ब्लग - साहित्य / विश्वमाला

उत्तर कोरियाको वार्ताको प्रस्ताव




उत्तर कोरियाको यस पटकको अडान पनि पुरानै छ– संयुक्त राज्य अमेरिकाबाट खतरा नहुने हो र दक्षिण कोरियासंगको सिमामा अमेरिकी सैनिकको उपस्थिति नभए उसलाई आणविक हतियारको खाँचो नपर्ने अडानलाई दोहो¥याएको छ ।



उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमहरु बन्द गर्ने बारे संयुक्त राष्ट्र अमेरिकासंग वार्ता गर्ने बताएपछि महिनौंदेखि चल्दै आएको तनावबाट विश्वले राहत पाएको छ । यसअघि उत्तर कोरियाले गर्दै आएको आणविक परिक्षण र अमेरिकाको त्यसप्रतिको तिक्त प्रतिक्रियाले विश्वको ढुकढुकी बढाउँदै आएको थियो ।
बकम्फुसे ट्वीटका लागि परिचित बन्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पको यस पटकको ट्वीटले भने विश्वलाई आशावादी बनाएको छ । “उत्तर कोरियामा वार्ताको लागि प्रगतिको बाटो खुलेको छ । धेरै वर्षमा पहिलो पटक, यसमा संलग्न अधिकारीहरुले गम्भीर प्रयास प्रस्तुत गरे । विश्वले हेरिरहेको र कुरिरहेको छ । झुटो आशा नै सही तर अमेरिका जुन दिशा लिन पनि तयार छ” भन्दै उनले उत्तर कोरियाको निर्णयलाई स्वागत गरे ।
यस पटकको आशामा होसियारी पनि उत्तिकै जरुरी रहेको उनले थपे । यो शान्तिपूर्ण समाधान निकाल्नका लागि असफल वार्ताहरुका कारण वर्षौंदेखिको तिक्तता तथा अविश्वास हटाउन गाह्रो काम भएको उनले बताए । तर उत्तर कोरिया वार्ताका लागि सहमत हुनु नै उपलब्धि भएका कारण ट्रम्पले यो मौकाको फाइदा उठाउनै पर्नेछ । उत्तर कोरियाका प्रमुख किम जङ उनले सुरक्षाको माग गर्दै आणविक कार्यक्रम बन्द गर्ने भन्ने समाचार दक्षिण कोरियाका कूटनीतिज्ञमार्पmत् पठाएका हुन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको दुईदिने वार्तापछि किम शर्तसहित अमेरिकासंग वार्ताका लागि राजी भएका हुन् । किम जङ उनले छ वर्षअघि कार्यभार सम्हालेदेखि पहिलो पटक बाहिरी अधिकारीलाई भेट दिएका हुन् । उत्तर कोरियाले अहिलेसम्म पनि वार्ता गर्ने बारे कुनै औपचारिक जानकारी भने दिएको छैन । तर दक्षिण कोरियाली कुटनीतिज्ञहरुले किमसंगै गरेको प्रत्यक्ष भेटलाई महत्वका साथ हेरिएको छ ।
उत्तर कोरियाको यस पटकको अडान पनि पुरानै छ– संयुक्त राज्य अमेरिकाबाट खतरा नहुने हो र दक्षिण कोरियासंगको सिमामा अमेरिकी सैनिकको उपस्थिति नभए उसलाई आणविक हतियारको खाँचो नपर्ने अडानलाई दोहो¥याएको छ । दक्षिण कोरियाले जारी गरेको वक्तव्यमा उल्लेख गरेको छ, “उत्तर कोरियाले स्पष्ट पारेको छ कि उत्तर कोरियामाथिको सैन्य धम्की हटाई सुरक्षाको प्रत्याभूति दिएमा आणविक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुनै कारण छैन । ”यो सूत्र यसअघिका अमेरिकासंगको वार्ताहरुको पनि मुख्य विषय बन्ने गरेको थियो । पूर्व राष्ट्रपति बिल क्लिन्टनले १९९४ को आणविक सन्धि अन्तर्गत सुरक्षा प्रत्यानुभूति प्रदान गरेका थिए । उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गरे खाद्य तथा अन्य सहायता प्रदान गर्ने समेत सम्झौता गरेको थियो । तर उत्तर कोरियाले सम्झौता विपरित छुट्टै आणविक कार्यक्रम विस्तार गरेपछि, जर्ज डब्ल्यु बुशको कार्यकालमा सम्झौता रद्द गरिएको थियो ।
ट्रम्प प्रशासनले यस कारण पनि उत्तर कोरियासंग वार्ता गर्न इन्कार गरिरहेको छ भने प्रतिबन्धलाई अभैm कठोर बनाउँदै लगेको छ । अमेरिकाले यस पटक भने कुनै सम्झौता नगर्ने र आणविक कार्यक्रम पूर्ण रुपमा, पुनसञ्चालन गर्न नमिल्ने गरी प्रमाणीकरण हुनुपर्नेमा जोड दिएको छ । 


ट्रम्प प्रशासनको सन्देश फरकफरक आउन थालेपछि अलमल बढेको हो । यसकारण उत्तर कोरियालाई आणविक कार्यक्रम बन्द गर्न मनाउन पनि झनै गाह्रो हुँदै गएको हो । उत्तर कोरियासंग कम्तिमा पनि २० वटा आणविक हतियारहरु रहेका छन् भने लामबद्ध रुपमा मिसाइलहरु रहेका छन् जसमध्ये अमेरिकासम्म प्रहार गर्न सकिने मिसाइल पनि रहेको बताइएको छ । उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गरी वार्तामा आउनका लागि बदलामा के माग्छ भन्ने प्रश्न उब्जिन थालेको छ । किम जङ उनले दक्षिण कोरियामा आगामी महिना हुन लागेको अमेरिकी कोरियाली सैन्य तालिमविरुद्ध कुनै आपत्ति नजनाएको वा प्रतिबन्ध फुकुवाको लागि कुनै आग्रह नगरेको कारण पनि यो प्रश्न उब्जिएको हो । अर्को महिना हुन गइरहेको दक्षिण कोरियासंगको वार्ता सहज रुपमा सञ्चालन गर्नका लागि पनि उनले केही माग नराखेको हुन सक्ने अडकल विद्यहरुले काटेका छन् । तर यी र अन्य मुद्दाहरु वार्ताको टेबलमा नआउनेमा दुई मत छ्रैन । 


दुर्भाग्यवश, अमेरिकाले यस वार्ताको लागि आवश्यक रणनीति जुटाउन सक्ने संयन्त्र रहेको प्रमाण देखाउन सकेको छैन । दक्षिण कोरियामा अमेरिकी राजदूत नहुुनु, राज्यसचिव रेक्स टिलरसन यस कार्यका लागि असक्षम हुनु, उत्तर कोरियकालागि राजदूत जोसेफ युन र उत्तर कोरियालीसंग मजबुत सम्बन्ध बनाएका एक वरिष्ठ अधिकारीले गत हप्ता राजीनामा दिनुले अमेरिकी प्रशासनसंग यस वार्ताको लागि उपयुक्त तयारी नरहेको विज्ञहरु बताउँछन् । उत्तर कोरिया वार्ताको लागि तयार हुनुमा दक्षिण कोरियाको युद्धप्रतिको वितृष्णा र अमेरिकी राष्ट्रपतिको केही संयम्ता र कठोर प्रतिबन्धले ठूलो हात खेलेको छ । यो कुनै पनि हालतमा खेर भने जान दिन हुँदैन । यसका लागि दिगो कुटनीति, धैर्यता तथा अनुशासनको हदै खाँचो पर्छ । युद्धको त्रासभन्दा शान्तिको आशाले नै प्राथमिकता पाउनुपर्नेमा दुई मत छैन । विश्वको कल्याण होस् ।

न्यूयोर्क टाईम्स बाट अनुवादीत

हाम्रो पात्रो



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.22
  • 115.82
  • European euro
  • 135.59
  • 136.3
  • UK pound sterling
  • 152.02
  • 152.81
  • Swiss franc
  • 120.51
  • 121.14
  • Australian dollar
  • 83.91
  • 84.35
  • Canadian dollar
  • 89.26
  • 89.72
  • Singapore dollar
  • 84.48
  • 84.92
  • Japanese yen (10)
  • 10.22
  • 10.28
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.72
  • 30.88
  • Qatari riyal
  • 31.65
  • 31.81
  • Thai baht
  • 3.55
  • 3.57
  • UAE Dirham
  • 31.37
  • 31.53
  • Malaysian ringgit
  • 27.9
  • 28.04
  • Korean Won (100)
  • 10.32
  • 10.37
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.18
  • 18.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम