नवरात्रको छैटौं दिन "कात्यायनी"को महत्त्व | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नवरात्रको छैटौं दिन "कात्यायनी"को महत्त्व





नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु¬र्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि हुनुहुन्थ्यो, वहाँको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न हुनुभयो । वहाँले देवी दुर्गालाई पुत्रीको रूपमा प्राप्त गर्न धेरै वर्षसम्म कठिन तपस्या गर्नुभयो र ऋषि कात्यायनको इच्छानुसार नै दुर्गमासुर संहारिका माता दुर्गाले ऋषिको घरमा पुत्रीको रूपमा जन्म लिनुभयो र कात्यायनी नामले प्रसिद्ध हुनुभयो । मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित छ र चार भुजाले युक्त हुनुहुन्छ, आफ्नो दाहिने हातले दुर्गाभवानी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा पद्, पुष्प तथा तरवार धारण गरेकी हुनुहुन्छ । कात्यायनी देवीको सिंह वाहन हो र देवी कात्यायनी सिंहमा आरूढ हुनुहुन्छ ।

महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्नथालो । ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरे की उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गर्नुभयो । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गर्नुभएको थियो, परिणामस्वरूप वहाँको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो । आश्विन कृष्ण चतुर्दशीको दिन वहाँको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत पूजा आराधना गर्नुभयो र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गर्नुभयो ।

कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले Nuclear अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

ज्यो. प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.