दैनिक ३७,००० मानिसलाई गरिबीको खाडलबाट तान्दै चीन | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

दैनिक ३७,००० मानिसलाई गरिबीको खाडलबाट तान्दै चीन




श्व बैंकका अनुसार, चीनले केही दशक यताबाट ८० करोड मानिसलाई गरिबीबाट उकासिसकेको भएतापनि चुनौतिहरु अभैm बाँकी छन् । विकासोन्मुख राष्ट्रको सूचिबाट उकालिँदै गएको भएपनि विकसित मुलुकको भन्दा चीनको प्रति व्यक्ति आय न्यूनतम रहेको र बजार सुदृढिकरण अभैm अधुरो रहेको बताइएको छ ।



चीनले गत पाँच वर्षमा हरेक दिन ३७,००० मानिसलाई गरिबीको रेखाबाट उकासेको भारतीय अनलाइन खबर हिन्दुस्तान टाइम्सले लेखेको छ । चीनले यसलाई इतिहासकै व्यापक गरिबी निवारण कार्यक्रमको रुपमा वर्णन गरेको छ । गत सोमबार संसदीय बैठकमा सरकारको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा चीनले पाँच वर्षमा ६ करोड ८५ लाख ग्रामीण जनतालाई गरिबीबाट राहत प्रदान गरेको सार्वजनिक गरेको हो ।
चीनका स्टेट प्रीमियर प्रमुख ली क च्याङले प्रतिवेदन सार्वजनिक गर्दै २०१८ मा ग्रामीण गरिबी संख्या १ करोडले घटाउने समेत बताएका छन्, जसमा २८ लाख जनतालाई सुरक्षित स्थलमा पुनःस्थापित गरिने पनि बताइएको छ । गरिबी दर १०.२ प्रतिशतबाट ३.१ प्रतिशतमा झार्न सक्नु कम्युनिष्ट पार्टीको एकल शासन रहेको चीनको मुख्य उपलब्धि मानिएको छ । विश्व बैंकका अनुसार, चीनले केही दशक यताबाट ८० करोड मानिसलाई गरिबीबाट उकासिसकेको भएतापनि चुनौतिहरु अभैm बाँकी छन् । विकासोन्मुख राष्ट्रको सूचिबाट उकालिँदै गएको भएपनि विकसित मुलुकको भन्दा चीनको प्रति व्यक्ति आय न्यूनतम रहेको र बजार सुदृढिकरण अभैm अधुरो रहेको बताइएको छ । सन् २०१५ मा चीनमा ५ करोड ५० लाख ग्रामीण जनता गरिबीमा बाँचिरहेको तथ्य विश्व बैंकले सार्वजनिक गरेको थियो । त्यस्तै सन् २०१६ को अन्त्यसम्म ४ करोड ३३ लाखभन्दा बढी मानिसहरु आधिकारिक रुपमै गरिबीको रेखामुनि रहेको बताइएको थियो ।
गरिबी निवारण कार्यक्रम राष्ट्रपति सि जिङपिङको मुख्य लक्ष्य रहेको थियो । सन् २०१५ मा नै राष्ट्रपति जिङपिङले सन् २०२० सम्म ७ करोड मानिसलाई गरिबीबाट उकास्ने घोषणा गरेका थिए ।
सोमबार चीनका प्रमुख लीले यो सरकारले चरम गरिबी क्षेत्रमा अभैm बढी काम गर्ने र केन्द्रिय बजेट मुख्यतः यस्ता क्षेत्रहरुमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नका निम्ति खर्चिने पनि बताए ।
अर्थ मन्त्रालयको मस्यौदा प्रतिवेदनलाई उद्धृत गर्दै सिन्उआ समाचार संस्थाका अनुसार केन्द्रिय सरकारले गरिबी निवारणका लागि मात्र यो वर्ष १०६ खर्ब युआन बजेट विनियोजन गरेको छ, जुन गएको वर्षभन्दा २० खर्बले बढी हो । बेइजिङ रेनमिन विश्वविद्यालयका वाङ साङगुइका अनुसार यस वर्ष १ करोड मानिसलाई पनि गरिबीबाट उकास्न चीनलाई हम्मे पर्नेछ भने यो लक्ष्य प्राप्तिका लागि चीनियाँ सरकारले यसका लागि विस्तृत र सटिक उपाय तथा रणनीतिहरु लिनुपर्नेहुन्छ । एक्जिक्युटिभ इन्टेलिजेन्स रिभिउ समाचारका वासिङटन सचिवालयका प्रमुख विलियम जोन्सले भनेका छन्, “गरिबी निवारण मानव जिवन उत्थानका लागि एक मुख्य जिम्मेवारी मानिएको भएपनि गरिबी निवारण गर्न सकिनेलाई काल्पनिक तथा असम्भव मानिँदै आएको थियो । चीनले विश्वलाई यो सम्भव रहेको पाठ सिकाइदिएको छ ।”


हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.