संसारको सबैभन्दा ठूलो चिहान कुन हो, कहिल्यै सोच्नुभएको छ ? यदि तपाईं इराकको वादी–उस–सलाम सोच्दै हुनुहुन्छ भने तपाईं अब सायद गलत पनि हुन सक्नुहुनेछ । हजुर, संसारभर लोकप्रिय मानिने सामाजिक सञ्जाल फेसबुकसंग ५,००,००,००० मानिसको सम्झना सुरक्षित छ ।
संसारको सबैभन्दा ठूलो चिहान कुन हो, कहिल्यै सोच्नुभएको छ ?
यदि तपाईं इराकको वादी–उस–सलाम सोच्दै हुनुहुन्छ भने तपाईं अब सायद गलत पनि हुन सक्नुहुनेछ । हजुर, संसारभर लोकप्रिय मानिने सामाजिक सञ्जाल फेसबुकसंग ५,००,००,००० मानिसको सम्झना सुरक्षित छ । यसलाई अहिले संसारकै ठूलो चिहान भन्दा फरक नपर्ला किनभने संसारकै ठूलो चिहान मानिँदै आएको इराकको वादी–उस–सलाममा पनि जम्मा ५०,००,००० मानिसको मात्र सम्झना बाँकी रहेको छ । रोचक त अभैm यो छ कि, हरेक वर्ष फेसबुक कम्तिमा पनि थप ३०,००,००० मानिसको चिहान बनिरहेको छ । हामीले खोल्ने गरेका फेसबुक खाता तथा युट्युबमा लेख्ने गरेका कमेन्टस्हरुको आयु हामीभन्दा बढी हुन्छ भनेर सोच्दा मात्र पनि जिउ सिरिङ्ग होला । तर यो हाम्रो हबिगत बन्न सक्छ, यसकारण कि भौतिक शरीर छोडेर गएको लामो समयसम्म पनि हाम्रा अनलाइन गतिविधिहरुले हाम्रा परिवार तथा इष्टमित्रलाई हाम्रो याद दिलाइराख्न सक्नेछ ।
सामाजिक सञ्जाल बढ्दै गर्दा, धेरै त्यस्ता खाताहरु हिजोसम्म कसैको हर्षोल्लासपूर्ण प्रतिकबाट आज डिजिटल चिहान बनिदिन सक्छन् । कसैको मृत्यु भइसक्दा पनि उनको जन्मदिनको नोटिफिकेसन, फ्रेण्ड सजेसन वा केही वर्ष अघिका स्मरणहरुले उनका यादहरु ताजा बनाइराख्न सक्छन् ।“डिलिटः द भच्र्यु अफ फरगेटिङ इन द डिजिटल एज” का लेखक प्रोफेसर भिक्टर मेयर–स्कोनबर्जरले सो पुस्तकमा २१ औं शताब्दीमा मानिसहरुले सहनुपरेको यही दर्दनाक समस्यालाई केलाउने प्रयास गरेका छन् । उनले एक अन्तवार्तामा भनेका छन् कि कसैको मृत्यु हुँदा, उनको परिवारलाई धैर्य गर्न भनिन्छ र बिस्तारै धैर्य गर्न सिक्दै पनि जान्छन्, के तर इन्टरनेटले पनि उनीहरुलाई धैर्य गर्न सघाइरहेको छ त ? समस्या त यो छ कि इन्टरनेटमा विगतमा भएका गतिविधिका कारण डिजिटल स्मरणहरुले कति सजिलै मानिसपटलमा रहेका मृतकका सम्झनाहरुलाई झकझक्याइदिन्छ र वर्तमानमा बाँच्ने अभिलाषालाई पुनः एक पटक कमजोर बनाइदिन्छ । आजकल खासै महत्व पनि नरहेका गतिविधि तथा स–साना क्रियाकलापका पनि फोटो तथा भिडियो अपलोड गर्ने चलन रहेको कारण सामाजिक सञ्जालको मुख्य समस्या त अझ के पनि छ भने मृत्यपछि त्यस्ता अनावश्यक स्मरणले पनि मानसपटलमा यसले थप भार थप्ने काम गरेको लेखक बताउँछन् ।
यस समाचार सभार गरिएको सन अनलाइनले फेसबुक, इन्स्टाग्राम तथा गुगलसंग बढ्दो मृतकका सामाजिक सञ्जालका खातालाई कसरी व्यवस्थित गर्ने सोचमा रहेको प्रश्न सोध्दा, कुनै पनि सामाजिक सञ्जालसंग यसबारे प्रष्ट नीति तथा समाधान नरहेको बताएका थिए ।फेसबुकमा कुनै खाता मृतकको रहेको पुष्टि भएमा त्यस्तो खाताको नोटिफिकेसन वा फ्रेण्ड सजेसन नजाने र त्यस्ता खाता “लिगेसी पेज”को रुपमा रहने व्यवस्था फेसबुकले गर्दै आएको छ । तर फेसबुकमा लिगेसी पेज बनाउनका निम्ति कसैको मृत्यको पुष्टि र मृतकसंगको आफ्नो सम्बन्ध खुलाउने काम भने त्यति सजिलो छैन ।इन्स्टाग्राममा भने लगातार कुनै पनि खाता छ महिना चल्न छोडे त्यो डिलिट हुने गर्दछ । आजकल कानुनी मुद्दाहरुले पनि यस विषयमा स्थान ओगटेको छ । मृतकका परिवारका सदस्यहरुलाई उनको खाताका व्यक्तिगत च्याट र फोटोहरुमा पहँुच दिने वा नदिनेबारे धेरैपटक प्रश्न उब्जिने गरेका छन् ।
गत वर्ष मे मा बर्लिनस्थित एक अदालतले एक अभिभावकले उनीहरुको १५ वर्षीय छोरीको अप्रत्याशित मृत्यका पछाडि कसैको हात रहेको हुन सक्ने बताउँदै फेसबुकलाई उनीहरुको छोरीको च्याट हेर्न दिन अनुरोध गरेका थिए । फेसबुकले भने मृतकको मृत्युको पुष्टि पश्चात् कसैलाई पनि उनको व्यक्तिगत प्रोफाइलमा पहुँच दिन नसकिने बताएको थियो । उक्त अदालतले मृतकको व्यक्तिगत फेसबुक म्यासेजमा कसैको पनि अधिकार नरहेको भन्दै फेसबुकको पक्षमा निर्णय लिएको थियो । यस घटनामा समस्या के थियो भने मृतकको साथीले उनको मृत्युको पुष्टि दिएपछि छोरीको खाताको लगइन पासवर्डबारे जानकार उनकी आमाले समेत उनको खातामा पहँुच पाउन सकिनन् ।
स्पष्ट के छ भने आउँदा दिनहरुमा सामाजिक सञ्जालले यस्ता थुप्रै घटनाको सामना गर्नपर्ने हुन्छ । यस्तै घटनापछि कुनै अवस्थामा अभिभावकले आफ्नो सन्तानको खाता बन्द गर्न चाहे तर साथीहरुले नचाहे के हुन्छ, मृतकले के चाहन्थ्यो भन्नेबारे स्पष्ट हुने आधार के त ? जस्ता गम्भीर प्रश्न समेत खडा भएको छ । सामाजिक सञ्जालले यस्ता अवस्थामा के गर्छन् र बढ्दो अनलाइन चिहानलाई कसरी व्यवस्थित गर्नेछन् यो भने आगामी दिनले नै बताउनेछ ।
जर्ज ह्यारिसनद्वारा द सन नामक अनलाइन पत्रिकाका लागि लेखेको लेखबाट साभार
Liked by: