ब्लग - साहित्य / अध्यात्म

कृष्ण र गोपीनीहरु




   Suyog Dhakal - May 10 2018

के कृष्ण र गोपीहरु केवल भोग र बिलासका चर्चाहरु मात्र हुन त ?



गोपीनी अर्थात गोपी एउटा सस्कृत शव्द हो जसको अर्थ हुन्छ पर्वतमा गाइबस्तु चराउने केटिहरु । संस्कृतमा शाव्दिक व्याख्या यस्तो भएतापनि क्रमश सनातन सस्कारमा भने द्धापर यूग पछि गोपीलाई कृष्णको अनन्त भक्ति गर्ने नारीहरुका रुपमा मात्र पनि जानिन थाल्यो । कृष्णकी प्रीय गोपी राधिकाको चर्चा त हिन्दु सनातन धर्म, साहित्य, पुस्तक अनि जनजिब्रोमा हजारौं वर्ष बाटै छ । कृष्ण चरित्रमा बृन्दावनमा १६ हजार गोपीहरु रहेको जस्लाई ३ भागमा बिभाजन गरिएको छ । कृषकै उमेर समुहका गोपी, नोकरहरु अनि गोपी सन्देशवाहकहरु । प्रथम समुहका गोपीहरु कृष्ण चरित्रमा विशेष मानिएका छन् जो कृष्णकै उमेरका छन् । त्यसपश्चात चरणमा जाने अनि घरमा कार्यगर्ने गोपीहरु अनि अन्तमा गोपी सन्देशवाहक हरु ।

 राधारानी पश्चात निम्न उल्लेखित गोपीहरुलाई कृष्णचरित्रले कृष्णका निकट मानेको पाइन्छ ।
ललिता
बिशाखा
कम्पलता
चित्रा
टुगांबिधा
ईन्दुलेखा
रंगदेवी
सुदेवी



यी सबै नारी नामहरु गोपीका हुन् जसलाई कृष्ण चरित्रले सखी भनि सम्बोधन गरेको छ। हिन्दु वैष्णव धारका अनुसार गोपी र कृष्णको समबन्धलाई सुधाभक्ति भनी व्याख्या गरिएको छ जसको अर्थ हुन्छ कृष्णप्रतिको असिम प्रेम र स्नेह । साधु उद्धव अनि गोपी र कृष्णको विस्तृत घटनाक्रम र वार्तालाप त झन भागवत महापुराणमा पाइन्छ । आजभोली भने कृष्णको समय व्यतित भएको हजारौं वर्षपछि विश्वमा रासलीला अनि डाको उदहारणमा कृष्णका चर्चाहरु नमिठो र अपव्याख्या गरिएर आउन थालेको छ ।
के वास्तवमा कृष्ण र गोपीहरुको समबन्धमा त्यो निष्ठा थिएन त ?
के कृष्ण र गोपीहरु केवल भोग र बिलासका चर्चाहरु मात्र हुन त ?

कृष्ण र गोपीहरु बीचको समबन्धका विषयमा अध्ययन गर्दा पवित्र अनि उदाहरणिय सम्बन्ध र भक्तिभावको झल्को पाइन्छ । उनीहरु बीच प्रेमको उच्चतम स्वरुप पाइन्छ, कृष्ण एउटा जिवीत देवताका रुपमा उनीहरुले मानेको र कृण्षभावमा आफू लिप्त भएको पाइन्छ । कृष्णको संझनामात्र सम्ममा पनि उनीहरुले सांसारीक कार्यहरु भुलेका उदहारणहरु पाइन्छ । कृष्ण आफ्नो जन्मवाटै अत्यन्त सुन्दर र आकर्षक बालक हुन्छन्, कृष्णलाई जन्मवाटै आफनै छोराकै रुपमा गोपीहरुले सुसार गरेको पाइन्छ। बृन्दावनका सबै गोपीहरुले छोराका रुपमा हेरेका कृष्ण पछि आफ्ना उमेरका गोपीहरुका दाजु या भाईका स्वरुपमा रहेको पाइन्छ, क्रिडा अनि रासलीला शव्दको अपव्याख्या गर्दा यस्ता तथ्यहरुलाई ध्यान दिइन जरुरी हुन्छ । दहिलाई मथ्दा, घ्यू खार्दा लगायतका अवस्थामा गोपीहरुले कृष्णको संझना गरेका हुन्छन्, कुँवावाट पानी निकाल्दा, खाँदा, नुहाँउदासम्म गोपीहरुले कृष्णको नाम लिने गर्दछन् । यसरी उनीहरुको हृदयनै कृष्णमाया हुन पुगेको हो । 


अहिलेको आधुनिक यूगमा मान्छेहरु हरेक पल सम्पती, नाफा अनि प्रगतीको सोचमा मग्न छन् र सबैजना त्यसै अनुरुप भौतिक कुरामा लिप्त छन् । त्यस्तै त्यसवखत बृन्दावनका गोपीहरु कृष्णको मोहमा अनि भक्तिमा लीप्त भएका थिए, हरवखत कुरा, वार्ता अनि संझना कृष्णकै गर्दथे ।
अहिले आएर विष्लेषण गर्दा कृष्णको समान उमेरका गोपीहरु उनीसंग जीवननै विताउने या शारीरीक लालसाका लागि चाह राख्ने पनि भएका होलान भन्ने कुरामा दुईमत छैन तर कृष्णतत्वको प्रयोग कामवासनासंग जोडिएको घटनाक्रम अनि तथ्य कहिँकतै छैन् । 


रासलीला जुन अत्याधिक गलत प्रचार गरिएको शव्द हो, रासलीलाको कुरा यहाँ जोड्न जरुरी देखें । कृष्ण स्वयमले रासलीलाका समयमा आफूलाई हजारौं स्वरुप अनि शरीरमा विभाजन गर्ने गरेको पाइन्छ । कृष्ण एकैपलमा सबैका हुन अनि एकैपलमा केवल कृष्ण हुन्, यस अलौकीक समयमा यक्ष, गन्धर्व, किन्नर, किन्नरीहरुले आकाशवाट पुष्प वर्षा गरेका अनि भगवानसंगको एकता अर्थात समाधीसमान समय घटेको कृष्ण चरित्रमा उल्लेख गरिएको छ । कृष्ण देव अनि नर दुबैको अलौकीक तत्व थिए जसले समर्पण अनि भक्तिको पूर्नव्याख्या गर्दै न्याय स्थापनार्थ ठूलाठूला यूद्धहरुमा सामेल भई इतिहास रचेर गए ।

भागवत गीतामा पनि उल्लेख छ कि दिमागले नियन्त्रण गरेको सोचले भौतिकतामा वहुवस्तुहरु देख्दछ तर आत्माले नियन्त्रण गरेको सोचले एकात्मकता अनि सहजता देख्दछ । रासलीला मै फर्कने हो भनें रासको अर्थ हुन्छ प्रेमको सर्वसुन्दर स्वरुप । प्रेमको सर्वसुन्दर स्वरुप शारीरीक भोग पक्कै पनि हैन्, रासको अर्थ यहाँनेर बिगारिएको छ । बिशिष्ट भावना, अलौकीक प्रेम अनि भगवानसंको एकात्मकता नै रासको अर्थ हो । चाहलाई अचाह गर्दै विशुद्ध समर्पण अनि प्रेमको उजागर गरेको छ रासलीला ले । कृष्ण १० वर्षको हुँदा प्रथम पटक रासलीला भएको पाइन्छ, गोपीहरुले त्यसवखत कृष्णलाई निराकार अनि सर्वव्यापी देखे । कृष्णलाई बिशिष्ट आत्माका रुपमा गोपीहरुले भक्तिभाव गरेको पाइन्छ, यस्ता रासलीलामा उनीहरुले घरवार सम्पूर्ण भुलेर कृष्ण भक्तिमा विलीन भएको पाइन्छ । 


भागवत गीताका ५ अध्यायहरुले रासलीलाको वयान गरेको छ, यी अध्यायहरु २९, ३०, ३१, ३२ र ३३ औं अध्याय हुन् । रासलीलाकै बीचमा अलप भएका कृष्ण गोपीहरुको अर्चना र पुकारापछि पून फर्केन्छन् । यस बीचमा गोपी गीत गाँउदै गोपीहरुले यमुना किनारका वालुवा, जल अनि रुखहरुमा कृष्णलाई खोज्दछन् । भागवतको रास पन्चध्यायीमा जस्तो सस्कृत भाषाको बिशिष्टता र वयान उजागरता अन्य अध्यायहरुमा पाइदैन । भागवत गीतामा भगवान तत्व भन्दा पनि दर्शन धेरै पाइन्छ, अनि कृष्णतत्वमा वासना, काम, क्रोध अनि रागहरु उपरको बिजय पाइन्छ । 


गोपीहरु संभवत हामी मानवहरुको प्रतिनिधित्व गर्दछन अनि कृष्णले भगवान अनि बिशिष्ट आत्माको प्रतिनिधित्व गर्दछन् । कपडाहरुले मानव चाह र भौतिकताको प्रतिनिधीत्व गरेको छ भने यसका साथै पवित्रताको पनि उजागर गर्दछ । रासलीला प्रेमको शुद्ध अनि सर्वसुन्दर स्वरुप हो अनि अर्को अर्थमा रासलीलालाई भक्तिभाव र अध्यात्मिकता बढाउने खेलका रुपमा पनि लिन सकिन्छ । कृष्ण एउटा रसिक चरित्र हुन् उनमा सर अनि रास दुबै पाइन्छ । रास भनेको शारीरीक कुरा हुँदै हैन्, रास अध्यात्मिक अनि विशुद्ध भक्तिभावको कुरा हो । कृष्ण र गोपीहरुको पवित्र समबन्धलाई कामवासना र भोगविलाससंग जोड्नु मात्र पनि पाप हो ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल





Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.15
  • 108.75
  • European euro
  • 126.5
  • 127.2
  • UK pound sterling
  • 144.29
  • 145.09
  • Swiss franc
  • 108.96
  • 109.56
  • Australian dollar
  • 81.92
  • 82.38
  • Canadian dollar
  • 83.64
  • 84.11
  • Singapore dollar
  • 80.74
  • 81.19
  • Japanese yen (10)
  • 9.88
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.02
  • Saudi Arabian riyal
  • 28.84
  • 29
  • Qatari riyal
  • 29.7
  • 29.87
  • Thai baht
  • 3.39
  • 3.41
  • UAE Dirham
  • 29.44
  • 29.61
  • Malaysian ringgit
  • 27.17
  • 27.32
  • Korean Won (100)
  • 10.03
  • 10.09
  • Swedish Krone
  • 12.39
  • 12.46
  • Danish Krone
  • 16.98
  • 17.08

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम