ह्याप्पी बर्थडे ह्यारी
बिश्वप्रसिद्ध बालकथाको श्रेणीगत पुस्तक ह्यारी पोट्टरको २० बर्ष भएकोमा लेखिका जे के रोलिगंले ट्वीट गर्दै आज आफुले एक्लै बाँचीरहेको संसारलाई बिश्वका कैयन पाठकसमक्ष बाँढेको २० बर्ष भएको बताएकी छिन् ।
आठौं सस्करणपछि अब ह्यारी पोट्टर हामीमाझ नआउने अर्थात अब यस पात्रमा पुस्तक नलेख्ने लेखिकाले जनाएकी छिन् ।
ह्यारी पोट्टर एउटा बालकको कथा हो, जादु अनि अचम्मको संसारवाट गुज्रिएका यी बालकको रोमाञ्चक कथाहरु लेख्दा लेखिकाले विभिन्न क्रिस्चियन धर्मपुस्तक, शेक्सपीयरका केही उपन्यास, ग्रीक पुस्तककहरुको प्लट बाट कुराहरु साभार गरेकी छिन् । यो पुस्तक बास्तवमै यो शताब्दीकै लागी शुरुवाती तर स्मरणीय पुस्तक हो । सन् १९९७ जुन २६ मा यस पुस्तकको प्रथम संस्करण प्रकासीत भएको हो ।
शुरुमा केवल ५०० प्रतिमात्र छापिएको यो पुस्तकको प्रथम संस्करण ह्यारी पोट्टर एण्ड द फिलोसोपरस् स्टोन पछि गएर ४५ मिलियन प्रति सम्म छापियो । ह्यारी पोट्टर एउटा अग्रेजी बालक हो जो एउटा जादु अनि तन्त्र पढाइने विश्वविधालयमा आफ्ना साथीहरु हेर्मोनी र रोनसँग अध्यन गर्दछ । आफ्ना काका काकी र भाईबहिनीसँग सामान्य जीवन बाँचीरहेको ह्यारीले सुस्तरि आफुभित्र जन्मैदेखि जादुई कलारहेको चल पाँउदछ । यस्ता बालकहरुले विशेष जादु सिकाइने विधालयमा अध्यन गरिनुपर्ने तथ्यका साथ ह्यारीको यात्रा जादुको केन्द्रमा पुग्दछ । कुचोमा उड्ने बोक्सी देखि आत्मा, विभिन्न जनावर अनि भुतहरुविचको पृष्ठभूमिमा कथा अगाडी बढ्दछ । अब यो बिश्वलाई पुस्तकको पाना भित्र रमाउने क्रिडास्थल बनेको पुस्तकमाथि हलिउडले चलचित्र नबनाउने कुरै भएन, चर्चित निर्माता कम्पनी वार्नस ब्रोसले ८ वटै चलचित्र बनाइदियो । युगले देख्यो यी चलचित्र अनि रमायो कथामा, कथामा रोचक ढगंले फ्ल्यास ब्याकको पनि प्रयोग गरिएको छ । बिश्वभरिका धेरै भाषामा यी कथाहरु अनुवाद भएका छन् । चलचित्रमा ह्यारी एउटा गोरा र चश्मा लगाएका सामान्य बालकका रुपमा देखापर्दछन् तर उनको बुद्धि अनि तरिकाले उनलाई असामान्य बनाँउदछ ।
ह्यारीको २०औं बर्षमा फेसबुकले समेत बिभिन्न एप्लीकेशन र कमेन्टगर्दा जादु देखिने केही कुराहरु ल्याएको छ ।
चलचित्रमा कता कता ह्यारी पोट्टर हेर्दा स्पाइडर म्यान को झझल्को नि दिनेगर्दछ, स्पाइडरम्यानका अभिनेता थोमस स्टान्ली होल्याण्ड र ह्यारी उस्तै देखिन्छन् ।
यसै क्रम अनि ह्यारी र उसका साथीहरुको रोमाञ्चक यात्रा र कार्यसँगै यी पुस्तकका अन्य ७ वटा सस्स्करणहरु आँउदै गए । बालबालिका केन्द्रित भएतापनि यी पुस्तकहरुले सबै उमेरसमुहका पाठकहरुलाई तान्यो । विश्वमै सर्वाधिक बिक्रि भएक पुस्तकहरुमध्यको यी पुस्तकहरुको आगमनको उल्लासमा आज अमेरिकामा एकै फेर ६०० बालकहरु ह्यारी पोट्टरको पहिरनमा उत्रने कार्यक्रम पनि छ ।
एकल महिला रोलिगंले कफि पसलमा बसेर लेखेकाी यो कृतीले आज २० वटा बसन्त र हिँउद अनि करोडौ घर र मनमा बास पाइसकेको छ । कुरा कथाको भन्दा पनि पात्र अनि विषयको हो, नेपालमा पनि आआफ्नो प्रकारले ह्यारी पोट्टरको कथा प्रचलित छ । केही सर्वेक्षणहरुका अनुसार बालबालिकाहरुमा साक्षरता को दर छिटो र छरीतो हुन ह्यारी पाट्टर पुस्तकहरुले महत्वपूर्ण भुमिका खेलेकोसम्म उल्लेख छ । अग्रेजी भाषामा भएकाले औसत नेपाली विधार्थीहरुको पहुँचभन्दा पर रहेको यो पुस्तक एकदिन सरल नेपाली भाषामा आउनेछ र सबैले सहज रुपमा पढ्न पाउनेछन्, आशा छ । यदि नेपाली संस्मरणमा आइसकेको छ भने पनि जानकारी दिनुहोला है ।
आधुनिक गाडि, घोडा, हवाईजहाज अनि शहरभन्दा पर पुराना घर अनि जादुई भित्ताहरु विचको यो कथाले धेरै कुराहरु एउटा पुस्तालाई सिकाएको छ ।
ह्यारी पुस्तकमार्फत हामीमाझ आएको २० बर्ष भयो तर कुल उनको उमेर जोड्दा ह्यारी ३६ बर्ष पुगेका छन्, हातमा जादुको छडि समातेर जादु र सभ्यता सिकाउने ह्यारीसँगै एउटा पुस्ता र सभ्यता हुर्केको छ । तमाम समस्या अनि जादुई प्रभावका बीच बाँचेका ह्यारीले संसारलाई सघंर्षको समेत पाठ दिएका छन्, मित्रता र आशाको अनुपम संगम ह्यारी पोट्टरका कथाहरु अमर रहुन् ।
लेख्नेलाई शब्दको माला, पढ्नेलाई अक्षरको माला ।
ह्यारी पोट्टर जहाँ जहाँ जाला, फेरि फेरि भेट्न आउला ।
सुयोग ढकाल
Liked by: