ब्लग - साहित्य / विश्वमाला

मैथिल महाकवि, बिधापति बिशेष




   Suyog Dhakal - Jan 12 2018

स्मरण रहोस् राजा जनक, गौतम बुद्ध, वाल्मीकी, अष्टबक्र आदि बिभिन्न श्रष्टाहरुलाई जन्म दिएको समग्र नेपालको तराई भूभागको अध्यन अनि कृतीको आत्मसाथ बिना नेपाली इतिहास पनि पूर्ण कहाँ हुन्छ र ?



महाकवि विद्यापति ठाकुर
विसं १३९७ १५०५०


१४ औं अनि १५ औं शताव्दी ताकाका महान कवि बिधापति मैथिली अनि सस्कृत दुबै भाषाका प्रखर बिद्धान हुन् । उन्लाई मैथिली कवि कोकील अर्थात मैथिली कोईली पनि भनिन्छ । प्रायश राधाकृष्णका व्याख्या अनि प्रेमील छन्दमा लेखिदिने यि कविका रचनाहरुले बंगाली अनि ओडिल साहित्यमा पनि धेरै प्रभाव पारेको छ । भगवान शिवका बिषय अनि व्यक्तित्वमा पनि उनका धेरै कविताहरु छन् ।

बिधापति को कविताका बारेमा धेरै किंबदन्तीहरु छन् । एकपटक भगवान शिव स्वयम नै बिधापति को कविताबाट प्रसन्न भएर बिधापति का घरमा नोकर उग्नाका नाममा बस्न थालेको किंबदन्ती छ । एकफेर उग्नाको भेषका नोकर स्वयम भगवान शिव र बिधापति एउटा गाँउवाट अर्को गाँउ पैदल जाँदै गर्दा बिधापति लाई पानीको प्यासले व्याकुल बनाँउदछ, उग्नाले अर्को गाँउसम्म गएमा पानी पाउने भन्दा पनि बिधापति त्यहाँसम्म पुग्ने अवस्थामा नभई बिहोश हुन्छन् । वरिपरि मरुभूमि थियो, भगवान शिव स्वयम उग्नाका रुपमा भएकाले आफ्नो जटावाट गंगाको पानी निकाली बिधापति लाई पिलाँउदछन्, बिधापति ले गंगाजलको स्वाद चालपाइहाल्छन् अनि मरुभूमिको बिचमा कसरी गंगाजल आयो भनेर उग्नालाई प्रश्न गर्दछन् । उग्नाले आफ्नो शिवको ज्योतिरुपमा बिधापति लाई दर्शन दिएका घटनाहरु आज पनि मैथिल क्षेत्रमा उत्तिकै ताजगीका साथ सुनाइन्छ । मैथिल सभ्यतामा साहित्यलाई यतिधेरै महत्व दिइन्छ कि कविको घरमा भगवान स्वयम पनि नोकर भएर आएको बिश्वास गरिन्छ । उग्नाले आफू शिव भएको कुरा कसैलाई नभन्न आग्रह् गर्दछन् । बिधापतिका कविता सुन्न अनि जिवन नजिकवाट नियाल्न आएका शिव अरुका लागि केवल एउटा सामान्य नोकर मात्र भएर बसेका हुन्छन् । एकदिन बिधापतिकी श्रीमतीले रिसको झोंकमा उग्नालाई पानी अनि कुचोले प्रहार गर्दछिन् । बिधापतिले अब कुरा लुकाउन सक्दैनन अनि त्यसो नगर यि त स्वयम भगवान शिव हुन भन्दछन् । यसै क्षण उग्ना बिधापतिका आँगनवाट हराएका हुन भन्ने प्रसंग नेपाली तराई अनि भारतीय बिहार लगायतका बिभिन्न क्षेत्रहरुमा पुस्तौं पुस्ता चलिआएको छ ।शदियौं देखि भाषा, साहित्य अनि सभ्यतालाई शिरोधार्य गरेको मैथिल सभ्यताका महाकवि बिधापति का कवितालाई आज नेपाली अनुवाद गरि यहाँहरु समक्ष प्रस्तुत गर्न चाह्यौ, यहाँहरुकै हाम्रो पात्रो मार्फत ।

बिधापति केवल ८ बर्षका हुँदा यिनका पीता गणपती ठाकुरका साथमा राजा शिवसिंहको दरबारमा पुगेका थिए, राजाका अगाडि यिनले प्रस्तुत गरेका यो सानो कविताको अंशनै यिनको जिवनको प्रथम कविता वाचन हुन पुग्यो ।

पोखरि रजोखरि अरु सब पोखरा।
राजा शिवसिंह अरु सब छोकरा।।


रजोखरी पोखरी पो पोखरी त नत्र त अरु पोखरी केवल पानीका थुप्रामात्र त हुन्
राजा त शिवसिंह पो हुन त अरु सबै फगत छोकरा अर्थात आलाकाँचा त हुन् ।

पछि यिनै राजा शिवसिंहको आज्ञा अनुरुप बिधापति ले पुरुष परीक्षा नामक रचना नै सिर्जना गरेका हुन् । बिधापति का अनेकन रचनामा राजा शिवसिंह र रानी लखमा देईका प्रसंगहरु पाइन्छ ।
षटपदी

बहुले भाँति वणिजार हाट हिण्डए जवे आवथि।

खने एके सवे विक्कणथि सवे किछु किनइते पावथि।

सव दिसँ पसरू पसार रूप जोवण गुणे आगरि।
बानिनि वीथी माँडि वइस सए सहसहि नाअरि।
सम्भाषण किथु वेआजइ तासओ कहिनी सब्ब कह।
विक्कणइ वेसाइह अप्प सुखे डीठि कुतूहल लाभ रह।


त्यसबखतका ग्रामीण बजारको परिपेक्ष्यमा यो कविता रचना गरिएको हो । अहिलेपनि नेपालका तराईका अनेकन भूभागमा यस्तै हाटबजारहरु लाग्नेगर्दछन् । बजारमा बिभिन्न सरसामान लिएर आएका व्यापारीहरु केही बेरमै आफ्ना सामान बेचेर आफूलाई चाहिएका अरु सामानहरु किनेर घर फर्कदा खाली हात फर्किनु नपर्ने व्यहोरा यस कविताले वयान गरेको छ । वयस्क बजार चारैतर्फ फैलिएको बताउदछन्, कवि बिधापति । आफूलाई बिभिन्न बस्त्राभूषणमा सजाएर बसेका नारीहरु समक्ष बिभिन्न बहानामा कुरा गर्न जाने पुरुषहरु बजारमा आफैं बिकेका अनि बिक्ने गरेका कुरा पनि यहाँ उल्लेख छ ।
छड्के नजर अनि आँखाका तृष्णालाई व्याख्या गरिएको यस कविताले सिंगार रस अभिव्यक्त गरेको छ ।



बिधापति को कविताको प्रसंग कति शक्तिशाली छ भनें राजस्व नबुझाएको भनेंर साना रजौटाहरुलाई गिरफ्तार गर्ने क्रममा दिल्लीका सुल्तानले राजा शिवसिंहलाई पनि गिरफ्तार गरे तर बिधापति ले आफ्ना काव्य शक्ति अनि कविताको वाचन वाटै राजा शिवसेंहलाई सुल्तानको गिरफ्तवाट मुक्त गरेको भनिन्छ । यस हिसाबमा त बिधापति कवि मात्र नभई कुटनीतीमा पनि उत्तिकै जानकार रहेको प्रष्ट हुन्छ । दुर्भाग्य के भयो भने केही बर्षपछि राजा शिवसिंहको राज्यमा भएको यूद्धमा अर्को देशका सैनिकसंग हारेपछि राजा, रानी लगायत देशका महत्वपूर्ण व्यक्तित्वहरु भागेर हालको प्रदेश नंबर २ महोत्तरी जिल्लाको बनौली भन्ने ठाँउमा अर्को रजौटाको मा शरण लिन पुग्दछन । बिधापति पनि साथै गएका हुन् । बिधापति का कविताहरुको प्रभाव चैतन्य महाप्रभुमा पर्न गयो, यिनले बगांलका घरघरमा बिधापति का पंक्तिहरुलाई चर्चित गरिदिए । जिवनको पछिल्ला कालमा भएका उतारचढावले प्रमील कविलाई क्रमश भक्तिरस अनि अध्यात्म तर्फ लिएर गएको भने पक्कै हो ।

देख देख राधा रूप अपार।
अपरूब के बिहि आनि मेराओल खित(तल लावनि सार॥
अंगहि अंग अनंग मुरछाएत हेरए पड़ए अथीर।
मनमथ कोटि(मथन करू जे जन से हेरि महि(मधि गीर॥
कत(कत लखिमि चरन तल नेओछये रंगिनि हेरि बिभोरि।
 करु अभिलाख मनहि पदपंकज अहिनसि कोर अगोरि॥


राधाको सौन्दर्य व्याख्यामा बिधापति को धेरै रुची पाइन्छ, उन्ले बाल्यकालदेखि यौवनकाल सम्मकी राधाको रुप अनि सौन्र्दय व्याख्या गरिदिएका छन् । यो व्याख्या त्यतीबेला अझ उत्कट बिलक्षण भएर जान्छ जब राधाको मनोभाव पनि यिनले प्रस्तुत गर्दै जान्छन् । उपस्थितीमा मात्र नभई त्यसको प्रस्तुतीमा पनि बिधापति को काव्य सुन्दरता प्रखर छ ।

जहां जहां पग(जुग धरई, तंहि तहि सरोरूह भरई।
जहआं जहआं झलकत अंग तंहि तंहि विजुरी तरंग।


राधाले जहाँ जहाँ पाइला राख्छिन त्यहाँ त्यहाँ सरोवर बन्दछ, उनको शरीरका अगंहरु छचलकिंदा बिजुली चम्केको आभाष हुन्छ । बिधापति का वर्णनहरुमा बिशिष्ट काव्यीक रसहरु पाइन्छ । राधामात्र हैन कृष्णको पनि व्याख्या बिधापति ले यसै मधुरताका साथ गरेका छन् । बिधापति सस्कृत अनि यसका अपभ्रशं दुबै स्वरुपमा प्रखर थिए भने मैथिली त यिनको मातृभाषा नै थियो । नेपालका यि कवि भारत, बगंलादेश लगायत बिश्वका बिभिन्न कुनाहरुमा आफ्ना कृती अनि काव्यका कारणले चर्चामा छन् तर नेपालभित्रै भने यिनको उत्ति कुरा हुँदैन् । मैथिली एउटा अत्यन्त मीठो अनि सिंगार रसको उदगम भाषा हो, यसको संरक्षण, सम्र्बधन अनि प्रर्बधन गरिन जरुरी छ ।
बिधापति का पालामा मैथिल क्षेत्र पनि शिक्षाका लागि काशी या नालन्दा जत्तिकै चर्चित अनि प्रख्यात थियो । उन्को जन्मस्थल भारतको मधुवन आसपासमा रहेको भएपनि उन्को कर्मथलो अहिलेको नेपाली पूर्वी तराई आसपास नै भएको हो । दुर्भाग्य त के हो भनें आज पनि नेपालका अधिकांशलाई यि महान कविका बारेमा थाहै छैन् । नेपालको जनकपुर शहरमा बिधापति का नाममा चोक बनाइएको छ जहाँ उन्को सालिक पनि छ , तर यसबाहेक उनको कृती अनि देनका लागि सरकारी क्षेत्रबाट कुनै पहल भने भएको पाइएको छैन् ।
स्मरण रहोस् राजा जनक, गौतम बुद्ध, वाल्मीकी, अष्टबक्र आदि बिभिन्न श्रष्टाहरुलाई जन्म दिएको समग्र नेपालको तराई भूभागको अध्यन अनि कृतीको आत्मसाथ बिना नेपाली इतिहास पनि पूर्ण कहाँ हुन्छ र ? 

विद्यापति कवि गाओल रे,धनि धरु मन आस।
आओत तोर मनभावन रे,एहि कातिक मास।


सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.16
  • 102.76
  • European euro
  • 124.76
  • 125.49
  • UK pound sterling
  • 140.52
  • 141.34
  • Swiss franc
  • 105.77
  • 106.39
  • Australian dollar
  • 81.2
  • 81.67
  • Canadian dollar
  • 82.1
  • 82.58
  • Singapore dollar
  • 77.15
  • 77.6
  • Japanese yen (10)
  • 9.23
  • 9.28
  • Chinese renminbi (Yuan)
  • 15.86
  • 15.95
  • Saudi Arabian riyal
  • 27.24
  • 27.4
  • Qatari riyal
  • 28.06
  • 28.22
  • Thai baht
  • 3.19
  • 3.21
  • UAE Dirham
  • 27.81
  • 27.98
  • Malaysian ringgit
  • 25.82
  • 25.97
  • Korean Won (100)
  • 9.59
  • 9.65
  • Swedish Krone
  • 12.7
  • 12.77
  • Danish Krone
  • 16.75
  • 16.85

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम