ब्लग - साहित्य / अध्यात्म

मनको शान्ती, बुद्धका वचनहरु




   Suyog Dhakal - May 10 2017

एकफेर बुद्ध आफ्ना अनुयायीहरु सँगै एउटा शहरवाट अर्को शहरमा जाँदै गर्दा एउटा ठूलो ताल पार गरेर जानुपर्ने भयो । तालको छेउमा एउटा ठूलो वृक्षमुनी सुस्ताँउदै बुद्धले एकजना अनुयायीलाई आफूलाई तिर्खा लागेकाले गएर तालवाट पानी ल्याउन आग्रह गर्नुभयो ।

अनुयायी शिष्य तुरन्त त्यहाँवाट उठेर पानी लिन जानुभयो, तालमा मान्छेहरुले लुगा धुँदै थिए अनि त्यसैकारणले तालको त्यस घाटमा पानी अत्यन्त धमिलिएको थियो । फेरि त्यसैबखत एउटा गोरुगाडा ताल छेउहुँदै पानी धमिल्याँउदै अगाडि बढ्यो । शिष्यले धमिलो पानी बुद्धलाई लगेर दिन उपयूक्त नठानेर फकर्रे आई बुद्धलाई पानी धमिलो भएको र पिउनकालागी उपयूक्त नभएको वताउनुभयो ।

त्यसै ठाँउमा आधाघण्टा जति विश्राम गरिसकेपछी बुद्धले तिनै शिष्यलाई पूनः तालमा गएर पानी ल्याउन आग्रह गर्नुभयो । शिष्य पूनः फर्केर तालमा पानी लिन जाँदा तालको पानी अत्यन्त स्वच्छ, निर्मल अनि पिउन योग्य पाउनुभयो, धमिल्याउने माटाहरु अब पिँधमा पुगिसकेका थिए र ति स्वच्छ पानी भाँडामा हालेर बुद्धको सामुन्ने अगाडि ल्याउनुभयो । पानीमा हेरेर बुद्धले शिष्यलाई हेर्नुभयो र भन्नुभयो, ल हेर तिमीले यो पानीलाई स्वच्छ बनाँउन के गर्यौ ? शिष्य अल्लमल्ल परेर हेर्दै बसिरहनुभयो ।

यो पनि हेर्नुहोस् : बुद्ध जयन्ती/ उभौली पर्व
  
बुद्धले भन्नुभयो ल हेर यो पानी सफा गर्न तिमीले कत्ति योगदान गर्यौ, तिमीले केही बेर धमिलो पानीलाई त्यसै छाडिदियौ, अनि सुस्तरि पानी भित्रको हिलो माटोहरु आँफै पिँधमा आँउदै गए र अन्त्यमा केही समयको धैर्यता पछी तिमीले मेरालागी स्वच्छ पानी ल्यायौ ।

बुद्धले थप्दै जानुभयो कि हाम्रो मन पनि यस्तै छ । जब हामी पनि अवरोध या तनावमा हुन्छौ तब हाम्रो मन पनि यहि तालको पानीजस्तै धमिलो हुन्छ, त्यतिबेला हामीले आफूलाई केही समय दिनुपर्ने हुन्छ जसरी तिमीले यो पानीलाई सग्लिन दियौ । समय दिने हो भने मन आँफै यहि पानी जस्तै स्वच्छ हुन्छ, शान्त हुन्छ ।
शान्त रहनु कुनै ठूलो कसरतको कुरा हैन्, कुनै शक्ति विनानै मनलाई शान्त राख्न सकिन्छ, केवल केही समय दिए पुग्छ ।

आज हाम्रो पात्रोमार्फत बुद्धका वचनहरु लिएर अमन चैनको प्रवाह गर्नकालागी यसै सानो वचनको प्रयोग गर्यौ, यहाँ बुद्धको विचारलाई केलाउन अझ भनौ प्रसँग सहित ब्याख्या गर्न चाहयौ । मनको शान्ती सहज छ भन्ने तात्पर्यलाई उजागर गर्दछौ, सहज अर्थात सजिलो र कुनै मुल्य विनानै सबैले शान्ती मनमा स्थापित गर्नसक्छन भन्ने तथ्य नै बुद्धको ध्येय हो । मनभित्र शान्ती आएपछी वाहिर पनि वातावरण शान्तीमय हुन्छ र क्रमशः हाम्रा वरिपरिका मान्छेले पनि हामीभित्रको शान्ती र कान्ती अनुभवगर्न सक्छन् भन्ने सार नै बुद्धले हजारौँ वर्ष अघि तालछेउको रुखमुनी बाट हामीलाई दिएर जानुभएको हो ।

हाम्रो मनलाई पनि तालको बिम्ब दिन चाहयौ अनि यस तालमा पानी धमिल्याउने कुराहरु दैनिक जिवनमा आईरहन्छ तसर्थ मनलाई शान्त पार्न केही समय दिएर धमिल्याउन लागीपरेका माटो अनि हिलोहरुलाई पिँधसम्म आउन दिनु नै उपयूक्त हो ।

बुद्धम शरणम गच्छामी

हाम्रो पात्रोकालागी सुयोग ढकाल

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53