दक्षिण कोरियाले १ र २ कक्षामा अङ्ग्रेजी विषयको अध्यापनमा रोक लगायो | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

दक्षिण कोरियाले १ र २ कक्षामा अङ्ग्रेजी विषयको अध्यापनमा रोक लगायो




दक्षिण कोरियाको वार्षिक प्रतिव्यक्ति आय १५३३५ अमेरीकि डलर भएपनि त्यहाँ मासिक यस्ता प्री स्कुलको शुल्क मासिक १५०० डलर भन्दा माथि छ । यस्ता प्राइभेट स्कुलमा शुल्क वहन गर्न सक्ने परिवारका बालबालिकासंग सरकारी स्कुलका कक्षा २ सम्म अङ्ग्रेजी नपढेका बालबालिकाले भविष्यमा एकै स्थानमा कसरी लड्न सक्ने हुन्, विवादको विषय भएको पनि छ ।



सी ओ डब्ल्यू काउ, काउ माने गाई
या गाई माने काउ ?


पहिले आफ्नो भाषामा अर्थ बुझेर अन्य भाषामा अर्थ लगाउन सक्नु पक्कै पनि जरुरी छ । आफ्नो मातृ भाषालाई बगंयाएर अन्य भाषामा प्रखर हुँदै जिब्रो लटपट्याँउदै बोल्नु विशिष्टताको पहिचान कदै हैन ।
आउनुहोस् आज दक्षिण कोरियाले आफ्ना कक्षा १ र २ सम्मको पाठ्यक्रमबाट अङ्ग्रेजी भाषालाई रोकेको प्रसंगको चर्चा गरौं । 

अलजजिरा च्यानलमा रिपोर्टर फरास घानीका शब्दहरु साभार लिएर अनुवाद गर्दैछौं ।
दक्षिण कोरियाले अङ्ग्रेजी भाषाको नकारात्मक प्रभावबाट रोक्न यसो गरेको बताएको छ । सन् २०१६ को संवैधानिक अदालतको निर्णय अनुसार सानै उमेरबाट विदेशी भाषा पढाएमा आउँदा पुस्ताको कोरियन भाषामा प्रभाव घट्दै जाने उल्लेख भएको थियो । दक्षिण कोरियाका चाइल्ड केयर पोलीसि र अर्ली चाइल्डहुड एजुकेशनका निर्देशक क्योन जि योगंले विभिन्न शिक्षा विज्ञ अनि न्यूरोसाईन्टीस्टहरु लाई उद्धत गर्दै अन्य भाषा सिक्ने समय कक्षा ३ बाट मात्र सुरु हुने बताए । दोश्रो भाषाको सिकाई विद्यालयमा धेरै छिटो सुरु हुन्छ तर यस अघि विद्यार्थीलाई सामाजिक विज्ञान, सही गलतको अवधारणा सिकाउन झनै जरुरी हुन्छ, धेरै आमाबुवाले जति सक्दो छिटो आफ्ना सन्तानलाई दोश्रो भाषा सिकाउन चाहन्छन्, जुन गलत हो, उनले बताए । 


दक्षिण कोरियामा प्री स्कुलहरु प्राइभेट एकेडेमीका तवरले स्वतन्त्र सञ्चालन गरिने चलन छ । यी स्कुलहरु महँगा भएपनि बढ्दो चाहका कारणले अत्यन्त चल्तीमा छन् । दक्षिण कोरियाको वार्षिक प्रतिव्यक्ति आय १५३३५ अमेरीकि डलर भएपनि त्यहाँ मासिक यस्ता प्री स्कुलको शुल्क मासिक १५०० डलर भन्दा माथि छ । यस्ता प्राइभेट स्कुलमा शुल्क वहन गर्न सक्ने परिवारका बालबालिकासंग सरकारी स्कुलका कक्षा २ सम्म अङ्ग्रेजी नपढेका बालबालिकाले भविष्यमा एकै स्थानमा कसरी लड्न सक्ने हुन्, विवादको विषय भएको पनि छ । 


यसरी साना कक्षामा अङ्ग्रेजी अध्यापन रोकिँदा लगभग ७००० शिक्षकहरुको रोजगार गुम्ने देखिन्छ । किम होन नामक प्राइभेट स्क्ूलका शिक्षकले दक्षिण कोरियामा पैसा धेरै हुनेहरुले बढी शिक्षा पाउने चलन रहेकाले अब गरिब र धनी परिवारका विद्यार्थी बीच झनै खाडल हुने बताइन । उनका अनुसार कोरियामा आमाहरुले आफ्नो बच्चालाई कुन अस्पतालमा पाएको ? कहाँ पढाएको ? अनि अन्य बच्चाहरुसंग सम्बन्धित विभिन्न कुरामा प्रतिस्पर्धा हुने बताइन् । उता मन्त्रालयले भने अग्रेंजीलाई दोश्रो भाषाको रुपमा लिन सबैलाई उर्दी समेत जारी गरेको छ । अङ्ग्रेजी प्रतिको आफ्नो धारणा परिवर्तन गर्न घरपरिवारमा विभिन्न जागरण अभियान पनि ल्याउने मन्त्रालयको योजना रहेको बताइन्छ ।
मन्त्रालयका अनुसार सानै उमेरमा दुई भाषाको अध्ययनले बच्चाहरुमा पढाइको तनाव बढ्ने अनि कोरियन भाषाप्रति उति लगाव नरहने बताइन्छ ।

एकजना अभिभावकले नाम नबताउने शर्तमा अब सरकारी स्कुलमा अङ्ग्रेजी नपढाउने भएपछि कोरियन परिवारले बच्चाहरुलाई स्कुल बाहिर ट्यूशन हाल्नुपर्ने बताइन । उनका अनुसार सरकारको यो प्रावधान धेरै दिन टिक्न सक्ने छैन ।


हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.