अब Navyaata म्यागेजिन Hamro Patro तथा Hamro News & Magazine मा | Hamro Patro

ब्लग - साहित्य / Blog

अब Navyaata म्यागेजिन Hamro Patro तथा Hamro News & Magazine मा





दरबारमार्ग, काठ्माण्डौं – चैत्र ८, २०७२ | नेपालको सर्वाधिक सफल फैशन तथा लाइफ स्टाइल म्यागेजिन NAVYAATA को सातौं वार्षिकोत्सवको अवसरमा डिजिटल मेडियाको क्षेत्रमा नयाँ साझेदारीका साथ आफ्नो उपस्थिती देखाएको छ ।

Android तथा iOS Platform मा रहेको नेपालको सर्वाधिक लोकप्रिय मोबाइल एप्लिकेशन 'हाम्रो पात्रो – Hamro Patro' का सन्तोष देवकोटा तथा NAVYAATA म्यागेजिनका GM समिर धौगोडाबिच सम्झौता पत्र आदान-प्रदान भयो । NAVYAATA का Operation Director सचिन श्रेष्ठको उपस्थितिमा भएको उक्त एकापसी सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले भन्नुभयो, "विगत केही समयदेखि हाम्रा सब्सक्राइबर तथा पाठकहरूबिच प्रभावकारी संवाद तथा सञ्जाल ब्यवस्थित तथा गतीयूक्त बनाउन नव मेडियामा हाम्रो उपस्थिती सम्बन्धमा अध्ययन गरी रहेका थियौं । यो वर्षको प्रारम्भलार्इ हामीले वास्तवमै कुरीरहेका थियौं र यो हाम्रो प्राथमिकताभित्र नै थियो । हाम्रो पात्रो हाम्रो खोजीभित्रको एउटा ठूलो सम्भावना बोकेको एउटा सफल ब्राण्ड पनि हो जससंग NAVYAATA लार्इ जोड्न पाउँदा हाम्रो पात्रोको १० लाख भन्दा बढी प्रयोगकर्ताबाट यसबारे कस्तो प्रतिकृया आउँछ भन्ने उत्सुक्ताले हामी सार्ह्रै उत्साहित बनेका छौं । हाम्रा प्रिय शुभेच्छुक, पाठक तथा सब्सक्राइबरहरूले आजैबाट यसलार्इ iTunes तथा Google Play Store मा निःशुल्क डाउनलोड गर्न मिल्ने हाम्रो पात्रो अथवा "Hamro News & Magazine" बाट NAVYAATA मासिक म्यागेजिन तथा साप्ताहिक डिजिटल एडिसन पढ्न सक्नुहुनेछ ।"



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.