मिलनको बाटोतर्फ चीन र भारतः ड्रयागन र हात्ती झगडा नगरी सँगै मिलेर नाच्नुपर्ने | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

मिलनको बाटोतर्फ चीन र भारतः ड्रयागन र हात्ती झगडा नगरी सँगै मिलेर नाच्नुपर्ने




विदेशमन्त्री वाङको उक्त सम्मेलनलाई भारतको सो कदमको प्रशंसा तथा स्वागतको लागि गरिएको थियो । वाङको सो वक्तव्यले दुई देशबीच चिसिएको सम्बन्धमा सुधार आउने विश्वास लिइएको छ । गत वर्ष अप्रिलमा दलाई लामाको अरुणाञ्चल प्रदेश भ्रमणपछि भारत र चीनबीच खटपट बढेको थियो । दलाई लामाको सो भ्रमणलाई लिएर सोही महिना रुस–भारत–चीनबीच हुने भनिएको त्रिपक्षीय वार्ता समेत विदेशमन्त्री वाङले रद्द गरिदिएका थिए ।



चीनसँगको सम्बन्ध सुधारका लागि भारतले चालेको कदम र भारतीय उच्च अधिकारीहरुलाई तिब्बतीय सरकारले आयोजना गर्न लागेको कार्यक्रममा रोक लगाएपछि चीनले बिहिबार भारतलाई मानसिक प्रतिरोध तथा आपसी दुस्मनी त्याग गर्दै द्विदेशीय सम्बन्ध सुधारको लागि आग्रह गरेको छ ।
चीनलाई ड्रयागन र भारतलाई हात्तीको संज्ञा दिँदै, चीनियाँ विदेशमन्त्री वाङ यीले ड्रयागन र हात्ती झगडा नगरी सँगै मिलेर नाच्नुपर्ने बताए । बिहिबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेशमन्त्री वाङले भने, “चीनियाँ ड्रयागन र भारतीय हात्ती आपसमा लडाइँ गर्न हुँदैन । बरु यी दुई सँगै नाच्नुपर्छ । यदि चीन र भारत मिलेको खण्डमा, एक र एक दुई नभई ११ हुन्छ । ”
भारतीय अनलाइन समाचार द इन्डियन एक्सप्रेसले मार्च २ मा प्रकाशित गरेको समाचार अनुसार, चीनसँगको सम्बन्ध संवेदनशील बन्दै गएको भन्दै दलाइ लामाको निर्वासित जिवनको ६० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमहरुमा भारतीय सरकारले उच्च अधिकारी तथा अधिकारीहरुलाई सो कार्यक्रमहरुमा भाग लिन रोक लगाएको थियो । यसैलाई मध्यनजर गर्दै तिब्बतीय निर्वासित सरकारले नयाँ दिल्लीमा हुन लागेको दुई कार्यक्रम रद्द समेत गरेको थियो । 


विदेशमन्त्री वाङको उक्त सम्मेलनलाई भारतको सो कदमको प्रशंसा तथा स्वागतको लागि गरिएको थियो । वाङको सो वक्तव्यले दुई देशबीच चिसिएको सम्बन्धमा सुधार आउने विश्वास लिइएको छ । गत वर्ष अप्रिलमा दलाई लामाको अरुणाञ्चल प्रदेश भ्रमणपछि भारत र चीनबीच खटपट बढेको थियो । दलाई लामाको सो भ्रमणलाई लिएर सोही महिना रुस–भारत–चीनबीच हुने भनिएको त्रिपक्षीय वार्ता समेत विदेशमन्त्री वाङले रद्द गरिदिएका थिए । 


चीन र भारतबीच १० हप्ता लामो समयसम्म चर्किएको डोक्लाम विवादमा पनि विदेशमन्त्री वाङ भारतविरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । बिहिबारे भने उनी नम्र रुपमा प्रस्तुत हुँदै दुई देशको सम्बन्ध सुधारका लागि दुवै देशका नेताहरुले कुशल रणनीति लिँदै अघि बढ्नुपर्ने र दुवै देशले आपसी शंकाउपशंका हटाउनुपर्ने बताए । “विश्वमै विकासोन्मुख र १ अर्बभन्दामाथि जनसंख्या रहेको राष्ट्रको हैसियतले पनि चीन र भारतले एक अर्काको भावना बुझ्दै सहयोग गर्नुपर्छ र आपसी दुश्मनी र शंकाउपशंका हटाउनुपर्छ । चीन र भारतको सम्बन्धमा विश्वास मात्र एउटा बलियो आधार हो । राजनैतिक भरोसा भएमा हिमालले पनि हामीबीचको मैत्री सम्बन्ध तोड्न सक्दैन । ” वाङले भने । 


भारत र चीनबीच २०१७ मा चिसिँदै गएको सम्बन्ध सुधारका लागि गत फेबु्रअरी २३ तारिखमा भारतीय विदेश सचिव विजय गोखाले चीनतर्पm प्रस्थान गरेका थिए । “हामीबीचको समझदारी हाम्रो भिन्नता चिर्नका लागि काफी हुनेछ । चीन भारत र भारतीय नागरिकसँग मित्रता गाँस्न तत्पर छ । मलाई विश्वास छ कि भविष्यमा पनि हामी आपसी शंकाउपशंका त्याग्दै समझदारीको बाटोमा अघि बढ्नेछौं । ” उनले थपे । विदेशमन्त्री वाङको उक्त वक्तव्यलाई निकै महत्वका साथ हेरिएको छ । भारत र चीनबीच चीन–पाकिस्तान आर्थिक कोरिडोर, वान बेल्ट वान रोड, भारतको आणविक वितरक समूहमा प्रस्थान तथा जैश–ए–मोहमदका प्रमुख मौलाना मसुख अझारलाई संयुक्त राष्ट्र संघमा आतंककारी घोषणा गरिनुपर्ने जस्ता मुद्दाहरुमा यी दुई राष्ट्रबीच वैचारिक असमझदारी छ । चीनको गतिविधिहरुबारे आयोजना गरिएको अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, जापान तथा भारतबीचको सम्मेलनमा भाग लिन अमेरिकी हिन्दप्रशान्त रणनीतिक छलफलमा पुगेको भारतको, चीनले तीव्र आलोचना गरेको थियो । गत वर्ष नोभेम्बरमा मानिलामा भएको आसियान तथा पूर्वी एसिया सम्मेलनमा समेत यी राष्ट्रहरुबीच छुट्टाछुट्टै भेटघाट भएको थियो । यता, चीनको सो वक्तव्यलाई भारतले सावधानी सहितको आशाका रुपमा व्याख्या गरेको छ । चीनियाँ टोलीभैmँ भारत पनि चीनको बोली अनुसारको कर्मको अपेक्षा गरिरहेको छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.