Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / अध्यात्म

विश्वगीताको चौधौं अध्याय




   Bishwa Raj Adhikari - Mar 28 2017
विश्वगीताको चौधौं अध्याय विशेष अडियो सामाग्री

लेखक विश्वराज अधिकारीको श्रीमद भागवत् गीताको आधुनिक व्याख्या "विश्वगीता"को चौधौं अध्याय आज यहाँहरुमाझ प्रस्तुत गर्दैछौ । श्रीमद भागवत् गीताको १८ अध्याय को लगभग ७०० श्लोकहरुमा मानव जीवनको सबै समस्याको समाधान भेटिन्छ । विश्वगीताको चौधौं अध्यायका २७ श्लोकहरु यसप्रकार छन् । 
अध्याय १४ , श्लोक ०१ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (सम्पूर्ण ज्ञानहरूमा उत्तम रहेको परमज्ञान बारे म फेरि भन्छु। यो परमज्ञान थाहा पाएर मुनिहरूले सिद्धि-देह बन्धनबाट मुक्ति प्राप्त गरे।)
श्रीभगवानुवाच परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम्। यज्ज्ञात्वा मुनय: सर्वे परां सिद्धिमितो गता:।।१।।

अध्याय १४ , श्लोक ०२ 
(यो ज्ञानको आश्रयमा परेर मेरो स्वरुपमा विलीन भएका मुनिहरूको सृष्टिको प्रारम्भमा जन्म हुँदैन र प्रलयकालमा उनीहरूलाई व्याकुलता हुँदैन। प्रलयकालमा उनीहरूको मृत्यु पनि हँदैन।)
इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागता:। सर्गेSपि नोपजायन्ते प्रलये न व्यथन्ति च।।२।।

अध्याय १४ , श्लोक ०३ 
(हे भारत, मेरो महत् ब्रह्मरुप प्रकृति-योनी गर्भ राख्ने स्थान हो। म त्यसमा गर्भ राख्दछु। मैले यस्तो गर्नाले समस्त प्राणीहरूको उत्पत्ति हुन्छ।)
मम योनिर्महद् ब्रह्म तस्मिन् गर्भं दधाम्यहम्। सम्भव: सर्वभूतानां ततो भवति भारत।।३।।

अध्याय १४ , श्लोक ०४ 
(हे कौन्तेय, सम्पूर्ण प्राणीहरू जो शरीर धारण गरेर योनीहरुद्वारा उत्पन्न हुन्छन् तिनीहरूको माता महद्योनी हुन र म बीजदाता पिता हुँ।)
सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या:। तासां ब्रह्म महद्योनिरहं बीजप्रद: पिता।।४।।

अध्याय १४ , श्लोक ०५ 
(हे महाबाहो, प्रकृतिबाट उत्पन्न भएको सत्, रज, तम यी तीन गुणहरूले शरीर धारण गरेको आत्मालाई बाँधछन्।)
सत्त्वं रजस्तम इति गुणा: प्रकृतिसम्भवा:। निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम्।।५।।

अध्याय १४ , श्लोक ०६ 
(हे निष्पाप, सत् गुण अरु दुई गुणहरू भन्दा पवित्र र प्राणीहरूको ज्ञान प्रकाशित गर्ने तथा सबै किसिमका पापकर्महरू बाट पर राख्ने प्रकृतिको हुन्छ। म सत् गुण द्वारा प्राणीहरूमा सुख र ज्ञानतिर आकर्षण पैदा गराउँछु।)
तत्र सत्त्वं निर्मलत्वात् प्रकाशकमनामयम्। सुखसंगेन बध्नाति ज्ञानसंगेन चानघ।।६।।

अध्याय १४ , श्लोक ०७ 
(हे कौन्तेय, रजोगुणलाई रागात्मक वा विषयहरू प्रति इच्छा वा आसक्तिबाट उत्पन्न हुने बुझ। रजोगुणले कर्मको आसक्तिद्वारा प्राणीहरूलाई बाँधछ र रजोगुणबाट उत्पन्न हुने व्यवहारहरू गर्ने प्रवृतिमा पुर्याउँछ।)
रजो रागात्मकं विद्धि तृष्णासंगसमुद्भवम्। तन्निबध्नाति कौन्तेय कर्मसंगेन देहिनम्।।७।।

अध्याय १४ , श्लोक ०८ 
(तर हे भारत, तमोगुणले सम्पूर्ण देहधारीहरूलाई मोहित गर्दछ किनभने तमोगुण अज्ञानताबाट उत्पन्न भएको हुन्छ भन्ने बुझ। तमोगुणले प्राणीहरूमा घमन्ड, आलस्य र निद्रा आदि उत्पन्न गराउँछ।)
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम्। प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत।।८।।

अध्याय १४ , श्लोक ०९ 
(हे भारत, सत् गुणले देहधारीहरूलाई सुखमा र रजगुणले कर्ममा बाँधछ। तमोगुणले भने उनीहरूको ज्ञानलाई ढाकेर उनीहरूमा घमन्ड जगाउँछ।)
सत्त्वं सुखे सञ्जयति रज: कर्मणि भारत। ज्ञानमावृत्य तु तम: प्रमादे सञ्जयत्युत।।९।

अध्याय १४ , श्लोक १० 
(हे भारत, रजोगुण र तमोगुणलाई पराजित गरेर सत् गुणले जन्म लिन्छ। रजगुण र सत् गुणलाई पराजित गरेर तमो गुणले जन्म लिन्छ। यसैगरी तमगुण र सत् गुणलाई पराजित गरेर रजोगुणले जन्म लिन्छ।)
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत। रज: सत्त्वं तमश्चैव तम: सत्त्वंरजस्तथा।।१०।।

अध्याय १४ , श्लोक ११ 

(जब यस देहका द्वारहरूमा चेतना र बोधशक्ति उत्पन्न हुन्छ र जब यी ज्ञानद्वारा प्रकाशित हुन्छन् तब त्यो स्थितिलाई सत गुण वृद्धि भएको मान्नु पर्दछ।)
सर्वद्वारेषु देहेSस्मिन् प्रकाश उपजायते। ज्ञानं यदा तदा विद्याद् विवृद्धं सत्त्वमित्युत।।११।।

अध्याय १४ , श्लोक १२ 

(हे भरतर्षभ, लोभ, फलको उद्देश्यद्वारा कार्य गर्ने इच्छा, भोगको इच्छाबाट उत्पन्न अशान्ति, विषयभोगको अभिलाषा जस्ता प्रवृतिहरू रजोगुण बढेपछि उत्पन्न हुन्छन्।)
लोभ: प्रवृत्तिरारम्भ: कर्मणामाशम: स्पृहा। रजस्येतानि जायन्ते विवृरद्धे भरतर्षभ।।१२।।

अध्याय १४ , श्लोक १३ 
(हे कुरुनन्दन, तमोगुण बढेमा अज्ञानता, निष्कृयता, घमन्ड, भ्रम जस्ता प्रवृतिहरू उत्पन्न हुन्छन्।)
अप्रकाशोSप्रवृत्तिश्च प्रमादो मोह एव च। तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन।।१३।।

अध्याय १४ , श्लोक १४ 
(जब व्यक्तिको मृत्यु सत् गुण बढेको स्थितिमा हुन्छ तब उसले उत्तम कार्य गर्नेहरूले बास गर्ने दिव्यलोकमा बास पाउँछ।)
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत्। तदोत्तमविदां लोकानमलान् प्रतिपद्यते।।१४।।

अध्याय १४ , श्लोक १५ 
(जुन व्यक्तिको मृत्यु रजोगुण बढेको अवस्थामा हुन्छ उसले भने कर्ममा आसक्ति राख्ने मनुष्य रुपमा जन्म लिन्छ र यसैगरी जुन व्यक्तिको मृत्यु तमोगुण बढेको अवस्थामा हुन्छ उसले पशु रुपमा जन्म लिन्छ।)
रजसि प्रलयं गत्वा कर्मसंगिषु जायते। तथा प्रलीनस्तमसि मूढयोनिषु जायते।।१५।।

अध्याय १४ , श्लोक १६ 
(पण्डितहरूको भनाइ अनुसार सात्विक कर्मको सुखमय सात्विक फल हुन्छ, राजसी कर्मको राजसी दु:खमय कर्मफल र तामसी कर्मको अज्ञानमय कर्मफल हुन्छ।)
कर्मण: सुकृतस्याहु: सात्त्विकं निर्मलं फलम्। रजसस्तु फलं दु:खमज्ञानं तमस: फलम्।।१६।।

अध्याय १४ , श्लोक १७ 
(सत् गुणबाट ज्ञान, रजोगुणबाट लोभ, तमोगुणबाट लालसा, घमण्ड र अज्ञानता उत्पन्न हुन्छ।)
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च। प्रमादमोहौ तमसो भवतोSज्ञानमेव च।।१७।।

अध्याय १४ , श्लोक १८ 
(सात्विक आचरण गर्ने व्यक्तिहरू माथि रहेको स्वर्गलोकमा जान्छन्। राजसी आचरण गर्ने व्यक्तिहरु मध्यमा रहेको मनुष्य लोकमा नै रहन्छन्। तर तामसी आचरण गर्नेहरु तल्लो स्थानमा रहेको नर्क लोकमा जान्छन्।)
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसा:। जघन्यगुणावृत्तिस्था अधो गच्छन्ति तामसा:।।१८।।

अध्याय १४ , श्लोक १९ 
 (जब ज्ञान भएको व्यक्तिले सत्, रज, र तम गुणहरूलाई केवल गुणहरूको रुपमा मात्र देख्दछ र तिनीहरूलाई कर्ताको रुपमा देख्दैन र ती गुणहरू देखि धेरै पर रहेको आत्मालाई जान्दछ त्यसबेला उसले मोक्ष प्राप्त गर्दछ। उसले मेरो स्वरुप प्राप्त गर्दछ।)
नान्यं गुणेभ्य: कर्तारं यदा द्रष्टानुपश्यति। गुणेभ्यश्च परं वेत्ति मद्भावं सोSधिगच्छति।।१९।।

अध्याय १४ , श्लोक २० 
(मनुष्यले देहबाट उत्पन्न भएका सत्, रज र तम, यी तिनै गुणहरूलाई उल्लङ्घन गरेर जन्म, मृत्यु, वृद्धा अवस्था र दु:ख-कष्टबाट मुक्त हुँदै यसै जीवनमा नै जीवन अमृत प्राप्त गर्दछ। मोक्ष प्राप्त गर्दछ।)
गुणानेतानतीत्य त्रीन् देही दहसमुद्भवान्। जन्ममृत्युजरादु:खैर्विमुक्तोSमृतमश्नुते।।२०।।

अध्याय १४ , श्लोक २१ 

अर्जुनेले बिन्ती गरे (हे प्रभ्रु, सत्, रज, र तम, यी तिनै गुणहरूबाट टाढा रहेको व्यक्तिको लक्षण र गुणहरू कुन किसिमको हन्छ तथा उसको व्यवहार कुन प्रकारको हुन्छ र उसले के कस्ता उपायहरू प्रगोग गरेर यी तिनै गुणहरू माथि विजय प्राप्त गरेको हुन्छ?)
अर्जुन उवाच कैर् लिंगैस्त्रीन् गुणानेतानतीतो भवति प्रभो। किमाचार: कथं चैतांस्त्रीन् गुणानतिवर्तते।।२१।।

अध्याय १४ , श्लोक २२-२५ 
भगवान् श्रीकृष्णले आज्ञा गर्नु भयो (हे पाण्डव, जुन व्यक्तिले आफ्नो शरीर र मनमा सत्-प्रकाश, रज-लगाव र तम-भ्रम गुणहरूको उपस्थितिलाई न त घृणा गर्दछ न त तिनीहरूको अनुपस्थिमा तिनीहरू प्रति आसक्ति नै राख्दछ र जो व्यक्ति ती गुणहरूका क्रियाहरूमा उदासीन हुन्छ एवं ती गुणहरूले आफ्ना प्रवृति अनुसार उसको शरीरमा कार्य गरिरहेका छन् भन्ने मानेर विचलित हुँदैन र नित्य स्थिर रहन्छ त्यो व्यक्ति गुणातीत हो। यसैगरी सुख र दु:खलाई समान सम्झिने, आफूलाई केवल एक पिण्ड अर्थात एक स्थिर थुप्रो झै मान्ने, माटो, सुन र पथ्थरलाई एउटै मूल्यको देख्ने, बुद्धिमान्, निन्दा र स्तुतिलाई समान मान्ने, मित्र र शत्रुलाई समान ठान्ने, देहधारण र साथै अरु कार्यहरू समेत परित्याग गर्ने व्यक्ति पनि गुणातीत नै हो)
श्रीभगवानुवाच प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव। न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि कङ्क्ष्ति।।२२।। उदासीनवदासीनो गुणैर्यो न विचाल्यते। गुणा वर्तन्त इत्येवं योSवतिष्ठति नेंगते।।२३।। समदु:खसुख: स्वस्थ: समलोष्टाश्मकाञ्चन:। तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुति:।।२४।। मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयो:। सर्वारम्भपरित्यागी गुणातीत: स उच्यते।।२५।।

अध्याय १४ , श्लोक २६ 
(जो व्यक्तिले श्मामसुन्दर आकार मलाई अनन्य भक्तियोगले भज्दछ त्यो व्यक्ति यी तीन गुणहरू सत्, रज र तम, लाई उल्लङ्घन गर्दै ब्रह्मलाई अनुभव गर्न सक्षम हुन्छ।)
मां च योSव्यभिचारेण भक्तियोगेन सेवते। स गुणान् समतीत्यैतान् ब्रह्मभूयाय कल्पते।।२६।।

अध्याय १४ , श्लोक २७ 
(किनभने कुनै पनि युगमा नाश न हुने अविनाशी ब्रह्म, जुन खाएपछि कहिले मृत्यु हुँदैन त्यो अमृत, सँधै रहने धर्म, र एकान्त सुखको आश्रय पनि म नै हुँ।)
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्यस्य च। शाश्वततस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च।।२७।।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07