बेलायती राजपरिवारमा बिवाहका अपत्यारिला नियमहरु | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

बेलायती राजपरिवारमा बिवाहका अपत्यारिला नियमहरु




बेहुलाले पाएका सम्पूर्ण फुलगुच्छाहरु अज्ञात सैनिकको चिहानमा राख्ने गरिन्छ, गएका अर्धशतकभीत्र बिवाह भएका बेलायती राजपरिवारका बेहुलाहरुले पाउने फुलका गुच्छाहरु प्रथम बिश्वयूद्धका अज्ञात सैनिकहरुको चिहानमा अर्पण गरिने चलन छ ।



सन् २०१८ को मे महिनामा बेलायती राजकुमार ह्यारी र हलिहुड अभिनेत्री मेगनको बिवाह हुँदैछ । बिश्वभरिबाटै यस बिवाहका लागि धेरै चासो र शुभेच्छाहरुको फोहोरा फुट्नेछ । तर राजपरिवारमा एकजना सामान्य नागरीक गएर राजकुमारीको भूमिका अनि दर्शन झल्काउन सक्नका लागि पनि ठूलै कसरत चाहिन्छ । हरेक अन्य परिवार अनि परम्परा झैं बेलायती राजपरिवारको पनि बिवाहका आआफ्नै परम्परा अनि चलन रहिआएको छ । बिवाहका लागि बेलायती राजपरिवारमा केकस्ता परम्परा अनि चलन छन त ? हामीसबैलाई चासो लाग्न सक्दछ, हैन र ? 

सन् १७७२ को शाही बिवाह ऐन अन्र्तगत बेलायतको राजपरिवारका सदस्यहरुको बिवाह तौरतरिकाहरु निर्देशीत छन् । बेलायती राजपरिवारका हरेक सदस्यले जनअपेक्षा र पारिवारीक सहमती बिना बिवाह गर्न पाउने छैनन । धर्मका हिसाबले रोमन क्याथोलीक बाहेक नास्तीक अनि अन्य कुनै पनि धर्मका जीवनसाथी चुन्ने स्वतन्त्रता यस ऐनले राजपरिवार सदस्यलाई दिएको छ । 
राजकुमार ह्यारीले बिवाह घोषणा पूर्व नै महारानीसंग बिवाहकालागि अनुमती लिइसकेको अनि मात्र निष्कर्षमा पूगेको बताइन्छ । बिवाहका लागि राजकुमार ह्यारीले आईरीश सुरक्षागार्डको औपचारीक पहिरन छानेका छन् जसमा उनी आफ्नो सम्माननीय कोलोनेल दर्जाको दज्र्यानी पहिरन र आभूषणमा उपस्थित हुनेछन् । सैनिक पोशाकमा बिवाह गर्ने चलन बेलायती राजपरिवारका पुरुषहरुको शदियौं पुरानो चलन हो । सामान्यतया ब्रेकफास्ट बिहान खाइन्छ तर बेलायती राजपरिवारको बिवाह दिउँसो या राती नै भएपनि बिवाह ब्रेकफास्ट चाँही पाहुनाहरुलाई दिइने चलन नै छ । साँझ होस् या बिहान, बेडिगं ब्रेकफास्ट पाहुनाहरुलाई पस्किएर मात्र बिवाह शुरु हुनेगर्दछ । बिवाहको केक चाँही जहिलेपनि फ्रुटकेक हुनेगर्दछ । चकलेट, रेड भेलभेट या भेनीला केक नभइकन फ्रुट केक र त्यो पनि बिशाल दुईवटा केक काट्ने चलन छ । अचम्मको कुरा त के हो भनें बेलायती राजपरिवारको बिवाहको समारोहमा खानेकुराको परिकारका मेनुहरु भने फ्रेन्च भाषामा लेखिएको हुन्छ । सैयौ बर्षअघि बेलायती राजपरिवारमा फ्रेन्च भान्सेमात्र रहने गर्दथे र यसै कारणले पनि खानेकुराहरुको मेनु फ्रेन्च भाषामै रहने गरेको बताइन्छ ।बिवाह परिकारको कम्तीमा एउटा खानेकुराको परिकारको नाम बेहुलीको नाममा हुनपर्ने चलन छ ।बेलायती राजपरिवारको सदस्यहरुको बिवाह हुँदैगर्दा उस्तै प्रकारको अर्को बिवाह भोज गर्ने चलन छ र यो भोजमा बालवालिकाहरु मात्र समावेश हुन्छन् । यस्ता बालमैत्री भोजमा १० देखि १२ बर्षसम्मका बालबालिका समावेश हुन्छन अनि बेहुला बेहुली पनि बालबालिकालाई नै सजाएर राखिएको हुन्छ । बिवाह समारोहमा उपस्थित सबैजना महिलाहरुले टोपी अर्थात ह्याट लाउने चलन छ, ह्याट समारोहमा महिला पाहुनालाई अनिवार्य हुनेगर्दछ । बेलायती महारानी एलिजावेथको औपचारीक तस्वीहरहरु ह्याट बिना शायदै देखिन्छ । बेहुलाले पाएका सम्पूर्ण फुलगुच्छाहरु अज्ञात सैनिकको चिहानमा राख्ने गरिन्छ, गएका अर्धशतकभीत्र बिवाह भएका बेलायती राजपरिवारका बेहुलाहरुले पाउने फुलका गुच्छाहरु प्रथम बिश्वयूद्धका अज्ञात सैनिकहरुको चिहानमा अर्पण गरिने चलन छ । शाही बेहुलाले बैवाहीक औंठी लगाउने चलन छैन् । 
चलनहरु जेजस्ता हुन तर ह्यारी र मेगनको प्रेम दुबो मौलाएजस्तै मौलाइरहोस् । मुख्य कुरा त के भने सानै उमेरमा आमाको माया बाट बञ्चीत ह्यारीलाई आमा र पत्नी दुबैरुपमा माया गर्न सक्ने जीवनसाथी मेगन हुन सुकन् । 
नेपालीको शुभकामना 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.