आइसिटी अवार्ड २०१७ आयोजना हुँदै, अवार्डको अनलाइन नोमिनेसन सुरु | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

आइसिटी अवार्ड २०१७ आयोजना हुँदै, अवार्डको अनलाइन नोमिनेसन सुरु




स्टार्टअप कम्पनी अवार्डमा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले अवार्डमा भाग लिन सक्नेछन भने इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ । यसैगरी आइसिटी स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङका विद्यार्थीहरुले बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन ।



नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।


बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै लिभिङ विथ आइसिटीले सो जानकारी दिएको हो । अवार्ड घोषणा कार्यक्रम आगामी भदौ २ गते गरिनेछ । यस क्षेत्रका विज्ञहरुको जुरी समुहले विभिन्न चरणमा छनोट प्रक्रिया सञ्चालन गरी अन्तिम विजेतालाइ अवार्ड कार्यक्रममा विशेष सम्मान गरिने छ ।
यस वर्ष आइसिटी अवार्डमा विभिन्न ५ वटा विधा समावेश गरिएको छ । यी विधाअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप कम्पनी अवार्ड २०१७, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७, आइसिटी पायोनियर अवार्ड २०१७, आइसिटी स्कोलर अवार्ड र बेस्ट नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७ रहेका छन ।
यी अवार्डहरुमा सहभागी हुन www.ictawardnepal.com वेबसाइटमा लगइन गरि सम्बन्धित अवार्ड विधा (क्याटेगोरिज)मा अनलाइन रजिस्ट्रेसन गर्न सकिनेछ ।

अनलाइन रजिस्ट्रेसन आजैदेखि अर्थात असार २१ गते सुरु भएको छ । सहभागी हुन चाहने कम्पनी वा व्यक्तिले असार ३१ गतेसम्म अनलाइन रजिस्ट्रेसन फारम बुझाइसक्नु पर्ने आइ सि टेक मिडियाका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

स्टार्टअप कम्पनी अवार्डमा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले अवार्डमा भाग लिन सक्नेछन भने इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ । यसैगरी आइसिटी स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङका विद्यार्थीहरुले बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन । आइसिटी पायोनियर अवार्ड यस क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्यक्तिलाइ विशेष सम्मान हो । यसैगरी आइसिटी डायस्पोरा अवार्डमा विदेशमा बसेर आइटीमा काम गरी नेपालको पहिचान दिन सक्ने कम्पनी वा व्यक्तिलाइ दिइने अवार्ड हो ।

आइ सि टेक मिडियाद्धारा सञ्चालित लिभिङ विथ आइसिटी म्यागेजिनको वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि आइसिटी अवार्डको सुरुवात भएको थियो । गतवर्ष आइसिटी स्टार्टअप अवार्डमा सस्तो डिल, कुल टेक्नो ल्याब, नेपफ्लाइट र एल्लो नेपालले अवार्ड प्राप्त गरेका थिए । यसैगरी कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाइ आइसिटी पायोनियर अवार्डबाट सम्मान गरिएको थियो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.