कुण्डली तथा कुण्डली मिलान भनेको के हो? | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

कुण्डली तथा कुण्डली मिलान भनेको के हो?




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - May 31 2018

iPhone मा हाम्रो पात्रोको नयाँ अपडेट उपलब्ध छ, जसमा तपाइले कुण्डली बनाउन सक्नुहुनेछ । के तपाइको iPhone मा हाम्रो पात्रो अपडेट भयो ?



''प्रत्यक्षं ज्यौतिषं शास्त्रं,
चन्द्रार्कौ यत्र साक्षिणौ''


जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ, हाम्रो पात्रोका प्रिय प्रयोगकर्ताहरूकालागि भनेर हामीले 'हाम्रो पात्रो'को Android मा सार्वजनिक गरीसकेको छ र यस पल्ट iPhone का 'हाम्रो पात्रो' प्रयोगकर्ताहरूका लागि हामीले 'कुण्डली' अपडेट गरेका छाैं। आज हामी यसै विषयमा हजूरहरूका लागि विशेष जानकारी दिंदैछाैंः

'चिना'को अर्थ पनि व्यक्तिलाई चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्तालगाई त्यसैको आधारमा गणितगरी तयार पारिएको राशि चक्रलाई आधार मानि बाह्र राशि र सूर्यादि नवग्रहहरूको उदय-अस्त, उच्च-निच, मार्गी-वक्री, डिग्री, देश, काल आदि सहितको अनुकूल प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणित सिद्ध ज्ञान गराउने वस्तु भनेकै कुण्डली या चिना हो र त्यसै कुण्डलीको आधारमा फलादेश गर्न सकिन्छ । ग्रहको स्थितिलाई विचार गरी फलादेश गर्ने व्यक्ति गलत हुन सक्छ तर विद्या कदापि गलत हुन सक्दैन र हुँदैन पनि ।

प्राणीहरूको सम्पूर्ण जीवन कालमा भिन्न-भिन्न अवस्था र भिन्न-भिन्न रूपले प्रत्यक्ष प्रभावित पार्नु ग्रहहरूको महादशा र अंतर्दशाको परिणाम हो । जीवनमा कुन समय सुखदायक र कुन समय अरिष्टप्रदयक हुन्छ, भाग्योदय कहिले हुन्छ, माता, पिता, बंधु, संतति, स्त्री/पुरुष, सम्बन्ध, शिक्षा, रोजगारी, आर्थिक, विदेश आदिको सुख कहिले र कस्तो हुन्छ ? विवाह कहिले हुन्छ ? कुन ग्रहले जीवनमा सुख-समृद्धि दिन्छ र कुन ग्रहले जीवनमा दुख-कष्ट दिन्छ इत्यादि सबै कुराको जानकारी सहित, ग्रहहरूको दशा र अंतर्दशाबाट जानकारी लिन सकिन्छ । अत: पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि ग्रहगोचरीय अवस्थाको प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

"वेदश्चक्षुकिलेदंस्मृतं ज्योतिषम्" सिद्धान्तशिरोमणिमा भनिएको छ । अर्थात् ज्योतिष वेदको आँखा हो । वेदले बताएका कुरा जान्न ज्योतिषको ज्ञाना अनिवार्य रहन्छ । ज्योतिष शास्त्र वेदको मुख्य अङ्ग हो । जसरी हामी आँखा विनाको संसार परिकल्पना गर्न सक्दैनौ त्यसैगरी ज्योतिष विना वेद तथा जीवनको वारेमा जान्नपनि सकिदैन । विशेषतः ज्योतिष शास्त्र कालबोध गराउने शास्त्र हो । यसले समयको अवस्थिति अनुकूलन प्रतिकूलन के कस्तो छ सोको तथ्य कारण सहित प्रस्तुत गर्दछ, जसरी मौसम तथा पूर्वानुमान साखाको जानकारी अनुसार छाता बोकेर हिँडे राम्रो हुन्छ त्यसरीनै ग्रह र राशिको सम्बन्ध, महादशा-अन्तर्दशा, अनुकूल तथा प्रतिकूल समयको अवस्था हेरी कार्य गरेमा अवस्य छाताको काम गर्नेछ । त्येसैले ज्योतिषलाई जीवनको मार्गदर्शनको रुपमा लिएको छ भनिन्छ "ज्योतिषम् नेत्रउच्यते" ।
कुनैपनि व्यक्तिको कुण्डलीका आधारमा जातक को भविष्य वाणी गर्न सकिन्छ । कुण्डलीमा रहेको पहिलो भावबाट शरीर र स्वभाव हेर्न सकिन्छभने दोस्रो तथा अन्य भावबाट क्रमशः आर्थिकस्तर-वाणी-पराक्रम, दाजुभाइ-दिदीबहिनी-साथीभाइ र पारिवारिक सम्बन्ध, भौतिकसुख-वाहन-घरसम्बन्ध-भूमि-अध्ययन-अध्यापन, सन्तान योग-बुद्धि, शत्रुसंगको सम्बन्ध-रोग, वैवाहिक-व्यापार-मंगल समय-पतिपत्नी बिचको सम्बन्ध, आयु-दुर्घटना-बिघ्न-अपमान, भाग्य-धर्म-शिक्षा, कर्म-पेशा-पद-पिता पुत्र सम्बन्ध-सुख, आम्दानीका स्रोतहरू-भाग्य-ऐश्वर्य र द्वादश भावबाट खर्च-वन्धन-दु:ख-कारागार आदिको विचार गर्न सकिन्छ ।

कुण्डली मिलान के हो ?
सनातन संस्कृति, वैदिक परम्परा षोडश संस्कारमा निहित छ जातकको षोडश संस्कार अन्तर्गत विवाहको महत्वपूर्ण स्थान छ । माता-पितालाई आफ्ना सन्तति तरुणावास्थाको भएपछि वैवाहिक जीवनको चिन्ताले सताउने गर्दछ ।
मेलापकको समय ध्यानदिनु पर्ने कुरा विवाहको उद्देश्य गृहस्थ आश्रममा पदार्पण हुनुका साथै वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्नु हो । आफ्नो छोरा या छोरीको लागि योग्य एवं सर्वगुण सम्पन्न जोडी बनुन् भन्ने चाहना हुन्छ र सर्वगुण सम्पन्न जोडी कसरी हुन्छन् त ? यसबारे संक्षिप्त चर्चा गरौं:

भावी दाम्पत्यको कुण्डली मिलान जसलाई ज्योतिषीय भाषामा 'वरवधु मेलापक' भनिन्छ । बैदिक परम्परामा कुण्डली मिलान अति आवश्यक मानिन्छ । ज्योतिष शास्त्रले मेलापकमा भिन्न भिन्न आधारमा गुणको जम्मा संख्या ३६ निर्धारित गरेको छ, जसमा १८ या त्यस भन्दा बढी गुणको मिलान भए विवाह र दाम्पत्य सुखको लागि उत्तम मानिन्छ ।

वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम् ।
गणमैत्रं भकूटश्च नाडी चैते गुणाधिका: ।।

मुहूर्तचिन्तामणि अनुसार:-१ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ ग्रहमैत्री, ६ गण, ७ भकूट, ८ नाडी यथा क्रमले संख्या अनुसार गुण निर्धारण गरिन्छ र त्यसै गुणका आधारमा भावी दाम्पत्यको भविष्य निर्धारण गरिने भएकाले कुण्डली मिलान अति आवस्यक छ ।

कुण्डलीमा गुण मिलनका साथै मंगल दोष सहित सप्तम भाव एवं सप्तमेश दाम्पत्य सुख प्राप्तिको लागि विशेष महत्व छ । यसका साथै द्वितीय भाव एवं द्वितीयेश, पंचम भाव एवं पंचमेश, एकादश भाव एवं एकदशेश, द्वादश भाव एवं द्वादशेश आदिको विचार गर्न आवस्यक हुन्छ । यस विषयमा योग्य एवं जानकार ज्योतिषी पण्डितको सल्लाह लिनु आवस्यक छ र यी सबै राम्रो भए मात्र दाम्पत्यजीवन प्रेम र सामन्जस्यले परिपूर्ण परिवार भई यो संसारमा रहेरपनि स्वर्गको अनुभूति गर्दछन् ।

कुण्डली एवं चिना वस्तवमा व्यक्तिगत विवरण पत्र नै हो । त्यसमा जातकको चिनारी प्रस्तुत गरिएको हुन्छ । व्यक्ति जन्मदा कुन भुगोल, कुन खगोलीय अवस्थिति थियो ? भूगोल अन्तर्गत पनि कति अक्षांश र देशान्तरमा उसको जन्म भएको, कुन गोत्र, प्रवर, थर,शाखा,तीनपुस्ते विवरण सहित तिथिमितिको परिपक्व दस्तावेज वास्तु नै चिना हो भने 'वरवधु मेलापक' अर्थात् कुण्डली मिलान दाम्पत्यजीवनमा प्रेम र सामन्जस्यले परिपूर्ण परिवार, सुख र स्वर्गको अनुभूति, वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्न निकै आवस्यक छ ।

---
हाम्रो पात्रोले आफ्ना प्रयोगकर्ताहरूका लागि केहि समय अघि कुण्डली एण्ड्रोइडमार्फत् सार्वजनिक गरीसकेका थियाैं । लगत्तै iPhone मा हाम्रो पात्रो फोन प्रयोगकर्ताहरूबाट अाएको निरन्तरको सुझाव र चाँसोलार्इ उच्च सम्मान गर्दै iPhone मा हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक गरेको छ, यस अपडेटमा कुण्डली उपलब्ध छ । के तपाइको iPhone मा हाम्रो पात्रो अपडेट भयो त?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.