पश्चिममा फैलिरहेको उपनिषद्, वेद र गीता | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

पश्चिममा फैलिरहेको उपनिषद्, वेद र गीता




   Suyog Dhakal - Mar 28 2018

सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् ।



डाक्टर निकोलस कान्सास एकजना ग्रीक शोधकर्ता मात्र नभइकन संस्कृतका विद्वान पनि हुन् । ओमीलस मेलिटन इन्स्टीच्युटमा उनका शोधका विवरणहरु पढ्न पाइन्छ । पूर्वीय ग्रन्थ अनि दर्शनहरु कसरी पश्चिममा लोकप्रिय हुन पुगे भन्ने विषयमा उनले गरेका शोध र तथ्यहरु आज लाई हाम्रो पात्रोमा ।
पश्चिममा कसरी फैलियो सनातन ज्ञानहरु
१७ औं शताब्दी अघि आधिकारिक या प्रमाणिक रुपमा पूर्वीय संस्कारको पश्चिमा धर्तीमा पुगेको भेटिन्न । तथापि प्राचीन ग्रीक दार्शनिक प्लेटो लगायत अन्य थुप्रै पश्चिमा दर्शनमा पूर्वीय दर्शनको हुबहु उल्लेख पाइएको हुन्छ । भारतवर्ष अहिलेको इरान अर्थात पर्सिया संग अत्यन्त निकट रहेको छ । पर्सीयन राजा द्वारा साइकोसले सन् १६६७ मा वेद, उपनिषद् लगायतको पर्सीयन अनुवाद गरेको इतिहास छ । पश्चिमाहरुले पूर्वीय सभ्यता अनि रहनसहन बुझ्न पर्सीयन भाषा र सम्बन्ध प्रयोग गरेको भने प्रशस्तै उदहारण छ । युरोप र पर्सिया उ बेला देखि अत्यन्त निकट थिए । द्वारा साइकोसको पर्सीयन अनुवादलाई एकजना फ्रेन्च अनुवादकले ल्याटीन भाषामा अनुवाद गरेको इतिहास डाक्टर नेरिया हेब्बरले आफ्नो शोधमा उल्लेख गरेको हामीले पायौं । पश्चिमाहरुको पूर्वीय दर्शनमा ल्याटीन अनुवाद पछिका दिनमा चासो बढ्दै गएको हो । क्रमशः जर्मन अनुवादकहरुले आफ्ना भाषामा पूर्वीय दर्शन र ग्रन्थलाई अनुवाद गर्न थाले । अहिले पनि संस्कृत अनि पूर्वीय दर्शनमा जर्मनले बिशेष दर्शनलाई अङ्ग्रेजीमा फिलोसोफी भनिन्छ जुन ग्रीक शब्द फिलोसोफीया बाट आएको हो र यसको अर्थ ज्ञान प्रतिको माया भन्ने हुन्छ ।

जर्मनका दार्शनिक स्कोपेनहुरले ल्याटीन भाषाको उपनिषद् पढेपछि आफू स्वयम उपनिषद्को अनुयायी भएको बताएका हुन् । १८ औं र १९औं शताब्दीमा अन्य विभिन्न जर्मन दार्शनिकहरुले उपनिषद् र वेदको व्याख्या गरेका इतिहास छन् । युरोपमा सनातन दर्शनको सुरुवातमा जर्मनलाई प्रथम दैलोका रुपमा मान्न सकिन्छ । सन् १८९३ मा स्वामी विवेकानन्दको अमेरिका यात्रा पूर्व नै अमेरिकी कविहरु राल्फ एमरसन, वाल्ट ह्वीटम्यान र हेनरी डुविडका कविताहरुमा उपनिषद्का ज्ञान र प्रतिबिम्ब पाइएको छ ।
ईशापूर्व ३२६ मा एलेक्जेन्डरको भारतवर्षमा भएको प्रवेश संगै पूर्वीय संस्कारको ग्रीक तटमा हुने प्रवाह सुरु भएको मानिन्छ । यो कुरा केही हदसम्म सत्य पनि मानिन्छ किनभने पूर्वी तटबाट पश्चिममा भएको ज्ञानको प्रवाहको प्रशस्त उदाहरणहरु छन् । पाणिनि क्रृषिको अष्टोध्यायबाट प्रभावित भएर पाइथागोरसले प्रतिपादन गरेका थीयोरमहरु त अहिले पनि हामीले घोकेका छौं नि । पाइथागोरस विश्वमा सर्वत्र चर्चामा रहँदा पाणिनि चाँही को हो को हो नै भएका छन् तर सत्य के हो भनें ज्ञानको प्रवाह पश्चिममा पूर्वबाटै भएको हो । सन् १७८४ मा चाल्र्स विल्कीन्स नामक शोधकर्ताले भागवत गीतालाई सम्पूर्ण रुपमा अङ्ग्रेजीमा अनुवाद गरेका थिए भने महाभारतको अनुवाद भने यिनले पुरा गर्न नपाएको बताइन्छ । क्रमशः पश्चिममा पूर्वी प्रभाव बढ्दै गयो । यसरी सरल अङ्ग्रेजीमा भागवत गीताका अनुवादहरु पाएपछि सुस्तरी पश्चिममा पूर्वीय ग्रन्थ र दर्शनहरुले स्थान र अनुयायी पाउन थाल्यो । १८ आंै शताब्दीको अन्त्यमा स्वामी विवेकानन्द, त्यस पश्चात ओशो, इस्कनका प्रभुपादा लगायतले पश्चिममा पूर्वीय दर्शनलाई थप जोड दिए । अहिले पश्चिमका अधिकांश देशमा पूर्वीय संस्कार अनि मठ मन्दिर लगायत विभिन्न परम्पराहरुको बोलवाला पाइन्छ । अमेरिकी कवि इमरसनले त ब्रह्मा नामक कविता नै लेखेका छन् जुन अङ्ग्रेजीमा छ । 


उपनिषद्को इतिहास पश्चिममा धेरै पुरानो त छैन तथापि अहिले हाम्रो पूर्वीय दर्शन अनि सभ्यताले पश्चिमका करोडौंहरुको मन जितेको छ । धेरै कलाकार अनि संगीतिज्ञहरु पूर्वीय सभ्यता र दर्शनको खुलेर तारिफ गर्दछन् । मुख्यतया आत्माको उच्चता एवं अमरता, सत्कर्मको फल अनि पवित्रताका आधारहरु पश्चिममा प्रचलित र लोकप्रिय हुँदै गएको छ । पूर्वमा भने हामी मन्दिर दर्शन या पूजापाठ गर्न लाज मान्दछौं, दुई हात जोडेर आँखा चिम्लदा आफ्नो हदै सम्मको मानहानी भएको मान्दछौं तर पश्चिममा भक्ति र योग अभ्यासको बडो चर्चा चलेको अवस्था छ । मानिस दर्शन अनुरुप जिउँछ र दर्शन विशाल र सर्वव्यापी हुन पर्दछ जुन पूर्वीय सभ्यता र सनातन प्रयोगमा छ । सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् । 


शान्तिको कामना



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.