आइसिटी अवार्डको रजिस्ट्रेशन अवधि तीन दिन थप | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

आइसिटी अवार्डको रजिस्ट्रेशन अवधि तीन दिन थप





मोवाइल एप्लिकेशन सार्वजनिक

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि अनलाइन आवेदन दिने समय तीन दिन थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको समयावधिमा उल्लेख्य कम्पनी तथा व्यत्तिको सहभागिता भएपनि अझ थप समयको माग भएको कारण समयावधि थप गरिएको आयोजक समितीले जनाएको छ ।

अब कम्पनी तथा व्यत्तिले आफ्नो सहभागिताको लागि श्रावण ३ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन । कार्यक्रमको अफिसियल वेबसाइट www.ictawardnepal.com वा मोवाइल एप्लिकेशन मार्फत विभिन्न सुहाउदो बिधामा अवार्डको प्रतिस्प्रधामा सहभागिता जनाउन सकिनेछ । यस वर्ष विभिन्न पाँच विधामा आइसिटी अवार्ड प्रदान गरिने छ ।

प्ले स्टोरमा अवार्डको मोवाइल एप्लिकेशन
शनिवार आइसिटी अवार्डको मोवाइल एप्लिकेशन सार्वजनिक गरिएको आयोजकले जनाएको छ । गुगल प्ले स्टोरमा ICT Award सर्च गरि एन्ड्रोइड एप्लिकेशन डाउनलोड गर्न सकिनेछ । अब अवार्डमा सहभागिताको लागि यहि एप्लिकेशन मार्फत पनि रजिस्ट्रेसन गर्न सकिने व्यवस्था गरिएको छ । एप्लिकेशनमा कार्यक्रमको बारेमा बिस्तृत जानकारीका साथै अवार्डसँग सम्वन्धित फोटो र भिडियो समेत हेर्न सकिने छ । अवार्ड सम्वन्धि समाचारहरु एप्लिकेशन मार्फत नै पढ्न सकिने छ भने अनलाइन रजिस्ट्रेसन मेनुमा गइ एप मार्फत नै मोवाइलबाटै इच्छुक व्यत्तिले सहभागिता जनाउन सकिनेछ ।


अवार्डका विधाहरु
यस वर्ष आइसिटी अवार्ड २०१७ मा पाच वटा विधा समावेश गरिएको छ । आइसिटी स्टार्टअप अवार्ड, बेस्ट इनोभेटिभ प्रडक्ट अवार्ड, पायोनियर्स अवार्ड, स्कोलर अवार्ड र बेस्ट डायस्पोरा आइसिटी अवार्ड गरी पाच विधामा अवार्ड गरिने छ । स्टार्टअप कम्पनी अवार्ड, इनोभेटिभ प्रडक्ट र स्कोलर अवार्डमा विभिन्न चरणका प्रतिस्प्रधाबाट छानिएका उत्कृष्ट एकलाइ अवार्ड गरिनेछ भने पायोनियर्स र डायस्पोरा अवार्डमा सहभागीहरुबाट जुरी समुहको मुल्यांकनको आधारमा अवार्ड प्रदान गरिनेछ ।

कसले भाग लिन सक्छन ?

आइसिटी अवार्डको पहिलो विधा स्टार्टअप कम्पनी अवार्डमा नेपालमा कम्पनी रजिस्ट्रर भएका तर तीन वर्ष ननाघेका कम्पनीहरुले एप्लाइ गर्न सक्नेछन् । यसको लागि कम्तीमा एउटा आइटी प्रडक्ट सार्वजनिक भएको हुनुपर्नेछ । अनलाइन निवेदन दिन www.ictawardnepal.com मा गएर स्टार्टअप कम्पनी क्याटेगोरिजमा अनलाइन रजिस्ट्रेसन मेनुमा क्लिक गरि अनलाइन फारम बुझाउन सकिनेछ ।

इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र (२०७३ असार २१ देखि २०७४ असार २०) भित्र सावैजनिक भएका कुनै आइटी प्रडक्ट (एप, वेब सर्भिस, सोलुसन, इ कमर्श आदि) ले सहभागिता जनाउन सक्नेछन । यसको लागि www.ictawardnepal.com मा गएर बेस्ट इनोभेटिभ प्रडक्ट अवार्ड २०१७ क्याटेगोरिजमा गई अनलाइन रजिस्ट्रेसन मेनुमा क्लिक गरि अनलाइन फारम बुझाउन सकिनेछ । यसको लागि कम्पनी अनिवार्य छैन ।

स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएका प्रोजेक्टको आधारमा अनलाइन आवेदन दिन सकिनेछ । यसमा हार्डवेयर, सफ्टवेयर वा फाइनल सेमेस्टरका उत्कृष्ट रिसर्च पेपरहरुलाइ समेत आधार बनाएर रजिस्ट्रेसन गर्न सकिनेछ ।

आइसिटी पायोनियर अवार्ड र आइसिटी डायस्पोरा अवार्ड २०१७ मा कोहिले पनि आफुलाइ राम्रो लागेको र त्यस क्षेत्रमा योगदान पुर्याएको व्यत्तिहरुको मुल्यांकन गरि नोमिनी दर्ता गराउन सकिनेछ । यसमा अरु कसैले सिफारिस गरेका व्यत्तिहरुको आन्तरिक मुल्यांकनबाट अवार्ड प्रदान गरिनेछ ।

के पाउछन अवार्ड विजेताले ?
यो नेपालको सुचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र फरक किसिमको अवार्ड कार्यक्रम हो । यसमा आयोजकले अवार्ड विजेतालाइ आकर्षक शिल्ड र प्रमाणपत्र प्रदान गर्नेछ । विजेतालाइ विशेष सम्मान सहित रिकग्नाइज गर्नेछ । केहि क्याटेगोरिजका विजेतालाइ भने रकम प्रदान गर्नेतर्फ तयारी भइरहेको आयोजकले जनाएको छ । अन्य विभिन्न कम्पनीहरुले विजेतालाइ केहि सुविधा र थप इन्भेष्टमेन्टको लागि अवसर प्रदान गर्नेछन । आइसिटी अवार्ड २०१७ को अन्तिम कार्यक्रम एक विशेष समारोह बिच भदौ २ गते सम्पन्न हुने बताइएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.