ॐ नमः शिवायको अर्थ र महत्व | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

ॐ नमः शिवायको अर्थ र महत्व




ॐ नमः शिवायको मन्त्रोच्चारण गर्दा तपाईँले ब्रह्माण्डमा सकारात्मक ऊर्जा प्रदान गर्नुहुन्छ भने ब्रह्माण्डले तपाईँलाई त्यसको १० गुणा प्रदान गर्छ ।



ॐ नमः शिवाय भगवान शिवमा समर्पित मन्त्र हो । शैव धर्म मान्नेहरुको लागि यो अत्यन्त महत्वपूर्ण मन्त्र हो भने हिन्दू धर्म मान्ने सबैका लागि पनि यो मन्त्रले उत्तिकै महत्व राख्दछ । ॐ नमः शिवायको मन्त्र हजारौँ वर्षदेखि जपिँदै आएको मन्त्र हो । यर्जुवेदको श्री रुद्रम भजनमा ॐ नमः शिवायको मन्त्र उल्लेखित छ । यो मन्त्रको अर्थ “शिवको आराधना गर्दछु” वा “शिवको नमन गर्दछु” हो भन्दै शिवलाई अद्वितिय सत्य मान्ने गरिन्छ । 


ॐ नमः शिवायको बुझाई
ॐ– यस ब्रह्माण्डको उत्पति अघि, यहाँ शुद्ध अस्तित्व वा शुन्यता रहेको थियो । यही शुन्यताबाट कम्पनको सिर्जना भयो, जसलाई ॐ भनिन्छ । बिस्तारै ब्रह्माण्डको सुरुवात हुन पुगेको थियो ।
नमः– यसको शाब्दिक अर्थ नमन गर्नु वा आराधना गर्नु हो ।
शिवाय– शिवायको अर्थ शिव वा आत्म हो ।
सिद्ध शैव धर्म तथा शैव सिद्धान्त शैव धर्मको परम्परा अनुसार, नमः शिवायलाई भगवान शिवको पञ्च बोध तत्व वा पञ्त तत्वको एकता मान्ने गरिन्छ ।
न– भूमि
मः– जल
शि– अग्नि
वा– वायु
य– गगन
जसको अर्थ “ब्रह्माण्डिक जागरण एक हो” भन्ने बुझिन्छ । यी पाँच तत्वले हिन्दू दर्शनअनुसार ब्रह्माण्डको पूर्णता प्रकट गर्दछन् ।यस्तै यही नमः शिवायले हाम्रो शरीरको चक्रको बोध प्रकट गर्दछ भन्नेहरु पनि छन् । 

“न” पहिलो चक्र हो, जसले आधार स्थान बुझाउँछ भने दृढता र भूमित्वको प्रतिकको रुपमा चिनिन्छ । यसले भावनात्मक अस्तित्वसँग महत्व राख्दछ भने प्राप्ति तथा सिर्जनाको अधिकारको बोध गराउँछ । यसको उपस्थिति मेरुदण्डको अन्तिममा यौनांगहरुको बीचमा रहेको हुन्छ । “म” दोस्रो चक्र हो र जल तत्वले प्रतिनिधित्व गर्दछ भने यौनिकतालाई भावुकतामा जोड्दै, महसुस तथा इच्छाको अधिकारको बोध गराउँछ । यो नाभीभन्दा अलिकति तल रहेको हुन्छ । “शि” तेस्रो चक्र हो र यो अग्निको तत्वको रुपमा पनि रहेको हुनाले यसले काम गर्ने वा आफ्नो शक्तिमा केन्द्रित रहने अधिकारको बोध गराउँछ ।
“वा” चौथो चक्र हो र यो मुटुकोबीचमा अवस्थित हुन्छ । वायु तत्वको रुप रहेको र यसले माया गर्ने र माया पाउने अधिकारको बोध गराउँदछ । “य” पाँचौँ चक्रको रुपमा हाम्रो शरीरको गलामा अवस्थित हुन्छ र यसले बोल्न र सुनिन पाउने अधिकारको बोध गराउँदछ । नमः शिवायका पाँच शब्दलाई अरुहरुले अरु नै तरिकाले पनि यसको अर्थबोध गर्ने गरेका छन् ।
न– भगवानको अप्रकट कृपा
मः– संसार
शि– शिव
वा– भगवानको प्रकट कृपा
य– आत्मा
ॐ नमः शिवाय मन्त्रको अभ्यास
ॐ नमः शिवाय मन्त्रका लागि कुनै निश्चित विधि वा समारोह हुँदैन । यो मात्र एउटा मन्त्रोच्चारण र ध्यान हो । यो मन्त्रलाई जहाँ पनि उच्चारण गर्न सकिन्छ । यसको लागि ध्यान, एकाग्रता र शरीर सिधा राख्न मात्र जरुरी हुन्छ । मन्त्रको उच्चारण बारम्बार गर्नाले यसले गहिरो ध्यानमा पु¥याउन मद्दत गर्दछ । यस मन्त्रको सही लाभ प्राप्त गर्नका लागि, यो मन्त्रोच्चारण गर्दा आपूmलाई पूरै समर्पित गर्नुपर्दछ । परम्परागत रुपमा भने रुद्राक्षको दाना गन्दै ॐ नमः शिवाय दिनमा एक सय आठ चोटि मन्त्रोच्चारण गर्ने गरिन्छ । 

 
ॐ नमः शिवाय मन्त्रोच्चारणको महत्व

ॐ नमः शिवायको मन्त्रोच्चारण गर्दा तपाईँले ब्रह्माण्डमा सकारात्मक ऊर्जा प्रदान गर्नुहुन्छ भने ब्रह्माण्डले तपाईँलाई त्यसको १० गुणा प्रदान गर्छ ।
१. ॐ नमः शिवायले शान्तिको पथतर्पm दोहो¥याउँछ र संसारलाई हेर्ने दृष्टिकोणमा स्पष्टता ल्याउँछ ।
२. ॐ नमः शिवाय मन्त्रले बुद्धि र विवेकको वृद्धि गर्दै जीवन सहज बनाउँछ ।
३. ॐ नमः शिवाय मन्त्रले रिस, राग, अंहकार र तनाव नष्ट गर्दछ र मस्तिष्कलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
४. ॐ नमः शिवाय मन्त्रले नकारात्मक ऊर्जाबाट मुक्ति प्रदान गर्दै सकारात्मकतर्पm लग्दछ ।
५. ज्योतिषशास्त्रका अनुसार ॐ नमः शिवाय मन्त्रले ग्रहदशाबाट उन्मुक्ति प्रदान गर्दछ । 

६. ॐ नमः शिवाय मन्त्रले आत्म ज्ञान र आत्म सामथ्र्य बुझ्न पनि सहयोग गर्दछ । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.