ब्लग - साहित्य / प्रविधि

स्वास्थसेवामा रोवोट प्रविधी अनि आर्टिफिसीयल ईन्टेलिजेन्स




हुन त रोवोटीक प्रविधीको स्वाद हामीमध्य धेरैले चाखिसकेका हुनसक्छौं, हवाईजहाज मा अटोपाईलट पनि रोवोटीक या अटोमेटेड तवर नै हो जहाँ जहाजलाई पाइलटले भन्दा प्रविधीले उडाइरहेको हुन्छ ।



बिश्वप्रसिद्ध स्वास्थसेवा एवं अध्ययनको थलो, मायोक्लीनीकले स्वास्थसेवामा रोवोटीक प्रविधी अनि आर्टिफीसीयल इन्टेलिजेन्सले अबका बर्षमा धेरै परिवर्तन अनि नवप्रर्वतन आउने तथ्य प्रकाशित गरेको छ । मुख्यतया शल्यचिकित्सक अर्थात सर्जनहरुको कार्यलाई रोवोटीक प्रविधीले अझै सहज, सुलभ अनि सहजै संग कठीन तथा लामा समयमा शल्यक्रिया गर्न सक्ने जनाएको छ । अहिलेसम्म घुँडाको स्थानान्तरण शल्यक्रिया, ढाडको शल्यक्रिया लगायत व्यबहारीक स्वास्थहरुमा रोवोटहरु को उपस्थिती, प्रयोग बहुतै उपयोगी साबित भएको छ । केही हप्ता अघि बेलायतमा प्रोस्टेट क्यान्सरको सर्जरी नै चिकित्सकले रोवोट मार्फत गरेका अनि शल्यक्रिया अझ सहज अनि कम पीडादायी भएको चिकित्सक स्वयमले बताएको खबर अलजजिरा च्यानलले देखाएको थियो । 

यसक्रममा पहिले बिरामीको शरीरमा प्राविधीक चिप्स हालेर रोवोटका मार्फत शल्यक्रिया गरेको भिडीयो देखाइएको छ, शल्यक्रिया गर्ने चिकित्सक स्वयमले पनि आँखाको शल्यक्रिया गर्दा रोवोट मार्फत थप सहज अनि सुलभ शल्यक्रिया गरेको बताएका थिए । रीक पोपर्ट नाम गरेका यि मुत्ररोग बिशेषज्ञ स्वयमले १० बर्ष अघि नै आफूले गराएको आँखाको लेजर सर्जरीमा रोवोट प्रयोग गरिएको बताएका हुन् । एकजना सर्जनका अनुभवका आधारमा डाक्टर रीकले रोवोटीक ज्ञानका आधारमा शल्यक्रिया अब झन छिटै, अझ प्रभावकारी अनि कम पीडादायी ढगंले हुन सक्ने बताए । अझ यस प्रविधीले शल्यक्रिया गरेमा मान्छेको जिवन रक्षात्मक समयको थप सदुपयोग हुने र शल्यक्रियामा एउटा बरदान नै हुने बताइन्छ ।
हुन त रोवोटीक प्रविधीको स्वाद हामीमध्य धेरैले चाखिसकेका हुनसक्छौं, हवाईजहाज मा अटोपाईलट पनि रोवोटीक या अटोमेटेड तवर नै हो जहाँ जहाजलाई पाइलटले भन्दा प्रविधीले उडाइरहेको हुन्छ ।

ए आई अनि रोवोट ज्ञानको अर्को पक्ष भने बृद्धबृद्धाको ख्याल राख्ने अनि हेरचाहको लागि धेरै रहेको बताइन्छ । हामीले अत्यन्त माया गर्ने हाम्रा अघिल्ला पुस्ताका बृद्धबृद्धा लाई हिडडुलमा सहयोग गर्ने, उठाउने, दिशापीसाब गर्दा सहयोग गर्ने नि सहारा दिने रुपमा पनि यस्ता यन्त्र मानवहरुको प्रयोग भइरहेको अनि बिकास पनि गरिरहेको बताइन्छ । लवरेन्स ली नामक बेलायती पत्रकारले बनाएको अलजजिराको यस रिपोर्टमा रोवोटको सेवामा मानविय संवेदना नहुने कारणले अहिले बिकसीत देशहरुको स्वास्थ उपचार अनि हेरचाह क्षेत्रमा रोवोटको प्रयोग बिवाद अनि बहसको पनि बिषय रहेको उनी बताउदछन् । माया र ख्याल गर्ने दायित्व मेसीनलाई आउटसोर्स गर्न हुन्छ त ? बहसको बिषय हो, उनी भन्दछन् । उत्तरी लण्डनका एउटा बृदाश्रमका सञ्चालक सन्जीव कनोरियाका अनुसार रोवोटहरुको प्रयोगले बृद्धबृद्धाहरुमा भएको बिर्सने बानी अनुरुप दैनिक कुराहरु संझाउन सहयोग गर्दछ । कसैले दैनिक गर्ने केही कुरा भुलेपनि रोवोटले त्यो कुरा संझाउन सहयोग गर्ने अनि व्यक्तिगत आनीवानीको ध्यान राख्दै व्यक्तिपरक सेवा दिन सहयोग हुने उनले बताए । कुनै कुरा बिर्सने अनि पछि संझना आएर मैले भुलेछु भन्ने संझना आउँदा बृद्धबृद्धामा धेरै भावनात्मक संवेग अनि आत्मबिश्वासको कमी हुने गरेको मा रोवोट ले त्यो परिस्थिती आउन नदिने सन्जीवले बताए । केही रोवोटहरु सामान्य प्रश्नोत्तर गर्न सक्ने अनि उनीहरुमा जडीत कम्यूटर मार्फत बृद्धबृद्धाका आफन्तसंग सहज भीडीयो कल गर्न सकिने आले पनि भएकाले बृद्धबृद्धाको जिवन एक्लो भइहाल्न नपाउने दावी पनि गर्दछन सञ्चालक सन्जीब । 


अरु जेसुकै गर्न सके पनि रोवोट हरुले माया गर्न सक्दैनन भन्ने प्रश्नमा वारवीक बिश्वबिधालयका मानविय मौलिक व्यबहार बिशेषज्ञ टम सोरेलको आफ्नै धारणा छ । उन्का अनुसार बिशेषत बृद्धबृद्धाहरु को ख्याल राखिने ठाँउमा जिवनको उत्तरार्धमा उनीहरुले मानविय स्पर्श अनि प्रेम र संवाद अपेक्षा गरेका हुन्छन् । यस्तो अपेक्षालाई संवोधन नगरि रोवोटको कार्य बृद्धाश्रम जस्तो संवेदनशील ठाँउमा हुन नहुने कुरामा उनले जोड दिए ।
व्यस्त बिश्वमा रोवोट अनि मेसीन ज्ञान एउटा मानविय प्रतिस्थापक प्रणाली भएको छ, जसको आफ्नै बिषेशता अनि दुर्गुण छ । यर्थाथ त के हो भने बिश्वका धेरै बिकसीत देशमा स्वास्थ सेवाको क्षेत्रमा मान्छेहरुलाई रोवोटले प्रतिस्थापन गर्न थालिसकेका छन् । के थाहा कुनै दिन चिकित्सकनै बिनाको अस्पतालमा रोवोटको सेवा लिन हामी पनि पुग्ने पो हौं कि ?

मायो क्लीनीकको व्लग अनि अलजजिराको रिपोर्टको आधारमा हाम्रो पात्रो ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 127.19
  • 127.88
  • UK pound sterling
  • 142.44
  • 143.21
  • Swiss franc
  • 112.59
  • 113.2
  • Australian dollar
  • 80.99
  • 81.43
  • Canadian dollar
  • 85.22
  • 85.67
  • Singapore dollar
  • 81.18
  • 81.62
  • Japanese yen (10)
  • 10.06
  • 10.11
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.35
  • 3.37
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.22
  • 27.37
  • Korean Won (100)
  • 9.88
  • 9.94
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.06
  • 17.15

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम