ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको तेह्रौं अध्याय




   Bishwa Raj Adhikari - Mar 21 2017
विश्वगीताको तेह्रौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को तेह्रौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको तेह्रौं अध्यायका ३५ श्लोकहरु यसप्रकार छन् । 

अध्याय १३ , श्लोक ०१ 

अर्जुनले बिन्ती गरे (हे केशव, मलाई प्रकृति, पुरुष र क्षेत्र तथा क्षेत्रको ज्ञाता, ज्ञान र ज्ञानको वस्तु बारे थाहा पाउने इच्छा छ।)
अर्जुन उवाच प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्रज्ञमेव च। एतद् वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव।।१।।

अध्याय १३ , श्लोक ०२ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे कौन्तेय, यो शरीरलाई क्षेत्र भन्ने गरिन्छ। जसलाई यो शरीरको बारेमा थाहा छ त्यसलाई क्षेत्रको ज्ञाता भन्ने गरिन्छ।)
श्रीभगवानुवाच इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते। एतद् यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तद्विद:।।२।।

अध्याय १३ , श्लोक ०३ 
(हे भारत, सबै शरीरहरूमा म ज्ञाता पनि हुँ भन्ने थाहा पाइ राख। यो शरीर र यो शरीको ज्ञाता बारे थाहा पाउनुलाई ज्ञान भन्ने गरिन्छ। यो मेरो विचार हो।)
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम।।३।।

अध्याय १३ , श्लोक ०४ 
(त्यो क्षेत्र के हो, कस्तो छ, त्यसको विकार के हो, त्यो कुन प्रयोजनका लागि केबाट उत्पन्न भएको हो, तथा त्यो क्षेत्रज्ञ जुन खास स्वरुप भएको र प्रभाव राख्ने छ, यी सबै कुराहरू बारे संक्षेपमा मबाट सुन।)
तत् क्षेत्रं यच्च याद्क् च यद्विकारि यतश्च यत्। स च यो यत्प्रभावश्च तत् समासेन मे शृणु।।४।।

अध्याय १३ , श्लोक ०५ 
(ती तत्वहरूलाई विभिन्न किसिमका वेदका मन्त्रहरूले विभाजित गरी भनिएका तथा ऋषिहरूले अनेक किसिमले सम्झाएका पनि छन्। ती तत्वहरूलाई ब्रह्मसूत्रका पंक्तिहरूबाट पनि युक्तियुक्त किसिमबाट निश्चित गरिएको छ।)
ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधै: पृथक्। ब्रह्मसूत्रश्चपदैश्चैव हेतुमद्भिर्विनिश्चितै:।।५।।

अध्याय १३ , श्लोक ०६-०७ 
६-७ (पाँच महाभूतहरू, अहंकार, बुद्धि, प्रकृति, दस इन्द्रियहरू, शब्द स्पर्स आदि पाँच इन्द्रियहरूका विषय, इच्छा, द्वेष, सुख, दु:ख, शरीर, ज्ञान तथा धैर्य यी विकारहरूको सार संक्षेप, क्षेत्रका विषयहरूको बारेमा भनिएको छ।)
महाभूतान्यहंकारो बुद्धिरव्यक्तमेव च। इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचरा:।।६।। इच्छा द्वेष: सुखं दु:खं सङ्घातश्चेता धृति:। एतत् क्षेत्रं समासेन सविकारमुदाह्रतम्।।७।।

अध्याय १३ , श्लोक ०८-१२ 
(मान शून्यता, घमण्डहीन, अहिंसा, क्षमता, सरलता, सत् गुरुसेवा, भित्र बाहिरको पवित्रता, चित्त स्थिरता, मनोनिग्रह, इन्द्रियहरूका विषयमा वैराग्य, अहङ्काररहित, जन्म, मृत्यु, बृद्ध अवस्था, रोग, दु:ख-दोषहरूको निरन्तर विचार, घर, पुत्र, स्त्री, आदिमा रहेको आसक्तिको परित्याग, दु:ख र सुखमा समान भाव रहनु, ममा अनन्य ध्यानयोगले अटल भक्ति तथा एकान्त र शुद्ध स्थानमा बस्नु, विषयहरूमा आसक्ति राख्नेहरूको सम्पर्कमा नरहनु, आध्यात्म ज्ञानमा नित्य स्थित रहनु, तत्व ज्ञानका लागि परमात्मालाई सर्वत्र देख्नुलाई ज्ञान र जुन यिनीहरूका उल्टो छन्, तिनीहरूलाई अज्ञान भनिएको छ।)
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम्। आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रह:।।८।। इन्द्रियार्थेषु वैराग्यमनहंकार एव च। जन्ममृत्युजराव्याधिदु:खदोषानुदर्शनम्।।९।। असक्तिरनभिष्वंग: पुत्रदारगृहादिषु। नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु।।१०।। मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी। विविक्तदेशसेवित्वमरतिर्जनसंसदि।।११।। अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थदर्शनम्। एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोSन्यथा।।१२।।

अध्याय १३ , श्लोक १३ 
(जो जान्ने योग्य छ तथा जसलाई थाहा पाएर मोक्ष-परम आनन्द प्राप्त हुन्छ त्यो म तिमीलाई भन्छु र त्यो जान्ने योग्य अनादि परम ब्रह्मलाई न त सत् न त असत् भन्ने गरिन्छ।)
ज्ञेयं यत्तत्प्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते। अनादि मत्परं ब्रह्म न सत्तन्नासदुच्यते।।१३।।

अध्याय १३ , श्लोक १४ 
(त्यो ब्रह्म चारैतिर हात, गोडा, आँखा, शिर, मुख, कान भएको छ र जगत्मा सबै वस्तुहरूमा व्याप्त भएर अवस्थित छ।)
सर्वत: पाणिपादं तत् सर्वतोSशिरोमुखम्। सर्वत: श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति।।१४।।

अध्याय १३ , श्लोक १५ 
(त्यो जान्न सकिने वस्तु सबै इन्द्रियहरू एवं गुणहरूलाई जान्ने छ तर स्वयं भने प्राकृतिक इन्द्रियहरू नभएको छ। त्यो अनासक्त भएर पनि सबैको पालक छ र प्राकृतिक गुण रहित भएता पनि सँधै ऐश्वर्य गुणहरूको भोगकर्ता छ।)
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम्। असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च।।१५।।

अध्याय १३ , श्लोक १६ 

(त्यो तत्व वस्तु सबै प्राणीहरूमा भित्र र बाहिर उपस्थित छ। त्यसैबाट चर अचर जगत्को अस्तित्व छ। त्यो ज्यादै सूक्ष्म भएकोले देख्न सकिँदैन तथा एकै पटक टाढा र नजिक पनि अवस्थित रहेको छ।)
बहिरन्तश्च भूतानामचरं चरमेव च। सूक्ष्मत्वात्तदविज्ञेयं दूरस्थं चान्तिके च तत्।।१६।।

अध्याय १३ , श्लोक १७ 
(त्यो वस्तु अविभक्त भएता पनि सबै प्राणीहरूमा विभक्त झै भएर अवस्थित छ। तिमी त्यो वस्तुलाई सबै प्राणीहरूको सृष्टिकर्ता, पालक एवं संहारकर्ता हो भनेर बुझ।)
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम्। भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च।।१७।।

अध्याय १३ , श्लोक १८  
(सबै चम्किएका वस्तुहरूमा ऊ उज्यालोको स्रोत हो। ऊ अन्धकारदेखि पर छ। ऊ ज्ञान र ज्ञानको विषय वस्तु हो जुन सबैको हृदयमा व्याप्त छ। यसलाई ज्ञानद्वारा मात्र प्राप्त गर्न सकिन्छ।)
ज्योतिषामपि तज्ज्योतिस्तमस: परमुच्यते। ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम्।।१८।।

अध्याय १३ , श्लोक १९ 
(यस किसिमले क्षेत्र र ज्ञान तथा ज्ञेयको बारेमा संक्षेपमा वर्णनन् गरियो। मेरा भक्तहरूले यी विषयहरू जानेर प्रेममा भक्ति प्राप्त गर्न सक्षम हुन्छन्।)
इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासत:। मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते।।१९।।

अध्याय १३ , श्लोक २० 
(प्रकृति र पुरुष यी दुबैलाई जन्म नलिने र नमर्ने भनेर जान। जीवहरूमा विकार र गुणहरू पनि प्रकृतिबाट नै उत्पन्न हुने जान।)
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि। विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान्।।२०।।

अध्याय १३ , श्लोक २१ 
(प्रकृतिलाई भौतिक शरीर र अङ्गहरूको उत्पादक तथा पुरुषलाई सुख र दु:ख अनुभवको कारण भनिएको छ।)
कार्यकारणकर्तृत्वे हेतु: प्रकृतिरुच्यते। पुरुष: सुखदु:खानां भोक्तृत्वे हेतुरुच्यते।।२१।।

अध्याय १३ , श्लोक २२ 
(प्रकृतिमा अवस्थित भएर नै पुरुषले प्रकृतिबाट उत्पन्न भएका गुणहरूको आनन्द- भोग प्राप्त गर्दछ। प्रकृतिको गुणहरूसितको सम्बन्ध नै जीव आत्माहरू असल र खराब गर्भमा जन्मिनुको कारण बन्दछ।)
पुरुषा: प्रकृतिस्थो हि भुंक्ते प्रकृतिजान् गुणान्। कारणम गुणसंयोSस्य सदसद्योनिजन्मसु।।२२।।

अध्याय १३ , श्लोक २३ 
(पुरुष, यो शरीरमा जीवआत्मादेखि भिन्न रहेता पनि पुरुषलाई साक्षी हुनाले उपद्रष्टा, सम्मति दिने हुनाले अनुमतिदाता, सबैलाई धारण गर्ने हुनाले भर्ता, जीव रुपमा भोक्ता, ब्रह्मा आदिको स्वामी भएको हुनाले महेश्वर र सच्चिदानन्द हुनाले परमात्मा पनि भन्ने गरिन्छ।)
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वर:। परमात्मेति चाप्युक्तो देहेSस्मिन् पुरुष: पर:।।२३।।

अध्याय १३ , श्लोक २४ 
(जसले यसप्रकार पुरुषलाई र गुणहरूका साथ प्रकृतिलाई जान्दछ ऊ जड जगत्मा रहेता पनि उसले पुनर्जन्म प्राप्त गर्दैन। यही स्थितिमा पनि मोक्ष प्राप्त गर्दछ।)
य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणै: सह। सर्वथा सर्तमानोSपि न स भूयोSभिजायते।।२४।।

अध्याय १३ , श्लोक २५ 
(भक्तहरूले भगवद् –चिन्तनद्वारा आफैले आफ्नो हृदयमा परमपुरुषको दर्शन गर्छन्। ज्ञानीहरूले साँख्ययोग, योगीहरूले असाँख्ययोग द्वारा तथा कसै कसैले निष्काम कर्ययोगद्वारा पनि परमपुरुषको दर्शन गर्ने प्रयास गर्दछन्।)
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना। अन्य सांख्येन योगेन कर्मयोगेन चापरे।।२५।।

अध्याय १३ , श्लोक २६ 
(तर कसै कसैले भने यी तत्वहरू नजानेर, अरु आचार्यहरूद्वारा सुनेर नै पनि परमपुरुषको उपासना गर्दछन्। तर त्यसरी उपासना गर्नेहरूले पनि मृत्युलाई नि:सन्देह पार गर्दछन्। मृत्युलाई पार गरेर मोक्ष प्राप्त गर्दछन्।)
अन्ये त्वेवमजानन्त: श्रुत्वान्येभ्य उपासते। तेSपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणा:।।२६।।

अध्याय 13, श्लोक 27
(हे भरतर्षभ, सम्पूर्ण जे जति स्थावर र जंगम वस्तुहरू उत्पन्न हुन्छन् ती क्षेत्र र क्षेत्रज्ञका संयोगले उत्पन्न भएका हुन भनी जान।)
यावत् सञ्जायते किञ्चित् सत्त्वं स्थावरजंगमम्। क्षेत्रक्षेत्रज्ञसंयोगता तद्विद्वि भरतर्षभ।।२७।।

अध्याय १३ , श्लोक २८ 
(जसले नाश भएर जाने सम्पूर्ण प्राणीहरूमा समभावले अवस्थित कहिले नाश नहुने परमेश्वरलाई देख्दछन् यथार्थमा तिनीहरूलाई द्रष्टा भन्ने गरिन्छ।)
समं सर्वेषु भूतेषु तिष्ठितं परमेश्वरम्। विनश्यत्स्वविनश्यन्तं य: पश्यति स पश्यति।।२८।।

अध्याय 13, श्लोक २९ 
(किनभने ती द्रष्टाहरूले सबै प्राणीहरूमा समभावले अवस्थित रहेको परमेश्वरलाई देखेर आफूले स्वयंलाई घात गर्दैनन् र यसरी घात नगरेर तिनीहरूले परम गति प्राप्त गर्दछन्।)
समं पश्यन् हि सर्वत्र समवस्थितमीश्वरम्। न हिनस्त्यात्मनात्मानं ततो यति परां गतिम्।।२९।।

अध्याय १३ , श्लोक ३० 
(जसले सम्पूर्ण कर्महरूलाई सबै किसिमबाट प्रकृतिद्वारा गरिएको र आत्मालाई कर्ताको रुपमा देख्दैनन् यथार्थ देख्ने तिनीहरु नै हुन।)
प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वश:। य: पश्यति तथात्मानमकर्तारं स पश्यति।।३०।।

अध्याय १३ , श्लोक ३१ 
(जब उनीहरूले प्राणीहरूका फरक फरक भावलाई एउटै प्रकृतिमा अवस्थित एवं त्यही प्रकृतिबाट फरक फरक किसिमले उत्पन्न भएको जान्दछन् तिनीहरूले नै ब्रह्म भाव प्राप्त गर्दछन्।)
यदा भूतपृथग्भावमेकस्थमनुपश्यति। तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा।।३१।।

अध्याय १३ , श्लोक ३२ 
(हे कौन्तेय, अनादि तथा नर्गुण भएकोले यो अविनाशी परमात्मा जीवहरूको शरीरमा रहेर पनि कर्म गर्दैन र कर्मफलमा लिप्त पनि हुँदैन।)
अनादित्वान्निर्गुणत्वात् परमात्मायमव्यय:। शरीरस्थोSपि कौन्तेय न करोति न लिप्यते।।३२।।

अध्याय १३ , श्लोक ३३ 
(जसरी चारैतिर व्याप्त भएको आकाश सूक्ष्म भएको हुनाले लिप्त हुँदैन त्यसै गरी परमात्मा पनि शरीरमा सर्वत्र रहेर पनि शारीरका गुण एवं दोषहरूमा लिप्त हुँदैन।)
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते। सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते।।३३।।

अध्याय १३ , श्लोक ३४ 
(हे भारत, जसरी एउटा सूर्यले सारा जगत्लाई प्रकाशित गर्दछ त्यस्तै गरी एउटै परमात्माले सम्पूर्ण क्षेत्र-शरीरलाई प्रकाशित गर्दछ।)
यथा प्रकाशयत्येक: कृत्स्नं लोकमिमं रवि:। क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत।।३४।।

अध्याय १३ , श्लोक ३५ 
(यसप्रकार जसले ज्ञानका आँखाहरूबाट शरीरमा रहेको क्षेत्र र क्षेत्रज्ञको फरकलाई एवं विकार रहित प्रकृतिबाट मोक्ष पाउने तरिकाहरु ज्ञानीहरूद्वारा थाहा पाउँछन् उनीहरू परब्रह्ममा प्राप्त हुन्छन्। उनीहरूले जन्म-मृत्युको संसारबाट मुक्ति-मोक्ष पाउँछन्।)
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा। भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम्।।३५।।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.62
  • 109.22
  • European euro
  • 125.62
  • 126.32
  • UK pound sterling
  • 143.09
  • 143.88
  • Swiss franc
  • 108.93
  • 109.53
  • Australian dollar
  • 80.32
  • 80.77
  • Canadian dollar
  • 81.72
  • 82.17
  • Singapore dollar
  • 79.99
  • 80.44
  • Japanese yen (10)
  • 9.87
  • 9.92
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 28.96
  • 29.12
  • Qatari riyal
  • 29.83
  • 30
  • Thai baht
  • 3.31
  • 3.33
  • UAE Dirham
  • 29.57
  • 29.74
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 9.81
  • 9.87
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.86
  • 16.95

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम