ब्लग - साहित्य / Fashion (फैशन)

मिस नेवा: ११३७ को अडिसन सम्पन्न (अडियो सहित)




मिस नेवा: ११३७ को अडिसन सम्पन्न अन्तरबार्ता

कान्तिपथ स्थीत होटेल एल्लो पगोड़ामा आइतबार १२औ मिस नेवा: ११३७ को अडिसन सम्पन्न भयो । थुप्रै नेवार समुदायका युवतीहरु यस सांस्कृतिक ब्यूटी कन्टेस्टमा सहभागिता जनाउन यहाँ उपस्थित भएको देखियो । लगभग दिनभर चलेको त्यो छनौट प्रक्रिया बाट ३५ देखी ४० जना सहभागीहरु ट्रेनिंग को लागि चुनिने  छन् ।



सहभागीहरु को सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिएको पुर्व मिस नेवा: र यसपटक कि निर्णायक सुनिता डंगोल ले हाम्रो पात्रो सँगको कुराकानीमा बताउनुभयो ।छानिएको प्रतिस्पर्धीहरुलाई भाषा को समेत ट्रेनिंग दिने डंगोलले अहिलेको समयमा धेरै युवायुवतीले आफ्नो भाषालार्इ खासै प्राथमिकता नदिने भएकाले पनि मिस नेवा: का सहभागीलाई नेपाल भाषा को ट्रेनिंग समेत प्रदान गर्ने बताउनुभयो । 


त्यससँगै आयोजक नेप्लिज फेसन होम कि अध्यक्ष हेमा मानन्धर ले मिस नेवा ब्यूटी कन्टेस्ट मात्र नभएर नेवारी समुदाय को कला र संस्कृति जोगाउने अभियान समेत रहेको र यस्तो अभियान नेवार समुदाय मा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउनुभयो ।



अडिसनबाट छनोट भएको प्रतियोगिलाई जनवरी १ देखि करिब डेढ महिना विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई कला र संस्कृति, व्यक्तित्व विकास, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । अडिसनमा भाइराजा तुलाधर, मिस नेवा सुनिता डंगोल, रोजिन शाक्य, उज्वल कृष्ण श्रेष्ठ, जिबेश्वरलाला श्रेष्ठ, डा.शिक्षिता श्रेष्ठ तथा रोहिया महर्जन निर्णायकको रुपमा रहनु भएको थियो ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.52
  • 103.12
  • European euro
  • 123.06
  • 123.78
  • UK pound sterling
  • 138.88
  • 139.7
  • Swiss franc
  • 106.71
  • 107.33
  • Australian dollar
  • 82.56
  • 83.05
  • Canadian dollar
  • 83.71
  • 84.2
  • Singapore dollar
  • 76.31
  • 76.75
  • Japanese yen (10)
  • 9.21
  • 9.26
  • Chinese renminbi (Yuan)
  • 15.59
  • 15.68
  • Saudi Arabian riyal
  • 27.34
  • 27.5
  • Qatari riyal
  • 28.16
  • 28.32
  • Thai baht
  • 3.1
  • 3.12
  • UAE Dirham
  • 27.91
  • 28.08
  • Malaysian ringgit
  • 24.48
  • 24.63
  • Korean Won (100)
  • 9.09
  • 9.14
  • Swedish Krone
  • 12.91
  • 12.99
  • Danish Krone
  • 16.54
  • 16.63