कृषिबाट जिवनस्तर समृद्ध बनाउने परिकल्पना
अधिकांश मानिसहरु कृषिमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्रबिच एक महत्वपुर्ण सम्झौता भएको छ । नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्य बैंक बिच २२ नोभेम्बरमा महत्वपुर्ण सम्झौता भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खाद्यय सुरक्षा र कृषिको क्षेत्रबाट मानिसहरु जिवनस्तर उकास्न दुइ राष्ट्रका संस्थाबिच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ । नाइजेरिकाको खाध्य सुरक्षा तथा कृर्ष मन्त्रालयमा भएको सम्झौतमा नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृषि तथा खाद्यय सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लयागत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौताको विशेष समारोहमा वल्र्ड इन्स्टिच्युट फर पिसका पदाधिकारीहरुको पनि सहभागिता रहेको स्टेट अफ ओसुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेपाल खाद्य्य बैंक लिमिटेड नेपालको खाद्य सुरक्षा र कृषिमा विगत केहि वर्षदेखि काम गरिरहेको सस्था हो । अध्यक्ष रामराजा श्रेष्ठको एक टोली उक्त सम्झौता सहित नाइजेरिया सरकारसग मिलेर काम गर्न एक महिना अघि नाइजेरिया प्रस्थान गरेको थियो । यस अघि नाइजेरिया तथा ओसुन सरकारका मन्त्री तथा उच्च अधिकारीहरुसग भएको छलफल र सम्झौता अनुसार एक हजार बढि युवाहरुलार्इ तत्काल रोजगारी दिनेगरी काम सुरु भएको श्रेष्ठले बताए ।
ओसुन राज्यमा सुरु गर्ने कृषि परियोजनाले ५ हजार बढि युवाहरुलाइ प्रोत्साहन गर्दै विभिन्न स्तरको कार्यक्रममा सहभागी गराउने बताइएको छ । ओसुन राज्यका कृर्षी तथा खाद्यय सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याकले सम्झौता पश्चात बोल्दै नेपाल र नाइजेरियाको सहकार्यले कृषि तथा खाद्य्य सुरक्षा महत्वपुर्ण उपलब्धी गराउन सकिने बताए ।
सम्झौतामा हस्ताक्षर गर्दै नेपाल खाद्य बैंकका अध्यक्ष श्रेष्ठले हजारौ युवाहरुलाइ रोजगारी दिदै आधुनिक प्रविधिहरुको प्रयोगमा देश र समाज समृद्ध बनाउन काम गर्ने बताए । नाइजेरिया र नेपालबिच विभिन्न महत्वपुर्ण सहकार्य गरि कृषि, प्रविधि र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । नेपाली उद्यमी र युवाहरुलाइ यो सहकार्यमा सहभागिता र सहयोगको लागि उनले अपिल गरे ।
अफ्रिकी राष्ट्र नाइजेरियामा प्रसस्त सम्भावनाको क्षेत्र हुदाहुदै मान गपनि काम नभइरहेको अवस्थामा नेपाल खाद्य्य बैंकले उक्त राष्ट्रमा शाखा विस्तार गर्दै दुइ देश र युवाहरुको हितमा कृषि र प्रविधिको माध्यमबाट सकरात्मक काम गर्न सकिने श्रेष्ठको भनाई छ । नेपालको धेरै देशहरुसँग विभिन्न सम्झौताहरु भएपनि कार्यान्वयन नभइरहेको अवस्थामा निजी क्षेत्रका तर्थबाट भएको यो सम्झौता र कामले उपलब्धी हासिल गर्ने विश्वास लिएका यस क्षेत्रका विज्ञहरुले बताएका छन ।
Liked by: