सदिक्षा श्रेष्ठ 'मीस नेपाल उत्तर अमेरिका'को अाधिकारीक कोरियोग्राफर | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

सदिक्षा श्रेष्ठ 'मीस नेपाल उत्तर अमेरिका'को अाधिकारीक कोरियोग्राफर





न्यूयोर्क, २० जेष्ठ । मीस नेपाल नर्थ अमेरिका MNNAले मिस नेपाल सन् २०१० सदिक्ष्या श्रेष्ठलाई आधिकारिक कोरियोग्राफरका रुपमा नियूक्त गरेको छ । यसका साथै मिस टुरिज्म ईन्टरकन्टिनेन्टल, मिस वुमन न्यूयोर्क २०१७ र मिस टुरिज्म यूएसए की बिजेता सुश्रि फतिना कसिमलाई यस मिस नेपाल उत्तर अमेरिकाको आधिकारिक प्रशिक्षकको जिम्मेवारी दिएको छ । 

न्यूयोर्कको क्वीन्समा रहेको मेलरोज बलरुम्सलाई कार्यक्रमको ग्राण्ड फिनालेको लागि स्थान छनौट गरेको एवं यस फिनाले पश्चातको भीआईपी आफ्टरपार्टी भने २०१८ अगस्त ११ तारिखका लागि तय गरेको छ । यस क्षेत्रकै अति प्रतिष्ठित ठाँउ मेलरोज बलरुम्समा यस अघि विश्वप्रसिद्ध कलाकारहरु रिहाना, शान मेण्डेस्, स्टीभन टायलर,  एपके ट्विग्स लगायत राष्ट्रिय कलाकारहरु बिपुल क्षेत्री, मुक्ति एण्ड रिभायबल, नेपाल आयडल्स्, द ओरिजनल ड्ओ, द एज व्याण्ड, नरेन लिम्बु र कबवेब समेतले प्रदर्शन गरिसकेका छन् । 

सदिक्षा श्रेष्ठले सन् २०१० मा मिस वर्ल्ड प्रतियोगीतामा नेपालका तर्फबाट सहभागीता जनाउनुभएको थियो र वहाँलाई सुन्दरता अनि बिद्वताको दृष्टान्तका रुपमा लिइन्छ जसलाई सन् २०१७ मा नेपाल विद्याभूषण पदक पनि प्रदान गरिएको छ । 

सदिक्षा श्रेष्ठ एमबीएबाट स्वर्णपदक बिजेता हुनुहुन्छ वहाँ सन् २०११ मा नेपाल पर्यटन वर्षको प्रवर्धन दुत पनि रहिसक्नुभएको छ । आफ्नो मिस नेपाल कार्यकाल सन् २०१० मा डब्लुडब्लुएफकालागि यूवा सम्वर्धन दुत पनि भइसक्नु भएको छ । मिस पर्सनालिटी, मिस बेस्ट वक र मिस फोटोजेनिकको ताज पनि वहाँले मिस नेपाल प्रतियोगिताको दौरान जित्नुभएको थियो । त्यसै गरि भ्वाइस अफ वुमन भाओ पत्रिकाले वहाँलाई उत्कृष्ण १० कलेज महिलाका रुपमा सम्मान गरेको थियो । 

त्यसैगरि हस्पिट्यालीटी क्षेत्रमा विगतका २ दशकबाट कार्यरत फतिमा कसिमले कार्यगत जीवनमा बिभिन्न पदहरुसंगै प्रमुख कार्यकारी निर्देशकसम्मको अनुभव प्राप्त गर्नुभएको छ । न्यूयोर्कमा व्यवसाह प्रर्वधन गर्न अनि आय र वित्तका बारेमा अध्ययन अध्यापन गराउन प्रभावकारी अध्ययन संस्था एनवाईआईटी स्कूल अफ हस्पिट्यालीटीकी प्राध्यापक फतिमा कसिमलाई सन् २०१७ र २०१८ मा हस्पिट्यालीटी वुमन उपाधी दिइएको थियो । यसका अलावा वहाँ अन्तराष्ट्रिय वुमन अफ द मन्थ, अन्तराष्ट्रिय वुमन मोडल अफ द ईयर, मोडल अफ द मन्थ २०१७ बाई ब्यूटी एण्ड आर्टस लगायत बिभिन्न न्यूयोर्क भित्रका फ्याशन विककी प्रमुख अतिथी पनि भइसक्नुभएको छ ।

फतिमा कसिमले गायनामा भएको मिस यूनिभर्स प्रिलिमिनरीकी निर्णायक, केन्समा भएको चलचित्र महोत्सवमा वातावरण र सामाजिक जनचेतना बिषयक चलचित्र विधामा निर्णायकको भूमिका, न्यूयोर्क हाटल एसोसियसनकी चेयरवुमन लगायत पीपल, प्रफिट एण्ड प्लानेट सम्बन्धमा आफ्नो विशेष दक्षता राख्नुहुन्छ । यसका साथै न्यूयोर्कका मेयर कार्यालयमा दीर्घकालिन भविष्य सम्बन्धमा सहयोग र सुझाव दिँदै आउनुभएको छ । वहाँलाई मिस नेपाल उत्तर अमेरिकामा स्वागत गर्न पाँउदा हामी अत्यन्तै खुशी छौं, अायोजकका तर्फबाट निराकर उप्रेतिले बताउनुभयो । वहाँले अगाडि थप्नुभयो, 'यस ऐतिहासिक सुन्दरता प्रतियोगितामा यहाँहरुले आफ्नो सहभागिता जनाउनुहुनेछ भन्ने आशा गरेका छौं ।'

आवेदनका लागि www.missnepalna.com मा जान सक्नुहुनेछ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.