इशु श्रेष्ठले चुमिन '१२ औं मिस नेवा:'को ताज | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

इशु श्रेष्ठले चुमिन '१२ औं मिस नेवा:'को ताज




   मन्दिप गाैतम - Feb 09 2017

पूर्व मिस नेवाहरूको समेत उपस्थिति रहेको आजको १२ औं मिस नेवाको फाइनल समारोहमा 'हाम्रो ChatBot' तथा SMS को आधारमा अत्यधिक भोट ल्यार्इ प्रतियोगी नं. ७ रहेकी किपुलाचाकी ओमिजिना महर्जनले Public Choice विधा अन्तर्गतको अवार्ड हात पारेकी छिन । यस बिधा अन्तर्गत Viber प्रयोगकर्ताहरूले हाम्रो ChatBot को प्रयोग गरी भोटिंङ गरेका थिए ।



नेप्लिज फैसन होमले आयोजना गरेको '१२ औं मिस नेवा:' को करीब डेढ महिना लामो यात्रालार्इ टुंग्याउँदै प्रतियोगी नं. २३ रहेकी इशु श्रेष्ठले विजेता ताज चुम्न सफल भएकी छिन् । त्यसैगरी प्रतियोगी नंं. २२ अोजस्वी श्रेष्ठ तथा प्रथम रनर अप प्रतियोगी नं. १९ श्रृष्टि खड्की दोश्रो रनरअप  बन्न सफल भएकी छिन । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आज भएको निर्णायक समारोहमा १२औं मिस नेवा: को मुख्य ताज सहित अन्य बिजेताहरुको घोषणा गरियो ।

पौष १० गते कान्तिपथस्थित होटेल यल्लो पगोड़ामा यस सांस्कृतिक ब्यूटी कन्टेस्टको अडिसनबाट छानिएका नेवार संस्कार र संभ्यतामा हुर्किएका नयाँ पुस्ताका २८ प्रतिस्पर्धीहरुलार्इ नेवार सभ्यता र संस्कृतिका सामान्य देखि महत्वपूर्ण कुराहरूमा प्राथमिकता दिदै ४५ दिने तालिम दिइएको थियो ।

यहि अवधिमा प्रतियोगीहरूको सुन्दरता, व्यक्तित्व र क्षमता केन्द्रित रहि निरीक्षण गरिएका २८ प्रतिस्पर्धिहरुलाई आजै विभिन्न १७ बिशेष विधामा अवार्ड समेत प्रदान गरिसकिएको छ ।

पूर्व मिस नेवाहरूको समेत उपस्थिति रहेको आजको १२ औं मिस नेवाको फाइनल समारोहमा 'हाम्रो ChatBot' तथा SMS को आधारमा अत्यधिक भोट ल्यार्इ प्रतियोगी नं. ७ रहेकी किपुलाचाकी ओमिजिना महर्जनले Public Choice विधा अन्तर्गतको अवार्ड हात पारेकी छिन । यस बिधा अन्तर्गत Viber प्रयोगकर्ताहरूले हाम्रो ChatBot को प्रयोग गरी भोटिंङ गरेका थिए ।



मिस नेवा: ११३७ का सम्पूर्ण बिजेताहरुः
१२औं मिस नेवा: ताज बिजेता – प्रतियोगी नं. २३ इशु श्रेष्ठ
१२औं मिस नेवा: प्रथम रनर अप – प्रतियोगी नं. २२ अोजस्वी श्रेष्ठ
१२औं मिस नेवा: दोस्रो रनर अप – प्रतियोगी नं. १९ श्रृष्टि खड्की
मिस फोटोजेनिक – प्रतियोगी नं. ५ मेरीना मानन्धर
मिस फ्रेन्डशिप - प्रतियोगी नं. ४ विनिता डंगोल
मिस डिसिप्लिन – प्रतियोगी नं. १० सलिना श्रेष्ठ
मिस चार्मिंग - प्रतियोगी नं. २१ रोशना श्रेष्ठ
मिस ट्यालेन्ट – प्रतियोगी नं. १६ रोज महर्जन
मिस एलिजेंट – प्रतियोगी नं. २५ मोनिमा खड्की
मिस सोस्यल वेलफेयर चिफ – प्रतियोगी नं १ र ५ की मेरीना मानन्धर (संयूक्त)
बेस्ट स्माइल - प्रतियोगी नं. १ कृजना डंगोल
बेस्ट स्किन – प्रतियोगी नं. २६ लेनिना बज्राचार्य
बेस्ट नेपालभाषा – प्रतियोगी नं. ७ ओमिजिना महर्जन
बेस्ट पर्सनालिटी – प्रतियोगी नं. १८ पल्पसा श्रेष्ठ
बेस्ट ड्रेस – प्रतियोगी नं. २७ आंज्ञा करञ्जित
बेस्ट हेयर – प्रतियोगी नं. २४ समिता श्रेष्ठ
पब्लिक च्वाइस अवार्ड – प्रतियोगी नं. ७ ओमिजिना महर्जन

हाम्रो पात्रो अप्प्स पार्टनर को रूपमा मिस नेवा: को यो यात्रा मा प्रारम्भदेखि साथ रह्यो । त्यहि क्रममा प्रतियोगीहरुसंग कुराकानी गर्दा थुप्रै प्रतियोगीहरुलाई मिस नेवा: ले सांस्कृतिक तालिम दिदै आफुहरुको व्यक्तित्व बिकास को लागि मदद पुर्याएको उनीहरुको भनाइ थियो । सबै प्रतियोगी हरु फाइनल का लागि उत्साहित त थिए नै तर फाइनल भन्दा बढी सबैलाई नेप्लिज फैसन होम ले दिएको ४५ दिने तालिम को अवधि आफुहरुको लागि निकै लाभदायिक रहेको र जीत हार लाइ पन्छ्याउदै आफुहरुले सिकेको कुराहरु जीवन भर प्रयोग मा ल्याउने मा ढुक्क थिए ।

तालिम को अवधि मा निक्कै मिल्ने साथि बनेका २८ प्रतियोगी हरुनै एक अर्का को जीत मा उत्साहित देखिए ।

उक्त कार्यक्रम मा प्रतियोगी हरुको मनोवल बढाउन ११औ मिस नेवा: बिजेता एन्जल श्रेष्ठ , प्रथम रनर अप रेजीशा डंगोल र दोस्रो रनर अप मिनु प्रजापति उपस्थित थिए । हाम्रो पात्रो सबै २८ प्रतियोगी हरु को उज्ज्वल भविष्य को कामना गर्दै नेप्लिज फैसन होम को यो सम्माननीय प्रयास को कदर गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.