ब्लग - साहित्य / प्रविधि

ग्लोबल इनोभेसन थ्रू साइन्स एन्ड टेक्नोलोजी (2018 GIST Tech-I) मा नेपाली एपः भोट गर्ने हैन त?




अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पकि सल्लाह्रकार इभान्का ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिलेर ‘ग्लोबल आन्टरप्रेनरसिप सम्मिट’को संयुक्त उद्घाटन गरेका थिए । सोही कार्यक्रममा नेपाली युवती निश्मा अघिकारी पनि सहभागी थिइन् ।



काठ्माण्डाै, २४ माघ | आईटी इन्जिनियरिङ सकाएकी निश्मा अधिकारीको ‘प्रो मम’ एप्लिकेसन विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ग्लोबल इनोभेसन थ्रू साइन्स एन्ड टेक्नोलोजी (जीआईएसटी) प्रतियोगितामा छनौटमा परेको छ ।

प्रतियोगितामा ८० देशका एक सय ९ जनाको आइडिया सेमी फाईनलका लागि छनोट भएको छ । त्यसमध्ये निश्मा एक्ली नेपाली सहभागी हुन् । हजारौंमध्ये एक सय ९ को आइडिया मात्र छनोटमा परेको थियो । सहभागीलाई दिनमा एकजनाले एकपटक भोट गर्न सक्नेछन् । भोटिङको लागि जीआईएसटी नेटवर्क डट ओआरजीमा गएर लग इन गर्नुपर्नेछ ।

भोटिङ फ्रेब्रुअरी २२ सम्म खुल्ला रहनेछ । भोटिङबाट छनोट भएका उत्कृष्ट दशलाई ग्लोबल आन्टरप्रेनरसिप कंग्रेस, टर्की (फाइनल राउण्ड) मा सहभागी गराइनेछ । कार्यक्रममा उत्कृष्ट दशले आफ्नो आइडिया निर्णायकसामु प्रस्तुत गर्नुपर्नेछ ।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पकि सल्लाह्रकार इभान्का ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मिलेर ‘ग्लोबल आन्टरप्रेनरसिप सम्मिट’को संयुक्त उद्घाटन गरेका थिए । सोही कार्यक्रममा नेपाली युवती निश्मा अघिकारी पनि सहभागी थिइन् । ९० देशका दुई हजारभन्दा बढी सहभागी कार्यक्रममा ग्लोबल इनोभेसन थ्रू साइन्स एन्ड टेक्नोलोजी प्रतियोगिताबारे उद्घोष गरिएको थियो । र, निश्माले प्रतियोगितामा ‘प्रो मम’ एप्स आइडिया पठाएकी थिइन् ।

कृषि, वातावरण, स्वास्थ्य र ऊर्जा गरी चारवटा थिममा आइडिया मागिएको थियो । निश्माले स्वास्थ्यसम्बन्धी थिम रोजेर पठाएकी थिइन् । एउटा महिला गर्भवती भएदेखि बच्चा नजन्मिदासम्मको अवस्थाबारे एपमा जानकारी राखिने उनले बताइन् । उनले पनि नवजात शिशु र गर्भवती आमासम्बन्धी थिममा काम गर्दैछिन् । अमेरिकी दूतावासकोे युवा परिषद् २०१६ को सदस्यसमेत भइसकेकी निश्मा अहिले पनि प्रविधि क्षेत्रमै काम गरिरहेकी छन् । उनले सुरु गरेको टेक्नोलोजीसम्बन्धी काममा कर्मचारीहरू पनि महिलाहरू नै राखेकी छन् ।

‘नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई भोट दिनुहुनेछ भन्ने आशा गरेको छु,’ भोटिङका लागि निश्माले आग्रह गरिन्, ‘मैले जितेमा यसको फाइदा नेपाली महिलाले पाउनेछन् ।’

वहाँलाई भोट गर्नकालागि निम्न प्रकृया अपनाउनु पर्नेछ ।
-    VOTE गर्न यहाँ क्लिक गरेर अकाउन्ट बनाउनुहोस् :
http://www.gistnetwork.org/user/register?destination=node
(फोटो लगायत सबै detail भरिरहन जरुरी छैन * चिन्ह लगाएको मात्र विवरण भर्नुहोला)
-    तपाईंको ईमेलमा एउटा लिन्क आएको छ, त्यहा क्लिक गर्नुहोस्
-    अब निलो रङको VOTE HERE बटनमा क्लिक गर्नुहोस्
-    Nishma Adhikari को भिडियो छान्नुहोस् र VOTE मा क्लिक गर्नुहोस् (प्रतिस्पर्धी धेरै भएकाले तपाईंले कम्प्युटरमा ctrl+F थिचेर Nishma टाईप गरेर पनि vote गर्न सक्नुहुनेछ)



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 127.19
  • 127.88
  • UK pound sterling
  • 142.44
  • 143.21
  • Swiss franc
  • 112.59
  • 113.2
  • Australian dollar
  • 80.99
  • 81.43
  • Canadian dollar
  • 85.22
  • 85.67
  • Singapore dollar
  • 81.18
  • 81.62
  • Japanese yen (10)
  • 10.06
  • 10.11
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.35
  • 3.37
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.22
  • 27.37
  • Korean Won (100)
  • 9.88
  • 9.94
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.06
  • 17.15

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम