१२ औं मिस नेवा र हाम्रो पात्रो सँगसँगै | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

१२ औं मिस नेवा र हाम्रो पात्रो सँगसँगै





नेप्लिज फेशन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस नेवा’ प्रतियोगिता यस वर्ष १२औं वर्षमा प्रवेश गरेको आफ्नो प्रेस  विज्ञप्तिमा जानकारी गराएका छन् । यसै मौकामा नेप्लिज फेशन होमले ‘१२ औं मिस नेवाः११३७’ आयोजना गर्न लागेको पनि जानकारी गराए ।



यसै क्रममा नेप्लिज फेशन होमले १२ औं मिस नेवा प्रतियोगिताको लागि हाम्रो पात्रोसँग सहकार्य गरेको छ। हाम्रो पात्रोले यो प्रतियोगिताको लागि नेप्लिज फेशन होमलार्इ भाइबर च्याटबोटको सुबिधा दिने भएको छ , जस अन्तर्गत देश विदेशमा बस्नुभएका सम्पूर्ण मान्यजनहरुले मिस नेवाको प्रतियोगीसँग अन्तरक्रिया गर्ने देखि आफुले रुचाएको प्रतियोगीहरुलाई भाइबरमा मिस नेवा पुब्लिक अकाउन्ट फलो गरेर भोट समेत गर्न सक्नुहुनेछ ।  


भाइबरमा मिस नेवा पुब्लिक अकाउन्ट फलो गर्न्न यहाँ क्लिक गर्नुहोस :http://chats.viber.com/missnewa



मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको
प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन्।



यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुका लागि फारम खुला गरिएको छ । प्रतियोगीले नेप्लिज फेशन होमको कार्यालय डिल्लीबजारबाट तथा अनलाईनबाट पनि फारम भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २ पुषमा जमल स्थित होटल यल्लो पगोडामा हुने छ । यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराईने भएको छ ।



प्रतियोगितामा सहभागीलाई करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकाश, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवाःको चयन आगामी माघको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन्।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.