सीताको निधनः रामायण तथ्य र कविता | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

सीताको निधनः रामायण तथ्य र कविता






कथा, कहानी, गीत, लोकगीत, संवाद, नाटक, उपन्यास जेसुकैको कुरा गरे पनि विश्वमै सबैभन्दा पुरानो लेखिएको काब्य अथवा कहानी हो, रामायण ।
हामी संझन सक्छौ कि यदि रामायण लेख्ने लेखक महर्षि बाल्मिकी आज हामीमाझ भएको भए उनि कति खुशी हुन्थे होलान् ? हजारौ वर्ष पहिले उन्ले मसि चोपेका ग्रन्थ आजपनि संसारभरि महिमा, स्तुति र मुक्तकण्ठले पढ्ने र पढाउने गरिन्छ । रामायणका हरेक चरित्र र तिनको वर्णन पुजनीय भइसकेको छ ।
रामायणको एउटा प्रसँग छ जुन आज हाम्रो पात्रोमार्फत म यहाँहरुसमक्ष ल्याउन चाहन्छु । धेरै प्रकारका कथाहरु जोडिएका छन् कि सीताको निधन कसरी भयो भन्ने बारेमा, धर्ति फाटेको र सीता त्यही धर्तिभित्र समाहित भएको आदि ईत्यादि धेरै कथा कहानीहरु छन् ।
ब्यक्तिगत तथ्य र खोज थोरै जोड्न चाहे यस विषयमा । जनकपुर नजिकै घर भएकले पनि रामायण र यिनका कथाहरुको स्तोत्र समीपमा म हुर्किएको हुँ, यसै परिवेशमा मेरा ज्ञानहरु साट्न चाहन्छु ।
भारतको बिहारमा एउटा ठाँउ छ, सितामणी, सीताको जन्म त्यसै ठाँउमा भएकाले ठाँउको नाम सीतामणी राखिएको बिश्वास गरिन्छ । सीतामणी वाट नेपालको जनकपुर करिब ३९ किलोमिटर पर पर्दछ । सीतामणी शहर भन्दा ६ किलोमिटर पर एउटा सानो गाँउ छ, पुनवरा । संसारको सबैभन्दा पहिलो सीतामन्दिर त्यसै ठाँउमा छ , संसारमा न भने राम या हनुमान मन्दिर धेरै छन् तथापि प्रथम नारीप्रधान सीतामन्दिर पुनवरामै छ ।
एउटा विवाद भने संसारमा सधै चलिरहने छ र त्यो हो कथा लेखियो र पात्रहरु त्यसैअनुसार परिकल्पना गरियो र कल्पनागत पात्रहरुनै सजिव भएर राम र सीताका कुराहरु भएका हुन् । या पहिले पात्र र पृष्ठभूमि अनुरुप कथा लेखिएको हो भन्ने ?
एउटा कुरा अझै अन्यौलमा छ कि रामायणमा सीताको निधन कसरी भयो भन्ने कुरा, आज म भने यहाँहरुसमक्ष एउटा आधुनिक अन्तरगंका रुपमा सीताको निधनको विषयगत केही कुराहरु कविताका रुपमा ल्याउन चाहन्छु ।
भारतका एकजना इतिहासबीध, कवी एवं अध्यनशील ब्यक्तित्व राम बर्माले रामायनलाई एउटा नयाँ स्वरुपमा लेखन गरेका छन् । भगवानको महिमालाई छोट्याँउदै बास्तवीक रुपमा रामायनको सामाजिक चित्रण गरेका बर्मा उत्तिकै विवादमा समेत रहेका छन् यसै कार्यको कारणले गर्दा । बर्माले रामायणलाई इतिहासको बास्तवीक टुक्राहरुजस्तै केस्रा केस्रा केलाएर प्रस्तुत गरेका छन् ।
आउनुहोस यिनै राम बर्माले लेखेका सीताको मृत्यु विषयक कवितालाई जिव नेपाली रुपान्तरण दिन चाहयौ आज हाम्रो पात्रोको यो विश्वमाला संस्करणमा ।
सीताको निधन M राम बर्मा
सीतालाई स्वप्न आयो एकरात
उनी पर्खिरहेकिछिन खोलाको यो पार
र राम उभिएका छन् खोलाको अर्कोपार
राम बोलाउँदैछन् उनलाई
एउटा ध्वनी गुञ्जन भयो, सीते सीते आवाज रामको
उनलाई जान मन छ, खोला तरेर
तर देखिएन कुनै एउटा नाँऊ
संभव थिएन पार गर्न
तर बिछट्टको साहसका साथ
सीता लागिन पानी भित्र
खोलालाई याचना गरिन
देखिन राम
छन् खोला पार एउटा पहाडमाथि
अचानक खोला बिलायो
सीता निश्चयका साथ पाईला चालिरहेछिन्
पाइला धस्न थाल्यो दलदलमा
निर्जन ठाँउमा एक्ली सीता रामलाई पुकारिरहेछिन
अब त राम कतै देखिन पनि छाडे
सुस्त स्वरमा बोलिन् राम कता हुनुहुन्छ ?
राम छेउमा आएर एक्कासी
अब सँगै दुबै प्राणी साथ कदम चलाँउदै
अब सीतालाई भय छ कतै पहाड नलडोस दुबैमाथि
तथापि निश्चिन्त चलिरहेका छन् राम , हिनीरहेछन राम
हल्ल्का मुस्कान छ मुखमा रामको
सीता भाग्न चाहन्छिन त्यहाँवाट
तानिरहेछिन रामलाई
तर लाग्यो पग्लिरहेछ उनका गोडाहरु
कराउन चाहन्छिन जोडजोडले तर आवाज हराए झर्दै गरेका पहाडको गर्जनभित्र
रामले उठाए सीतालाई अगांलोमा
सपनामा हातखुट्टा चलाएकी सीतालाई
साक्षात रामले उठाउन प्रयास गर्दा
आधा खुलेको आँखाले सीताले हेरिन
शायद सुनिन या सुनिनन् रामको संबोधन
सीते, सीते, सीते राम भनिरहे
सीताको ज्यान चिसो भयो, मुटु रोकियो
त्यसपछि सीता कहिल्यै उठिनन्
त्यसपछि सीता कहिल्यै उठिनन्


हाम्रो पात्रोका लागि सुयोग ढकाल








Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.