ब्लग - साहित्य / अध्यात्म

लक्ष्मीजीलार्इ प्रसन्न पार्ने ११ कुराहरू




अाफ्नो मुख्य द्वारमा लक्ष्मीजीको पदचिन्ह स्थापना गर्नु भनेको लक्ष्मीजीलार्इ भित्र्याउनु हो । यम पञ्चकमा घरको मुख्य द्वारमा चाँदी, तामा या कागजकै स्टिकर भएपनि स्थापना गर्नु लाभदायक हुनेछ । यस्तो पदचिन्ह सम्भव भए मुख्य द्वारको तल्लो भागमा गाड्ने र सम्भव नभए स्थापना मात्र गर्ने अथवा रातो माटो या कमेरो माटोले पदचिन्ह बनाउनु पर्दछ ।


ज्योतिष पण्डित नारायणप्रसाद दुलालको अावाजमा विशेष अडियो

जब तपार्इ लक्षमी पूजा तथा दिपावलीकोलागि किनमेल गर्न जानुहुन्छ त्यतिखेर केहि कुरा निक्कै ध्यान दिनुपर्ने हुन्छ । वास्तु शास्त्रानुसार अाफ्नो घर अाँगन, व्यापारीक केन्द्र अादीमा लक्षमीजीलार्इ प्रसन्न पार्ने वस्तुहरू स्थापना गर्दा लक्षमीजीको स्थिर वास हुनुको साथै घर परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुनेछ ।

कुनैपनि वासस्थान वा व्यापारीक केन्द्र होस त्यसको मुख्य द्वार तपार्इको सफलताकोलागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यस यमपञ्चक दिपोत्सवमा लक्ष्मीजीलार्इ प्रसन्न पार्न मुख्य द्वार बिग्रिएको वा भत्किएको छ भने त्यसलार्इ चाँडै बनाएर अाकर्षक ढङ्गले सजाउनु पर्दछ र मुख्य द्वार वरीपरी वास्तु शास्त्रानुसार केहि वस्तुहरू स्थापना पश्चात् देख्नु वा पाउनु हुनेछ घर परीवारमा सुख, शान्ति, समृद्धि र स्थिरता माता लक्ष्मीले युक्त सफल जीवनको अनुभूति ।

घर अाँगन या व्यापारीक केन्द्रको मुख्य द्वारमा लक्ष्मीजीको प्रिय वस्तुहरू राख्नाले लक्ष्मीजीको कृपा प्राप्त हुनेछ । मुख्य द्वारमा राखिने वस्तुहरू वास्तुशास्त्रानुसार निम्न प्रकारका छन्ः

१) जलपुष्पदानी (फ्लावर वाटर पट)
सबैभन्दा पहिले मुख्यद्वारमा फ्लावर पट अर्थात पानी भरेर फूल राख्न मिल्ने भाँडो । यम पञ्चकको पाँचाै दिनसम्म शिशाको भाँडामा पानी भरेर सुगन्धित पुष्पहरू राख्नुपर्दछ । हरेकदिन नबिरार्इ राखिएका पुष्पहरू बदल्नुपर्दछ । यसो गर्नाले घरमुलीलार्इ सकारात्मक उर्जा प्रदान गरी कुनै प्रकारको नकारात्मक उर्जालार्इ घरभित्र प्रवेश गर्न दिंदैन । सम्भवतः जलपुष्प सुगन्धयुक्त होस्, जलपुष्पदानी मुख्य द्वारको पूर्व या उत्तर दिशातर्फ राख्नु पर्दछ, यो तपार्इकोलागि भाग्यशाली रहनेछ । शिशाको भाँडा नभए तामा, पित्तल या माटोको साधारण भाँडामा पानी राखेर सजाउन सकिन्छ ।

२) पदचिन्ह
अाफ्नो मुख्य द्वारमा लक्ष्मीजीको पदचिन्ह स्थापना गर्नु भनेको लक्ष्मीजीलार्इ भित्र्याउनु हो । यम पञ्चकमा घरको मुख्य द्वारमा चाँदी, तामा या कागजकै स्टिकर भएपनि स्थापना गर्नु लाभदायक हुनेछ । यस्तो पदचिन्ह सम्भव भए मुख्य द्वारको तल्लो भागमा गाड्ने र सम्भव नभए स्थापना मात्र गर्ने अथवा रातो माटो या कमेरो माटोले पदचिन्ह बनाउनु पर्दछ । यसमा ध्यान राख्नुपर्ने कुरा जे लगाए पनि लक्ष्मी माताको पाउको दिशा घर भित्रतर्फ प्रवेश गरीरहेको हुनुपर्दछ । यस्तो गर्नाले घर भित्र धनधान्य तथा लक्ष्मी माताको अागमन हुनेछ ।

३) तोरण
घरको मुख्य द्वारमा तोरण वा बन्धनवार सजाउने घरमा सकारात्मक उर्जाको वास हुने र नकारात्मक उर्जा घर बाहिरै रहने हुनाले अाफ्नो घर वा व्यापारीक केन्द्रको मुख्य द्वारमा तोरण सजाउनु पर्दछ । तोरण अाँप, पिपल, अशोक अादी रूखका पातको, कपडाको, मोतिको, पुष्पको अथवा विभिन्न रत्न अादी अाधूनिक जुनसुकै लगाउन सकिन्छ । यदि घरको मुख्य द्वार अगाडी कुनै बाटो छ भने शिशालेयुक्त तोरण लगाउनु महत्वपूर्ण हुन्छ । यदि तपाइको घरको मुख्य द्वार अगाडी कुनै बाटो छैन भने शिशायुक्त तोरण पूर्ण वर्जित हुन्छ, त्यसैले शिशायुक्त तोरण सबै घरमा लगाउनु हुँदैन ।

४) लक्ष्मीजीको मुर्ती
धनतेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपार्इ माटोको मुर्ति वा तस्बिर पनि लिन सकिनेछ । मुर्ति लिंदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको वास हुन्छ ।

५) स्वस्तिक चिन्ह
घरको मुख्य द्वारको दुवै तर्फ चाँदिको नभए अबिर, केशरीकोद्वारा स्वस्तिक स्थापना गर्नाले एकदमै लाभ मिल्नेछ । वास्तु शास्त्रमा स्वस्तिकलार्इ अत्यन्तै शुभ मानिन्छ । यसले घर परीवारमा समृद्धि र सु-स्वास्थ्यता प्रदान गर्नेछ । स्वस्तिकका साथै शुभ-लाभ र ॐ पनि स्थापना गर्नुपर्दछ । यस्तो गर्नाले घर अफिस वा व्यापारीक केन्द्रमा शुभ र लाभको प्रवेश भर्इ रोग, कष्ट, दुःख, क्लेस अादि नकारात्मक कुराहरू टाढा रहन्छन् ।

यहाँ धेरै कुरा चाँदीको लगाउनुपर्छ भनिएको छ किनकि चाँदी लक्ष्मीजीलार्इ प्रिय छ र यो अत्यन्त शुभ मानिन्छ । वास्तु शास्त्रानुसार मुख्य द्वारमा चाँदीका सामाग्री स्थापना गर्नाले त्यस घरमा लक्ष्मी माताको वास हुन्छ । त्यसैले सम्भव भएसम्म चाँदीको प्रयोग गर्नु राम्रो मानिन्छ । यदी सम्भव छैन भने गच्छ अनुसार साधारण वा किफायती सामान श्रद्धापूर्वक उपयूक्त स्थानमा सजाउनु प्रभावकारी हुन्छ ।

६) श्री-यन्त्र
लक्ष्मी पूजाको अवसरमा अाफ्नो घर, अफिस वा व्यापारीक केन्द्रको मुख्य द्वारमा पूजा स्थानमा श्री-यन्त्रको स्थापना गर्नाले स्थिर लक्ष्मी प्राप्त भर्इ घर भित्रको नकारात्मक उर्जालार्इ बाहिर निकाली सकारात्मक उर्जा प्रदान गर्दछ । यसमा ध्यान दिनुपर्ने कुरा यो छ की श्री-यन्त्रलार्इ दक्षिण दिशातर्फ स्थापना गर्नुपर्दछ ।

७) रङ्गवल्ली (रङ्गोली)
शुभ दिपावलीको अवसरमा रङ्गवल्ली अर्थात् रङ्गोलीको निक्कै महत्व छ । वास्तु शास्त्रानुसार अाफ्नो घर अाँगन वा कुनै व्यापारीक केन्द्र अादिमा सप्तरङ्गी वा अधिक रङ्गमा रङ्गवल्ली बनाउँदा लक्ष्मी माता प्रसन्न भर्इ स्थिर रूपमा वास गर्नुहुनेछ । यो रङ्गवल्ली गोलाकार, त्रिकोण, चाैकोण, षड्कोण, अष्टदल, षोडषदल अादि अाकारमा बनाउन सकिन्छ । रङ्गको विकल्पमा रातो, कमेरो अादी माटोको प्रयोग गर्नुका साथै पुष्पको समेत प्रयोग गर्न सकिन्छ ।

८) रातो कपडा
शुभ दिपावलीको अवसरमा माता लक्ष्मीजीको प्रिय रङ्ग रातो र चम्किलो भएकाले श्री लक्ष्मी, गणेशजीकोलागि रातो, गुलाबी चम्किलो कपडा लिनुपर्दछ । यम पञ्चकमा भूलेर पनि कालो रङ्गको कपडा लिनुहुँदैन, साथै कसैले उपहारमा दिएको कालो वस्तुपनि लिएर भित्र्याउनु हुँदैन ।

९) भाँडाकुँडा
तपार्इ धनतेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल अादिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलार्इ उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः अाफ्नुलागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भर्इ तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

१०) शुभ सगून
धनतेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ । सिङ्गो धनियाँ धनको प्रतिक मानिन्छ । ध्यान दिनुस् कि लक्ष्मी पूजा समाप्त भएपछि रातो कपडामा काैडी र कमलगट्टा बाँधेर दराज या लकरमा राख्नुपर्दछ ।

११) अन्य सामाग्री
यम पञ्चकमा लक्ष्मीजीलार्इ प्रसन्न पार्न लक्ष्मीजीको अन्य प्रिय वस्तुहरू लक्ष्मी पूजामा स्थापना गर्न सकिन्छ । जसमध्ये कुचो, नाङ्गो, कमलपुष्प, भोगटे, अनार, पान, कापी, कलम, रत्न, अाभूषण, द्रब्य अादी स्थापना गरी यथाशक्तिका साथ पूजा अर्चना तथा दिपावली गर्नाले लक्ष्मीजीको कृपा सदा सर्वदा बनिरहनेछ ।

सार संक्षेप
उल्लेखित विधि सदियाैंदेखि चलि अाएको वैदिक सनातन संस्कारका प्रचलन र चलनचल्तिका उदाहरणहरू मात्र हुन । धन अार्जन भनेको मिहिनेत, इमान्दारीता तथा बुद्धि, विवेकको सही प्रयोगले मात्र सम्भव छ, यसर्थ हाम्रा अमृततूल्य प्राचिन वैदिक सनातनी संस्कारका उदाहरणहरू प्रेरणा बनून् । मेहनती बन्नुहोस्, मिहीनेत जारी राख्नुहोस सुख, समृद्धि, स्थिरता, खुशीयाली प्राप्त हुँदैजानेछन् दिपावलीको मङ्गलमय शुभकामना !

----
हाम्रो पात्रोकोलागि ज्योतिष पण्डित नारायणप्रसाद दुलाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम