यूट्यूबका जादुहरु | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

यूट्यूबका जादुहरु




   Suyog Dhakal - Aug 22 2017

भिडियोहरु हेर्न हामी यूट्यूबको प्रयोग गर्दछौं, बिभिन्न बृतचित्र, चलचित्र अनि श्रब्यदृश्य साम्रगी हेर्न चाहनेकालागि यूट्यूब एउटा गज्जबको साधन भएको छ । ट्याक्क टाईप गर्यो अनि फ्याट्ट भिडियोको मज्जा
लियो, कतिपय टेलिसिरियल अनि हास्यप्रधान भिडियो देखि समाचार अनि संस्कारका कुराहरु पनि यूट्यूबमा हेर्न सकिन्छ ।

यो पनि हेर्नुहोस् : जोर्नी खिइने समस्या : ५ लक्षण र उपचार

आउनुहोस्, हामीले बर्षौदेखि चलाईरहेका यूट्यूबका बारेमा हामीलाई थाहा नभएका तर अत्यन्त उपयोगी सरल जादुई कार्यहरु यहाँ बर्णन गर्न चाह्यौं । यूट्यूबमा भिडियो हेर्दाहेर्दै अग्रेजी अक्षर P टाईप गर्नुभएमा भिडियो अडिन्छ अर्थात पज हुन्छ, पूनः P टाईप गर्नुभएमा भिडियो सुचारु हुन्छ । त्यस्तै अँग्रजी अक्षर J टाईप गर्नुभएमा यूट्यूबका भिडियो रिवाइन्ड अर्थात पछाडी जान्छ , अक्षरले भिडियोलाई छिटो गर्दछ भनें M  टाईप गर्नाले भिडियोको आवाज बन्द हुन्छ ।

Shift र N साथ थिच्नाले अर्को भिडियोमा गईन्छ भनें Shift र P एकैसाथ थिच्नाले अघिल्लो भिडियोमा गईन्छ । यदि यूट्यूबको सर्च बारमा अग्रेजी Use The Force Luke टाईप गरेमा भिडियोहरु पानीमाझैं तैरिन थाल्दछन् । धेरै समयसम्म हल्लीरहेको स्क्रीन हेरेर रिंगटा लाग्ला, होशियार हुनुहोला नि ।

त्यस्तै यूट्यूबमा Do The Harlem Shake सर्चबार मा टाईप गरेर केही नौलो अनुभूति र यूट्यूबको नृत्य हेर्न सक्नुहुनेछ । यूट्यूबको सर्चबारमा Doge Meme टाईप गर्नुभएमा यूट्यूब आँफैमा रंगीन हुन जान्छ ।
कुनैपनि यूट्यूब भिडियोलाई डाउनलोड गर्नुपरेमा कुनै झन्झटिलो काम गर्नुपर्दैन, सरक्कसंगले
भिडियोको यूआरएल मा SS राख्नुभएमा सहजै डाउनलोड अप्शनमा जान्छ ।
https://www.youtube.com/watch?v=Ksrk3YpvZX0
यस लिकंको भिडियोलाई डाउनलोड गर्न
https://www.ssyoutube.com/watch?v=Ksrk3YpvZX0

राता अक्षरले देखाएझैं दुईवटा SS थिचेर लोड गरेमा डाउनलोड अप्शनमा गईन्छ ।
अरुले भन्दा छिटो यूट्यूबका अपडेट र नयाँ तरिकाहरु जान्न चाहनुहुन्छ भनें
https://www.youtube.com/testtube मा गएर बुझ्न सकिन्छ ।
आजलाई यूट्यूबको जादु यत्तिनै ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.