स्वामी हेमानन्द शङ्कराचार्य (हुँदै) | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

स्वामी हेमानन्द शङ्कराचार्य (हुँदै)




   नरेन्द्रराज प्रसाई - Feb 18 2018

स्वामी महाराज हाम्री परमप्रिय माता हेमानन्द गिरीसँग आज हामी नइको टेलिफोन वार्ता भयो । हामीलाई उहाँको वाणीले मोहित बनायो, खुसी बनायो र गौरवी पनि बनायो । किनभने रूद्राभिषेक गरिसकेपछि उहाँ ज्योतिर्मठ या उत्तराखण्ड (हिमालय)को शङ्कराचार्य बन्नु हुनेछ । अनि रूद्राभिषेक पनि पशुपतिनाथ परिसरमा नै हुन सकोस् भनेर हामीले कामना गरेका छौं ।

आज हामी नइ दम्पतीले स्वामी हेमानन्द गिरीको आशिर्वाद पनि पायौं । त्यस बेहोराले पनि हामी आल्हादित बन्यौ । एउटी जगत् गुरू र जगत् माताबाट यसरी आशिर्वाद पाउनु हाम्रा लागि म गौरवको कुरा मान्छु ।

सबैभन्दा खुसीको कुरा स्वामी हेमानन्द गिरीले नेपालका विभूति योगी नरहरिनाथलाई नेपालका शिखर विभूति र आफ्नो परमपूज्य गुरू मान्नु भयो । योगी नरहरिनाथका गुरू योगी छिप्रानाथ बाबाको म पनि चेला भएको बेहोराले महाराज हेमानन्द गिरीले मलाई काका भन्नु भयो । साथै मैले उहाँलाई छोरी भनेर सम्वोधन पनि गरे ।
स्वामी हेमानन्द गिरी महाराज नौ करोड भक्तजनको भिडलाई चिरेर महामण्डलेश्वर भैसक्नु भयो । यो सर्वोच्च पदमा पुग्ने उहाँ विश्वकै प्रथम नारी र नेपालकी सुपुत्री हुनुहुन्छ । अब केही समय प्रतीक्षा गरौ- उहाँ शङ्कराचार्य हुनुहुँदै छ । त्यसपछि हाम्रो नेपाल राष्ट्रको थप अर्को अति विशिष्ट पहिचान पनि कायम हुनेछ । यस युगान्तकारी घटना भूगोलका हिन्दूहरूका लागि गौरवको कुरा हुनेछ । साथै विश्व नारी जागरणका लागि समेत यो थप उपलब्धी मानिने छ ।

आध्यात्मिक चिन्तक, समाजसेवी तथा हिन्दू धर्मसंस्कृतिकी परम पूज्य स्वामी हेमानन्द गिरी महाराजको शङ्कराचार्य सिंहासनमा छिटै आरोहण होस् भनेर श्री पशुपतिनाथ समक्ष मैले प्रार्थना गरेको छु । शङ्कराचार्यको पदमा दिग्विजय भएपछि उहाँका गलामा फूलको माला पहिराउन म र मेरी पुरोधिका इन्दिरा आतुर भएका छौं ।

स्वामी हेमानन्द महाराजजी हाम्री माता पनि र मेरी छोरी पनि भएका कारण म अझै गौरवीमा छु । हाम्रो संस्कृतिमा माता र छोरीको गोडा ढोग्ने परम्परा भएको हुँदा उहाँको चरणमा म मेरो शिर राख्तछु । जय स्वामी महाराज हेमानन्द गिरी माता !

नरेन्द्रराज प्रसाई



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.