के हुने हो ट्रम्प–किम वार्ता ? | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

के हुने हो ट्रम्प–किम वार्ता ?




द गार्जियन अनलाइन समाचार लेख्छ, राष्ट्रपति ट्रम्पको इतिहास पढ्ने बानी छैन । अझ भन्नपर्दा उनको पढ्ने नै बानी छैन । उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्ने भनिरहँदा अमेरिकाले आफ्नो आणविक कार्यक्रम बन्द गनुपर्ने भन्ने उत्तर कोरियाको मागबारे ट्रम्प अनभिज्ञ रहेको द गार्जियन लेख्छ । अमेरिकाले यसअघि पनि यो शर्त मानेको छैन भने भविष्यमा पनि मान्नेमा देखिन्न ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनसँग भेट गर्लान् त भन्ने प्रश्नले अहिले विश्वको ध्यान खिचेको छ । राष्ट्रपति ट्रम्पको बदलिरहने बोली र उत्तर कोरियाको औपचारिक वक्तव्य आइनसकेकाले पनि यो प्रश्न जायज छ । गत हप्ता दक्षिण कोरियाले किम जङ उन आगामी मे भित्र नै वार्ताको लागि तयार भएको सुखद खबर ल्याएपछि ट्रम्पले आफ्नो उत्साह थाम्न सकेनन् र पूर्वतयारी बिनै पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई खुशीको खबरको लागि तयार भएर बस्न आग्रह गरे । विश्लेषकहरु ट्रम्पको यो उत्साह आणविक समस्याको हलको लागि नभई ऐतिहासिक पुरुषका रुपमा आपूmलाई स्थापित गराउने मोह भएको बताउँछन् । ७० वर्ष लामो कोरियाली द्वन्द्व समाधानको नायकका रुपमा विश्वमा आपूmलाई चिनाउने ध्येय उनको रहेको विश्लेषण गरिएको छ । यही मोहमा चुर्लुम्म डुबेकै कारण उनले आफ्ना विशेष सल्लाहकारको सल्लाह समेत नलिई पत्रकार सम्मेलन गरेको बताइएको छ । 


उत्तर कोरियाले आणविक हतियार नष्ट गरे यो सुखद समाचार बन्ने थियो । संयुक्त राज्य अमेरिकाले पनि यसै गरे यो पनि सुखद समाचार बन्नेमा दुई मत छैन । तर, निकट भविष्यमै यी दुवै मुलुकले यसो गर्लान् भन्ने आधार भने केही छैन । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, उत्तर कोरियाको यस्तो प्रतिबद्धता आएको पहिलो पटक भने होइन । यसअघि सन् १९८५, १९९२, १९९४, २००५ र २०१० मा पनि उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्ने बताएपनि हरेक पटक यो असफल रहँदै आएको छ ।
द गार्जियन अनलाइन समाचार लेख्छ, राष्ट्रपति ट्रम्पको इतिहास पढ्ने बानी छैन । अझ भन्नपर्दा उनको पढ्ने नै बानी छैन । उत्तर कोरियाले आणविक कार्यक्रम बन्द गर्ने भनिरहँदा अमेरिकाले आफ्नो आणविक कार्यक्रम बन्द गनुपर्ने भन्ने उत्तर कोरियाको मागबारे ट्रम्प अनभिज्ञ रहेको द गार्जियन लेख्छ । अमेरिकाले यसअघि पनि यो शर्त मानेको छैन भने भविष्यमा पनि मान्नेमा देखिन्न । अमेरिकाले उत्तर कोरियाले मात्र आणविक कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ भने अमेरिकी आणविक कार्यक्रमलाई उत्तर कोरियाले धम्कीको रुपमा हेर्दै आएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम सुदृढ हुनु अगावै उसमाथिको प्रतिबन्ध फुकुवा गर्ने, सुरक्षाको प्रत्याभूति दिने, आर्थिक सहयोग प्रदान गर्ने र आणविक कार्यक्रमको सकारात्मक प्रयोगका लागि सहयोग गर्नेजस्ता शर्त अघि सारेको भएपनि उत्तर कोरियाले यो सब अस्वीकार गरिदिएको थियो । वार्ता भए यी शर्तहरु फेरि पनि प्रदान गरिनेछन् तर अमेरिकाले आफ्ना आणविक कार्यक्रमहरु फिर्ता भने लिने छैन । हुन त, उत्तर कोरियाले यो मौका गुमाइसक्यो भनेर अनुमान गर्नेहरु पनि छन् ।


गत नोभेम्बरमा किमले उत्तर कोरियासँग अमेरिकाको कुनै पनि ठाउँसम्म पुग्न सक्ने मिसाइल अब उत्तर कोरियासँग रहेको बताएका थिए । उनको यो अभिव्यक्तिका कारण पनि अहिलेको एकाएकको प्रतिबद्धतामाथि अमेरिकीहरु सशंकित भएका हुन् । शान्तिकोलागि अमेरिकाले कुनै कदम नै नचालेको अवस्थामा पनि उत्तर कोरियाले वर्षौंदेखिको त्याग र परिक्षणलाई यति सजिलै कसरी त्याग्न सक्छ भन्ने कौतुहलता पनि उब्जिएको छ । किमले आणविक हतियारको मदतले अमेरिकासँग पहिचान तथा सुरक्षाको खोजी गरेको विश्लेषण समेत गरिएको छ ।
ट्रम्पलाई वार्ताका तयार गराउँदा किमको ख्याति अभैm चुलिने देखिन्छ । विशेषतः उनी आफ्ना प्रजा र सत्तारुढ दलमाझ लोकप्रिय बन्नेछन् । ट्रम्प–किम वार्ता हुन सके विश्वकै शक्तिशाली मानिएको राष्ट्रले आणविक हतियार रहेको छवि पाएको कोरियासँग झुक्न परेको सन्देश विश्वमाझ जानेछ । सद्दाम हुसेन र मुआमर गद्दाफीले सिक्न नसकेको, आणविक कार्यक्रमको स्वामित्व स्वीकारले शासन व्यवस्थापनका साथै व्यक्तिगत अस्तित्व संकटमा नरहने, पाठ किम जङले सिकाउनेछन् ।यो सबै कुरा बुझेका ट्रम्प प्रशासनका अधिकारीले होसियारीका साथ कदम लिन सुरु गरिसकेका छन् भने ट्रम्पको मुख्र्याइंले दक्षिण कोरियाले रणनीतिक उपाय गरी निकालेको यो मौका खेर जान नदिनेमा सचेत रहेका छन् । यसैकारण पनि उत्तर कोरियाले आफ्नो प्रतिबद्धता प्रमाणिकरणका लागि केही ठोस कदम चालेर यसको पुष्टि दिन पर्ने माग उनीहरुको छ । उत्तर कोरियासँगको वार्ता अति महत्वपूर्ण रहेको छ । ट्रम्पको थप मुख्र्याइं र धाक यो वार्ता तुहाउने माध्यम मात्र हुने द गार्जियन लेख्दछ । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.