कुकुर पूजा | Hamro Patro

ब्लग - साहित्य / Blog

कुकुर पूजा





आज तिहारको दोस्रो दिन- कुकुर तिहार । आज कुकुरलाई मिठो खानेकुरा दिएरमाला लगाई दिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ । चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ ।

कुकुरघरपालुवा आज्ञाकारी, रक्षक एवं गुनिलो जनावर हो । कुकुरले विनासकारी प्राकृतिक प्रकोप तथा दैवीविपत्तिका बेला पुर्वसुचित भई भुकेर त्यसको संकेत गर्न सक्छ भन्ने विश्वास छ ।आधुनिक समयमा कुकुरका बिभिन्न नश्ल र जातहरुको विकास गरी सौखका निमित्त समेत कुकुरपाल्ने चलन बढेको छ । शहर बजारमा महंगा मुल्यमा कुकुरहरु खरिद बिक्री हुने गर्दछन्। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास छ ।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, यसलाई घ्राँण शक्तिका कारण अपराध अनुसन्धानमा महत्वपूर्ण साधनका रुपमा प्रयोग गरिन्छ ।सुँध्ने शक्ति अत्याधिक भएका कारण कुकुरले अपराधी पत्ता लगाउन ठुलो मद्दतपुर्याउँदछ । अपराध अनुसन्धानमा संलग्न रहेका तालिमप्राप्त कुकुरको दर्जा अनुसार मर्यादा गरेर पूजा गर्ने र सलामी समेतदिइन्छ ।

कुकुर तिहारमा हरेक नेपालीले आफ्नो घर आगनमा कुकुरलाई टीकातथा विभिन्न खालका माला लगाइदिएर खानेकुरा खान दिई पूजा गर्दछन् । कुकुरको पूजानगरी खाना खाएमा पाप लाग्ने र यमराजको दण्डको भागि हुनुपर्ने शास्त्रीय भनाई रहेकोछ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर भएकोलेकुकुर तिहारका दिन इमान्दारिताको सम्मानस्वरुप यसको पूजा गरिन्छ । यमपञ्चकभरिपशुपंक्षीको सम्मानपूर्वक पूजा गर्नु भनेको प्रकृतिका सबै जीवजन्तुसंग मानव जातिकोसहअस्तित्व रहेको छ भन्ने सन्देश दिनु पनि हो ।

तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवको बाहनका रुपमा पूजा गरिन्छ । पुराणहरूमा कुकुरलाई दैनिक पूजागर्नुपर्छ भनिए पनि यस्तो गरिंदैन । तर ग्रिस रइजिप्टमा भने अहिलेपनि कुकुरको दैनिकपूजा हुने गरेको अनुसन्धानकर्ताहरुले बताएकाछन् । कुकुर रुनुलाई अनिष्ठको संकेतका रुपमा लिने गरिन्छ । कुकुर रुएमा कसैको मृत्यु हुन्छ भन्ने जनविश्वास छ ।

आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्गपुराणअनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पापहरु नास हुन्छन्भन्ने जनश्रुति कायमै छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुशी पार्न नरक नुहाउनेचलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसोगर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ । कुकुर तिहारका दिनबिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शनगर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.