।।३०।।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24