फेसन सिक्रेट्स टू उजागर हुँदै | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

फेसन सिक्रेट्स टू उजागर हुँदै





वर्ष २०७४ को अन्तिम साँझ अर्थात् चैत्र ३० गते शुक्रबार फेसनका पछिल्ला रहस्यहरु सार्वजनिक हुने भएको छ । सुन्दर एवं आकर्षक डिजाइनमा तयार पारिएका स्टाइलिस नमूनाहरु सार्वजनिक गर्न तयार भएका छन् युवा फेसन डिजाइनहरुको एउटा समूह । सो फेसन कार्यक्रममा उत्कृष्ट वीर विक्रम खड्का, नुदिना राई, सुमना शर्मा, अनिता लोहनी तथा विजय के. कहरका साथमा बेलो कलेक्सनस् र बिइङ ह्युमन वेयरका कलेक्सनहरु सार्वजनिक हुने कार्यक्रमका इभेन्ट म्यानेजर आशिष पाण्डेले जनाएका छन् । कार्यक्रममा प्रदर्शन हुने पहिरनहरुमा डिजाइनर उत्कृष्टको सृजना स्ट्रिट वेयरमा केन्द्रित रहनेछ भने सुमनले इन्डो वेष्टर्न शैलीका पहिरनहरु प्रस्तुत गर्नेछन् । डिजाइनर बिजयको सृजनामा युरोपिन छाप देख्न पाइनेछ भने अनिताको प्रस्तुति रेड कार्पेट स्टाइल हुनेछ । यसैगरी नुदिनाले समर वेयरशैली प्रस्तुत गर्नेछिन् भने बेलो कलेक्सनको शैलीहरु फ्युजन पार्टी वेयर हुनेछ । बिइङ ह्युमनले आफ्ना पछिल्ला समर शैलीहरु रनवेमा उतार्ने भएको छ । फेसका यी विविध सिर्जनाहरु भने लाजिम्पाट स्थित नेपाली चुलो नामक रेष्टुराँको ब्याङ्क्वेट हलमा सार्वजनिक हुन लागेको हो ।

नयाँ वर्षको स्वागत संगै सम्पन्न हुन लागेको यो फेसन कार्यक्रममा २४ जना युवती र ११ जना युवा मोडलहरुले उल्लेखीत डिजाइनरहरुले तयार पारेका पहिरनहरुलाई आफ्नो मोडलिङ कला र सीप मार्फत् प्रस्तुत गर्नेछन् भने उनीहरुलाई प्रस्तुतिलाई कोरियोग्राफ गर्नेछन् स्टाइलिस्ट पुरन जोशीले । फेसन सिक्रेट शीर्षक अन्तर्गतको दोस्रो श्रृङ्खलाको रुपमा प्रस्तुत हुने यो फेसन कार्यक्रमलाई ड्रिम सर्च एजेन्सीको सहकार्य अन्तर्गत नेपाल इन्स्टिच्युट अफ फेसन, नीफ नामक फेसन डिजाइनिङ सम्बन्धी अध्यापन गर्ने गराउने संस्थाले आयोजना गर्न लागेको हो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.