ब्लग - साहित्य/ नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

 - Sep 19 2018

बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै नल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका अाफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।


 - Sep 19 2018

होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ ।


 - Sep 16 2018

असोज महिनाको १ गते अर्थात कन्या संक्रान्तिलार्इ निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रुपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्विहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाअाजा गर्ने गर्दछन् ।


 - Sep 10 2018

नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?


 - Sep 10 2018

वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ।


 - Sep 05 2018

प्रत्येक वर्षको भाद्र महिनाको कृष्ण पक्षको एघारौं दिनलाई "अजा एकादशी" भन्ने गरिन्छ । यस दिनलाई नेपाल अथवा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरूले व्रत तथा पर्वको रुपमा मनाउने गर्दछन् ।


 - Aug 27 2018

बिकासको यो सम्पन्नतालाई यस्तो चुनौती दिने गरि आईन्सटाइनले किन यस्तो भनाई भने होला त ? आखिर विश्व बिकासको यो पृष्ठभूमीलाई अनि सभ्यताको यो उचाईलाई किन गुमाउन सक्ने सम्भावना देखे त शताब्दीकै महान वैज्ञानीक आइन्सटाइनले ?


 - Aug 06 2018

यसै एकादशीका बारेमा एकफेर नारद मुनीले श्रृष्टिकर्ता ब्रह्मालाई पनि सोधेको प्रसंग छ । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।


 - Aug 01 2018

यस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।


 - Jul 31 2018

एउटा न्यूनतम आधारमा जिवन ब्यत्तितगरिरहेको नेपाली समाजमा धेरैप्रकारका लाज र धकका बिषयहरु पाइलैपिच्छे भेटिन्छन् र यस्ता लाज र धकका लागी एकतमासको शब्दकोषनै छ जस्तैकि शारीरीक लाज, सामाजिक लाज, लैगंीक छनौटको लाज, जात या धर्मको लाज, बाँझपनाको लाज अनि परिवर्तित परिपेक्ष्यमा अन लाइन लाज पनि ।


 - Jul 29 2018

मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुष हरुलाई समेत गलत कार्यहरु जस्तै श्रम, यौन जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।


 - Jul 28 2018

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो ।


 - Jul 27 2018

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ ।


 - Jul 13 2018

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको...


 - Jul 08 2018

योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलपूmल, नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।


 - Jun 22 2018

वर्षभरिका एकादशीहरुमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन्, नितान्त रुपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरुमा सकारात्मक उर्जा र शक्ति संचार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकदशीको महाभारत र पाण्डवसंग जोडिएको एउटा किस्सा सविस्तार सुनौं ।


 - Jun 25 2018

कहिले यति लागुऔषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं, हैन र ? झन यसपाला त सुन तस्करको लर्को ले नेपाललाई नै काले र गोरेको बिभिन्न वयान अनि उत्खननसंग नजिक लगेको छ । आउनुहोस् यसै परिपेक्ष्यमा कुरा अघि लगौं आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मा ।


 - Jun 27 2018

नेवा पात्रोको आठौंमहिना तछला हो जुन बिक्रम संवतको जेष्ठ महिनासंग ठोकिने गर्दछ । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।


 - Jun 18 2018

यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्धन्द र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा यूद्ध पश्चातपनि आफ्नै समुदाय र परिवार बाटै पनि अपहेलित हुनपर्ने हुन्छ ।


 - Jun 15 2018

बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा १०६ वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवी सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवीको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा यूगकवि को जन्मजयन्ती पर्ने हो तर यसवर्षको मलमासका कारणले तिथी सरेर असार ४ मा पर्न गएको छ ।


 - Jun 12 2018

यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि यज्ञादि पनि सागें गरिन्छ ।


 - Jun 10 2018

यूधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको ब्रत कसरी लिने अनि यसको महिमा के हो भनेंर ?


 - May 24 2018

यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसंग जोडिएको छ, यी सबै प्रसंगलाई हामी आज केलाउने छौं । एकादशी महात्मयवाट हामी यस एकादशीको व्रतकथा, विधी अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौं । कर्तव्यअर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औं महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रुपमा मनाइन्छ । अहिले ३ वर्षपछि फर्केर पुरुषोत्तम महिना चलिरहेको छ ।


 - May 16 2018

आजबाट मलमास शुरु भयो है, ल आउनुहोस् आज मलमासका बारेमा कुरा गरौं हाम्रो पात्रो मा । हामी सबैलाई थाहा छ कि ३६५ दिनको या भनौं १२ महिनाको १ बर्ष हुन्छ ।


 - May 13 2018

नेपाल प्राचिन कालदेखि नै चाड पर्व अनि तिथीहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृती अनि चाडपर्वको धनी देश नेपाल सस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरि काठमाडौ आसपासमा वसोवास गर्ने नेवा समुदाय प्राचिन कालदेखि नै आफ्नो सस्कृती अनि परम्पराका लागि प्रसिद्ध छन् र यीनै सस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण सस्कृती लिएर प्रस्तुत छौं, सिथि चःह्रे


 - May 11 2018

ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ ।


 - May 10 2018

अपरा एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरलाई ब्रहमाण्ड पुराणमा वताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकदशीमा प्रस्तुत गर्ने जर्मको छ । एकदिन यूधीष्ठिरले जर्नादनलाई सोध्दछन् । जेष्ठ महिनाको कृष्णपक्षमा पर्ने एकादशी कुन हो भनेंर । यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सारसंक्षेपमा बुझाउन यूधीष्ठिरले श्री कृष्णसंग आग्रह गर्दछन् ।


 - May 05 2018

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं ।


 - Apr 26 2018

बैशाख महिनाको शुक्लपक्षको एकादशीलाई मोहिनी एकादशी भन्दछन् । यस एकादशीमा भक्तिपूर्वक अर्चना गर्ने, एकादशी महात्मय सुन्ने अनि व्रत लिने गरेमा पाप मोचन हुन्छ, सांसारिक मोहवाट छुट्कारा पाइन्छ भनेर नै यस वसन्त रितुको पान एकादशीलाई मोहिनी एकादशी भनिएको हो ।


 - Apr 27 2018

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ ।


 - Apr 17 2018

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।


 - Apr 15 2018

रोएको बच्चा आमाको छातीको न्यानोमा हुँक हुँक गर्दै चुप लाग्छ थाकेको वयस्कको हारेको अनुहारमा आमाको शव्द मात्रले पनि आशा र जाँगर ल्याउछ आमा, मम्मी, माता, महतारी, मम अनि अन्य धेरै नाम ।


 - Apr 15 2018

बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तिमा सस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो सभ्यता थिए । सोच आँउथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने ।


 - Apr 06 2018

कोही त मर्दा डाक्टरको चाकरी कोही त मर्छन अस्पताल नहेरि, हाम्रो नेपालमा


 - Mar 26 2018

मञ्च अर्थात् प्रदर्शन या सम्बोधन गरिने ठाँउ । मञ्चमा धेरै कुराहरु मञ्चन हुन्छन् र यी धेरै कुराहरु धेरैजसो समाज अनि परिवर्तनका विषयमा हुने गर्दछन् ।


 - Mar 19 2018

संसार अनि सभ्यता अनौठो छ, शुरुशुरुमा ससाना समुह र समुदायमा बस्ने मान्छेहरुले क्रमशः समाज, सभ्यता, भाषा, कृषी, पेशा, शिक्षा, ब्यवसाय, मुद्रा अनि थुप्रैकुराहरु आविष्कार र प्रयोग गर्दै यो सभ्यता आजको २१सौ शताब्दीसम्म आईपुगेको कुरा जगजाहेर नै छ । तर यहि सभ्यताका क्रममा केही असमानता अनि गैरमानवीय चलनहरु पनि भित्रिएको छ, त्यस मध्य एउटा चलन अनि प्रयोग हो, जातीवादी परम्परा ।


 - Mar 30 2018

विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज । नारा छ यस वर्षका लागि से आः! अर्थात (मुख) आः गर भन्ने । यसो भन्दा मुख खोल्न पर्ने हुन्छ र मुख भित्रका स्वास्थ्य राम्रा भएमा मान्छेले खुलस्त अनि स्वतन्त्ररुपमा मुख खोल्दछ भनेर यस्तो नारा राखिएको हो ।


 - Mar 06 2018

मिथिलाले शदियौंबाट यो संस्कार बोकेको छ । रामजानकी विवाहोत्सवमा त विधिवत रुपमा अयोध्याबाट जन्त नै आउने चलन छ, त्रेतायुगको रामायण विश्वमा यदि कहिँ अझै जिउँदै छ भने त्यो जनकपुरमा छ, मिथिला प्रदेशमा छ ।


 - Mar 01 2018

राधाले कृष्णलाई जमुनाको तीरमा कृष्णलाई होली खेल्न निम्तो दिएको प्रसंग उल्लेख गरिन्छ । यस्ता धेरै भाकाहरु अहिले तराईबाट लोप हुँदै गएका छन् । होलीको भाका अनि संस्कारको संरक्षण जरुरी छ किनभने वास्तविक अर्थमा भन्ने हो भने पूर्वीय सभ्यता अनि सनातन संस्कारमा होली पनि एउटा प्रेम दिवस नै हो ।


 - Feb 13 2018

सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस बर्षको महाशिवरात्रीको सेना दिवसको सकल नेपालीलाई शुभकामना ।


 - Jan 07 2018

भन्नलाई पुस फासफुस भनेर पौष महिनालाई छोटो दिन अनि पारिलो घामको अचेटमा राखिएको भएतापनि यस महिनामा धेरै महत्वपूर्ण दिन अनि एतिहासिक संझना रहेका छन् । यिनै संझना अनि दिनबिशेषमा हरेक बर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषध स्थापना दिवसका रुपमा मनाउने चलन छ ।


 - Jan 01 2018

हुन त आज पौष १८ गते हो तथापि सनातन सस्कारमा भने आजबाट माघे स्नान शुरु भएको भन्ने चलन छ । तिथी अनि गते दुईवटा फरक मापन हुनेगर्दछ र तिथी र गतेको गणना फरक पर्न सक्दछ ।


 - Nov 28 2017

हरेक बर्षको मसिंर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । यस बर्ष नेपालले ६४ औं क्षयरोग दिवस मनाँउदैछ, सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस अर्थात अग्रेजीमा tuberculosis हो ।


 - Nov 25 2017

बिसं २०७४ साल निर्वाचनको बर्ष भएको छ नेपालमा । चरण चरणमा स्थानीय चुनावहरु सकाएको नेपालले मसिंरमा धान बालीसंगै प्रतिनीधी अनि प्रदेश सभाका उम्मेदवारहरु पनि भित्रयाउदैछ । संबिधान कार्यान्वयनका गर्दै संस्थागत गर्न ३ चरणका चुनावहरु नेपालले यसै एतिहासिक बर्ष बिसं २०७४ मै गर्दैछ ।


 - Nov 08 2017

यस विश्व गुणस्तर दिवसले हामीले दैनिक जीवनमा गरेका कार्य अनि तिनको गुणस्तरिय उपलव्धी लगायत हरेक पटकको उपलव्धिलाई वृद्धि गर्दै नेतृत्वलाई दीर्घकालीन बनाउने सन्देश दिनेगर्दछ । सन् १९६० बाट विश्वव्यापी रुपमै यस दिवसलार्इ मनाउने क्रम चलेको हो भनें सन् १९९० बाट संयूक्त राष्ट्र संघले यस दिवसलाई अगिंकार गरेको हो ।


 - Aug 06 2018

यस वर्षको काग तिहारको दिन ले तिहार अनि यमपञ्चक को श्री गणेश गरेको छ है । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।


 - Oct 14 2017

अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने मुख्य कारणहरुमा निमोनिया र झाडापखाला रहेको छ । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।


 - Oct 11 2017

नेपालीमा आँखा, सस्कृतमा चक्षु या नयन, अँग्रेजीमा आई, लगायत थुप्रै नामहरु दिइएका छन्, भाषैपिच्छे अनि देशै पिच्छे । आज अक्टोबर महिनाको दोश्रो बिहीवार अर्थात यस दिन बिश्वभरि दृष्टि दिवस मनाइन्छ, आउनुहोस् यसै सेराफेरोमा केही बात मारौं ।


 - Oct 13 2017

प्राकृतिक प्रकोपसंग हामी जुध्न सक्दैनौं, हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलार्इ न्यूनिकरण मात्र गर्न सक्दछौं, हैन र ?


 - Oct 10 2017

मान्छे स्वभावैले घुमन्ते प्राणी हो, कुनै देश या प्रदेश अनि प्रान्तको भौगोलिक सीमानाभित्र मान्छे सकूंचीत भएर बस्दैन । चरा, नदि, बतास अनि मान्छेहरु जहिले पनि एक स्थानबाट अर्को स्थान छोडेर अन्यत्र गइरहेको इतिहास छ । अब त झन संसारलाइ नै एउटा गाँउका रुपमा परिभाषित गर्न थालिएको छ । यसको अर्थ हामी सबै पृथ्वी नामक गाउँका एउटै गाँउलेहरु हौं ।


 - Oct 09 2017

एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ ।


 - Oct 07 2017

एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ ।


 - Oct 07 2017

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले


 - Oct 03 2017

हामी मानिस जस्तै श्वाँस फेर्ने, भोक लाग्ने, माया दया रिस, ईष्र्या भएका, गतीशील प्राणीहरु मानव सभ्यता देखि अझ अगाडी देखि नै हामी संगै छन् । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोग अनि साथका लागि मानवले जनावरहरुको प्रयोग गर्दै आएको छ । तर यो हजारौं बर्षको सहकार्यमा मानव कत्तिको जनावर अनि उनिहरुको महत्वका लागि बफादार रुपमा प्रस्तुत भएको छ त ?


 - Oct 01 2017

द्वादशीमा स्वागत छ ! दशैं आयो आयो भन्दा भन्दै दशैंले बिदा माग्न थालिसकेको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । ए साँच्ची जमरा नि ? जमरा छ कि छैन ? पहेंलिए या अझै हरिया नै छन् ? अब पूर्णिमाको दिन सेलाउने जमरालाई त्यसअघि सम्मका टीकाटालोमा लगाउन त पुर्याउनै पर्याे, हैन त ?


 - Sep 27 2017

यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।


 - Sep 19 2018

समाज सेवा बिकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद ले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।


 - Sep 15 2018

बिश्वभरि जुनै पनि महादेश या देशका बिधालयका प्रार्थमिक अनि माध्यमीक तहको पाठ्यक्रममा ओजोन तह, जलवायू परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनेंर जानकारी दिइन्छ ।


 - Sep 11 2017

दूर्घटना र आकस्म्कि अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई हुन सक्ने जीवन जोखिम न्यून गर्न सकिन्छ


 - Sep 08 2018

एकफेर यसो परिकल्पना गरौं , यदि हामीले अक्षर कोट्याउन नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो भनेंर ? यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन् । आधुनिक बिश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि बिश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने पनि प्रष्ट सँगले अध्यनहरुले देखाँउदछ ।


 - Sep 06 2018

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस ।


 - Sep 05 2017

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ ।


 - Aug 29 2018

यूद्ध, आन्दोलनमा मानवहरुलाई हतियार अनि औजारको रुपमा प्रयोग गरिन्छ जसले गर्दा यूद्धमा मानवहरुको दर्दका कथाहरु अनि बेपत्ता हुने चरणवद्ध घट्नाहरू एकमाथी अर्को कथागरी उनिदैजान्छ । सैयौं वर्षपछि भेटिने सामूहिक चिहानले हराएका केहि हज्जाराैंको अस्थिपञ्जरहरु भेटाउँदछ भने लाखाैंको अनिश्चित अवस्थाको अाशामा केही पुस्ताहरु आँशुका धारासहित


 - Sep 02 2018

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा 'बिरुडा' धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् ।


 - Aug 24 2018

आजभन्दा करिब ११३ बर्ष पहिलेको नेपालमा यहाँहरूलार्इ लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधूनीक इतिहासमा बि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरुलाई निम्तो दिएर एकहप्ता लामो धर्मसभाको अायोजन गरेका थिए ।


 - Aug 07 2017

बिसं २०७४, श्रावण २३ अाज पूर्णिमाको दिन पर्न गएको चन्द्रग्रहण र यस ग्रहणको बिषयमा केही कुरा गरौं । यस दिनको ग्रहणलाई खग्रास केथुग्रस्तपक्षिका चन्द्रग्रहण तथा सोमबार परेको हुँदा यसलाई चूँडामणि चन्द्रग्रहण पनि भनिन्छ । श्रावण नक्षत्रमा मकर राशीको मेश र भ्रिसब राशीमा यस ग्रहण पर्न आउँछ ।


 - Aug 06 2017

अाफ्नो अनन्य मित्र सुदामाको प्रश्न सुनेर कृष्णले बडो गज्जबको उत्तर कथे, "हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौं स्वार्थ त्यो यदि लुकेको छ भने त्यो मित्रता होइन, अात्मियता हैन र मित्रता हुनकालागि निस्वार्थ भाव अनिवार्य छ ।"


Suyog Dhakal  - Jul 12 2018

यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो।


 - Jul 11 2018

सन् १९८९ बाट हरेक बर्ष बिश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले बिश्व जनसख्याँ दिवस हरेक बर्षको जुन ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन बिश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो । अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ ।


 - Jun 27 2017

२० जुन २०१७ मा निर्वाचन आयोगको आधिकारीक फेसबुक पेजमा लेखिएको यो स्ट्याटस वाट शुरु गर्यौ । ५० औं लाख अनुमानित फेसबुक प्रयोगकर्ता भएको नेपालमा केवल ६०६१ लाइक भएको निर्वाचन आयोगको फेसबुक पेजमार्फत यूट्यूबका निर्वाचन प्रचार साम्रगी र भिडियोहरु शेयर गरिएका छन् । आउनुहोस निर्वाचन आयोगको यू ट्यूब च्यानलको हबीगत पनि बयान गरिहालौ ।


 - Jun 26 2017

सन् २०१७ को ईद उल फितर मा स्वागत छ । विश्वका धेरैजसो देशहरुले २६ जुन सोमबारका दिन ईद मनाउने छन् भने केहि देशहरुले २५ जुन आईतबार र केही देशहरुले २७ जुन का दिन पनि मनाउने छन् । चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ ।


 - Jul 07 2017

सम्पन्न परिवारको मानेमात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरु यस्तै लागुऔषधको दुव्यर्सनका फसेका छन् ।


 - Jun 29 2018

क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र ? यसरी खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वधन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईन्छ है ।


 - Jul 06 2018

सन् १९२३ देखि अन्तराष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई १ का दिन विश्वभर सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ बाट संयूक्त राष्ट्रसँघले पनि यस दिवसलाई अगिंकार गरेको छ ।


 - Jun 17 2018

नेपालमा त झन् हामीलाई मलिलो उर्बर खेतबारी भन्दा कंक्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौं तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचार्इ रहेका छाैं ?


 - Jun 01 2018

फूल फूल्नु अघि कोपिला बस्दछ, कोपिलाहरुलाई फूलको वाल्यकालको उदहारणका रुपमा लिन सकिन्छ, हैन र ? जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरुपनि कोपिला अर्थात् वाल्यकालवाट गुज्रिएर आएका हौ । वाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए यो सम्पती नि लैजाउ


 - May 06 2018

किराँत धर्म अनुसार ८६औं समाज सुधार दिवस आज मनाइदैछ । किराँत धर्मगुरु तथा नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा वुद्धिजीवि बोलाई ९महाचुम्लुङ गरी० धर्मिक सुधारका लागि १० बुँदा जारी गरेका थिए । त्यसै दिनको सम्झनामा किराँती समुदायले हरेक बर्ष बैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउँदै आएका छन् ।


 - May 08 2018

आजभन्दा १८२९ वर्ष पूर्व, ईसं १८२८ को मे ८ को दिनमा लैजान चाहन्छौ, त्यस दिन यूरोपमा स्वीटजरल्यान्डको जेनेभामा जि हेनरी ड्यूनान्टको जन्म भएको थियो । नोबेल शान्ती पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वब्यापी परोपकारी संस्थाका संस्थापक यी महान ब्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसकारुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव ब्यक्त गर्दछ ।


 - Apr 24 2018

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग 'औंलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ लागाै ।


 - Apr 22 2017

माथी प्रकाश होस्, विचमा वस्तु होस् अनि छाँया त बन्छ नै, कि कसो ? हो यसै छाँया अनि वस्तुको अवस्थितीलाई ध्यानमा राखेर विश्व भरि कागज अनि अन्य वस्तु, विचार अनि शब्दाशंहरुको प्रतिलिपि या छाँया लिपि वनाउने चलन छ । सामान्य भाषामा हामी कपी, या फोटोकपी या जेरोक्स भन्दछौ, आज एप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउदछ, आउनुहोस हामी पनि यसै सेरोफेरोमा बात मारौ ।


 - Mar 30 2018

नुमान एतीहासीक रुपमा अझै उत्खनन र अन्वेषण गर्नपर्ने पात्र हुन भने धार्मीक रुपमा एउटा कोशेढुगां अनि सामाजिक रुपमा मानिसले पुजेका जनावर देवता, हनुमान एउटा बाँदर देवता हुन् ।


 - Apr 06 2017

मुसुक्क मुस्काएको मान्छे, खुला हाँसो, फूलेको फूलजस्तो मुहार अनि भोलीको अन्जान चिन्ताहरुमा ग्रस्त नभईकन आजको रंगहरुमा रंगीएका मुस्कानहरु । जिवन आजभोली चाहिने भन्दा धेरैनै तनावमा बाँचिन थालिएको छ , मान्छेलाई मुस्काउनकालागी पर्याप्त बैकं ब्यालेन्स, राम्रा मोबाईल, गाडी, विदेश भ्रमण अनि रमाईला अनि मादक साथको जरुरी भएको छ ।


 - Mar 30 2018

आज मिती विसं २०९८ साल मंसिर १ गते, पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्गवाट भर्खरै ईलामवाट रेल चढेर म काठमाडौ अफिस भ्याउन ९ बजे विहानै आईपुगेको छु ।


 - Mar 19 2018

ऋतु , हावापानी र तापक्रम समय र स्थान अनुसार फरक फरक हुन्छ, हैन र ? त्यसैले त हो नि, अहिले यहाँहरुले आफ्नो प्रिय मोबाईल सहयात्रीमा हेर्दै अनि पढदै गर्नुभएको यो दिन विशेष जानकारी आआफ्नो ठाँउको फरक फरक मौसममा पढिरहनुभएको छ ।


 - Mar 14 2017

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ ।


 - Mar 17 2018

जल, पाईन, वाटर, नामपाओ, यी, येँ, कि, अयर लगायत यस्का धेरै नाम छन्, वैज्ञानीकले भने रसायनीक पद्धतीमा यसको कथन गरेका छन् ज्द्दइ भनेँर । आकाशवाट झर्छ वादलमार्फत, खोला खहरामा वग्छ, मुलवाट निस्कन्छ, हिँउवाट पग्लीन्छ, पत्थरको कन्दरावाट रसाँउछ, कल अर्थात हातेपम्पवाट निस्कन्छ, पोखरी अनि कुँवाहरुमा वसिदिन्छ अनि वगिदिन्छ अनि पानीघट्टमा सुसाँउछ, यो हो पानी ।


 - Mar 14 2017

हरेक मान्छे उपभोक्ता हो, क्रय अनि विक्रय मानव सभ्यताका अपरिहार्य कारोवारहरु हुन् । परापूर्व कालदेखिनै हामीले क्रय विक्रय अनि वस्तु तथा सामानहरुको उपभोग गर्दै आएका छौ । प्रकृती हाम्रो सबैभन्दा ठूलो उपभोग हो, श्वास फेर्ने हावा, पिउने पानी, अनि आकाश, न्यानो घाम, चिसो वतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका कुराहरु हुन् जुन विना हाम्रो मानव अस्तित्वको अर्थ छैन र यस्ता प्राकृतीक उपभोगका लागी मानव धेरैहदसम्म स्वतन्त्र र निशुल्क उपभोत्ता हो ।


 - Mar 14 2018

यी यस्ता विभिन्न भाषाहरु लगायत नेपाली भाषामा चैत अनि यसको सुख्खापनका वारेमा कालजयी गीतहरु श्रृजना गरिएका छन् । आजको दिनवाट चैत लाग्दैछ, हुरि अनि खडेरीको यो महिनालाई रचयताहरुले मिठो वियोग अनि श्रृगांर रस वाहिरको ख्याख्या परिधीमा राखेका भएता पनि प्रेमालाप अनि सुमधुर मिलनकालागी यो महिना उत्तिकै यादगार छ ।


 - Feb 20 2017

आफ्नै मातृ भाषामा विद्यालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध भएमा अध्यन कति सहज हुन्थ्यो होला ! यस्ता प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयबस्तुको सहज बुझाई पनि मानव अधिकार हो । कमसेकम शुरुवाती सिकाईहरु मातृभाषामा भर्इदिए हुर्कंदै गरेका केटाकेटीहरूका बुझाइकालागि विषयबस्तुहरु उसकालागि सहज र सरल हुन जान्छ ।


 - Mar 08 2017

स्वस्थ्य रहनु नै सबैभन्दा ठूलने धन हो र शरीरको ख्याल राख्नु हाम्रो दायित्व हो । यहि शरीर छ र त हामी छौ नत्र यो भोग अनि यो भौतिक उपस्थितीको मज्जा कहाँ हुन्थ्यो होला र ? त्यसैले त १२ औ शताब्दीका दार्शनिक अनि कवि रुमीले भनेका छन् कि तिमी एउटा ब्रहामण्ड भित्रको सानो प्राणी हैनौ बरु तिमी भित्र नै एउटा ब्रहमाण्ड लुकेको छ भनेर । वास्तवमा यो शरीर, चेतना अनि अवयवहरु मिलेर एउटा गज्जबको ब्रहमाण्ड हाम्रो शरीर भित्र लुकेको छ, त्यसैकारणले पनि हामीले स्वस्थ्य हुन र आफ्ना शरीरको अगंहरुको ख्याल गर्न जरुरी छ ।


 - Feb 13 2017

"वि.सं. २०४९ सालमा सञ्चार नीतिमा स्वतन्त्र रेडियो स्थापनार्थ एैन नियमकालागि सम्बन्धित निकायमा दवाबमूलक कार्य निरन्तर हुन थाले र जसअनुरूप समूदायले रेडियोको फ्रिक्वेन्सि प्राप्त तथा प्रशारण गर्न सक्ने प्रावधान सञ्चार नीतिमा राख्न सफलता प्राप्त भयो तर त्यसपछि मन्त्रालय एैनमा प्रावधान नै छैन भनेर पन्छन थाल्यो र त्यो पनि नियमितको छलफल र दवाबपछि २०५० सालमा एैनमा पार्न हामी सफल भयौं । सोहि एैनको आधारमा सरकारलार्इ सामूदायीक रेडियोको पहिलो प्रस्ताव अघि बढ्यो र त्यहि वर्ष शिक्षा मन्त्रालय अन्तर्गत UNSECO आयोगले समेत रेडियो सम्बन्धमा प्रतिवेदन पेश गर्यो । IPED UNESCO ले अध्ययन गर्ने भनी नेपालमा एउटा टिम पठायो र रेडियो सगरमाथा परियोजना मन्त्रालयलार्इ हस्तान्तरण गर्यो तर उक्त विषयमा मन्त्रालय लगायतका सम्बन्धित निकाय ६ महिनासम्म पनि केहि नबोलि बसिदिए, लामै समय मौन बस्यो सिस्टम, अचम्मको बेइमानी थियो त्यो ।"


 - Jan 31 2018

अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।


 - Feb 12 2018

चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ ।


 - Jan 17 2018

आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि...


 - Jan 26 2017

वाहिर विश्वयूद्धको अग्नी दनदनी वलिरहेको थियो, मान्छेहरु दिनहुँ हताहत र घाईते भइरहेका थिए, सानो टुकी वालेर फ्लोरेन्स नाईटएगंल घाईतेहरुको सेवामा हरपल तत्पर थिईन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरुले अत्यन्त महत्व दिएर आदरणीय रुपमा हेरेको नर्सहरुको वारेमा कुरा गरौँ ।


 - Dec 30 2016

इतिहास पल्ट्याएर हेर्ने हो भने तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए । राजनैतिक खिंचातानीले विकासको मूलबाटो विराएको आजको देश देख्दा मेलमिलापको अाजसम्मको ४१ वर्ष पुरानो नीति अझै सान्दर्भिक लाग्दछ ।


 - Jan 17 2018

भुकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलार्इ रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भुकम्प आफैले हामीलाई मार्ने हैन बरु भुकम्प अाएपछि हामीहरुले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभुम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारीक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन् । वास्तवमा समय र परिस्थितीपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।


 - Jan 10 2018

पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । चोर औंला माथी उठाएर उभीएको यीनको सालिकले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई नै रहेकोछ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डाैको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललार्इ नियाले त्यस क्षण काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलार्इ लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।


 - Dec 26 2017

तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतवाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् । पहिले बोन अर्थात् शामानिज्म धर्म अवलम्वन गरेका यी प्राचिन समूदायको सन् २००७ मा भएको जनगणना अनुसार अहिले अधिकांश संख्यामा बाैद्धिष्ट र केही क्रिस्चीयन अनि हिन्दूहरु रहेको तथ्याङ्क छ । संस्कार, सभ्यता अनि हिन्दू र वौद्ध संस्कारको अनुपम समीश्रण यो समुदायमा पाईन्छ ।


 - Dec 23 2016

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको 'Snow Man' विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।


 - Dec 17 2016

सिरियामा भएको द्वन्द्वपछी अाफ्नो भूमी छाडी जीवन जोखिममा राखेर अन्य देशको शरण पर्नगएका शरणार्थीहरु अनि उनिहरुको समुन्द्रको अन्त्यहिन कष्टपद यात्राले धेरैको ज्यान गएको छ । एकजना साना बालकको समुन्द्र किनारमा बगेर ल्याएको मृत शरीर अनि खुल्ला अवोध आँखाको दृश्य भएको तस्वीरले संसारलाई रुवाएको पनि धेरै भएको छैन । आप्रवासनको कुरा गर्दा विभिन्न कारणले शरणार्थी बनेका मानव अनि तिनका पीडाहरु पनि सम्झिन जरुरी छ । इराक, अफगानिस्तान, सिरिया, लिविया लगायत देशका शरणार्थीहरु अनि उनिहरुले भोगेका शारीरिक, मानसिक तथा देश छाड्नु पर्दाको भावनात्मक पीडाले दिएको दुखाइमा सारा संसारको एक्यवद्धता सहितको स्वर जरुरी छ ।


 - Jan 08 2018

पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारीरहेको छ । रूख काटिएका छन्, डाँडाकाँडा सम्म पारिएका छन्, विशाल ढुङ्गा फोरीएका छन्, नदीनाल गीट्टी बालूवा विहिन बन्दै गइरहेका छन् पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीव जन्तु तथा चराचरहरूको दैनिकीलार्इ नराम्ररी असर गरेको त छ नै कतिपय दूर्लभ जीवजन्तु तथा जडीबूटीहरू त लोप पनि भइसके भने धेरैको अवस्था नाजूक छ ।


 - Dec 08 2017

आजका सक्रान्ति तिर्थाटनकालागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनुयात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरु चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरु चढाउने गरिन्छ ।


 - Dec 01 2017

योमरिको त्रिकोणत्मक आकारले षडकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिविम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाडौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अनि उब्जनीकी माता अन्नपूर्णलाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिअाैंदेखि चलि अाएको हो । "सोई साई ला एएएए~~~~~" 'हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?' भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य अाउँछ अाउँछ ।


 - Dec 08 2017

विकासका आधारहरुमा समृद्ध जीवनशैली खोजेका मान्छेहरुले अझै पनि एकअर्काप्रतिको आत्मियता र मैत्रीपूर्ण ब्यवहार सिक्न जरुरी छ । दिगो विकासकालागि मानव अधिकारको प्रत्याभूती जरुरी छ, धर्म, भाषा अथवा लिङ्गका नाममा मानव माथी हिंसा र आक्रमण भईरहेको वर्तमान परिपेक्ष्यमा समानताका लहरहरुको आवश्यत्तालाई मानव अधिकारका धारणाले मात्र सम्बोधन गर्न सक्दछन् ।


 - Dec 06 2017

मसिंर १० गते प्रथम चरणको प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचनमा ३२ वटा जिल्लाले मतदान गरिसकेका छन् । अब बाँकी ४५ वटा जिल्लाले आज मसिंर २१ गते आफ्ना प्रतिनीधी सभा तथा प्रदेश सभा प्रतिनीधी छान्दैछन् । सम्पूर्ण मतहरुको गणना भने एकैफेर हुनेछ, संघीय गणतन्त्र नेपाललाई प्रजातन्त्र अनि लोकतन्त्रको यो महत्वपूर्ण पलमा बधाई, शुभकामना अनि सुभेच्छाहरु बिश्वभरिबाटै आइरहेको छ ।


 - Dec 04 2017

स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।


 - Nov 30 2017

नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९१ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पीढिदरपीढि मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णत् निस्कन सकेको छैन । फेरि दाहोर्याउन मनलाग्यो कि शुरुवातमा ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नविनतम स्वरुपका रुपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अनि उनिहरुमाथी गरीने शारिरिक, मानसिक दमनका विभिन्न अमानविय व्यवहारका समाचारहरू बेलाबखत अाइ नै रहेका हुन्छन् । ह


 - Nov 23 2017

हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो अाफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन । महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईमाथी कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ ।


 - Nov 14 2017

शौचालयको प्रयोगपछी नछुटार्इ गर्नुपर्ने पहिलो काम भनेको साबुनपानीले हात धुने र साबुन नभएमा खरानीपानीले धुनपर्ने कुराहरु पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत् जस्तैः टिभी, रेडियोमा प्रचार प्रशार गर्ने गरीएको छ । अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरु सार्वजनिक शौचालयहरुमा लेखिएको पाइन्छ, यसअर्थमा शौचलय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बनगर्न जरुरी छ ।


 - Nov 17 2016

स्कूले जीवन र कलेजको जीवनको विद्यार्थी हुनुमा धेरै फरक छ । कलेजको जीवनका विद्यार्थीहरू स्कूले विद्यार्थीहरूभन्दा तुलनात्मक रुपमा अलि बढि स्वतन्त्र हुन्छन् । आजभोलीको शिक्षा पद्यतिमा शिक्षक शिक्षिकाभन्दा पनि सहजकर्ता या सुझावकर्ताजस्ता विशेषणहरु प्रयोग गर्न थालिएको छ । वास्तवमा विद्यार्थी परिवेश कालखण्ड अनुसार परिवर्तन हुँदै गएको छ । गुरु द्रोणाचार्यको गुरुकुल शिक्षादेखि गुरुकुलको शिक्षण पद्धति हुँदै आजका दिनसम्मको विद्यार्थीको दिनचर्या अनि पद्धती फरक भइसकेको छ । जे जस्तो भएपनि अनुशासनमा बसेर अनि गुरुहरुको सम्मान गर्दै शिक्षा आर्जन गर्नु नै विद्यार्थीको मूलभुत धर्म हो ।


 - Nov 06 2017

आज शतवीज ज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।


 - Nov 09 2016

अमेरिकीहरुले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाएपनि विश्वका अन्य राष्ट्रहरु विशेषतः यूरोपी राष्ट्रहरु भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाउन उदासिन देखिन्छन् । शितयूद्धकालदेखिनै संसारमा पूजिँवादी, कम्यूनिष्ट र केही समाजवादी देशहरुमा वैचारीक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।


 - Nov 10 2017

यूग पुरुषहरुको आगमनका लागि यथेष्ट समय लाग्दछ, एउटा कालमा एकजना मात्र यूग पुरुष या यूग महिलाको जन्म हुने गर्दछ भन्ने मान्यता छ । यस्ता महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा यूगौँ यूगसम्म समाजलाई सकारात्मक पथ तर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति को तथ्य अनि इतिहास हरु हामी उजागर गर्न जाँदैछौं ।


 - Nov 07 2016

हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफी को आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स रे अथवा विकिरण भनेँर बुझ्दछौ र आधुनिक सरल चिकित्साप्रणलीमा यस्को ठूलो महत्व छ ।


 - Sep 27 2016

अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता लगायत शान्तिप्रय वुद्धभुमीका शालिन हामी नेपालीहरुनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक संभावना हुदाहुदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।


 - Oct 05 2016

शिक्षकहरुबिना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावी पुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सीपको माध्यमले तठस्त र स्वतन्त्ररुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुबाट हामीले धेरै कुराहरु पाएका छौं, हामीलाई चाहिएको बेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धी गरिदिनुभएको छ, समस्या परेको बेलामा अतिरिक्त सहयोग पाएका छौं, अनुशासनको अभ्यासहरु अनि चाहिएको समयमा एउटा सहयोगी उपस्थिती नै शिक्षकहरू हुन् ।


 - Sep 22 2016

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । यस वर्षको 'रेविज विरुद्धको दिवस'को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । तपार्इ-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु अावश्यक देखिन्छ ।


 - Sep 19 2018

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले "नेपालको संविधान २०७२"लार्इ हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।


Suyog Dhakal  - Sep 16 2017

दैलोमा दशै आएको कुरालाई सोह्रश्राद्ध को शुरुवातले आजवाट विगुल फुकेको छ । पितृहरुलाई हरेक वर्ष संझनास्वरुप १६ दिन सोह्रश्राद्धका रुपमा छुट्याइएको छ । मृत्यू भएको तिथिका दिन वहाँहरुलाई श्राद्ध या तर्पण दिइन्छ, पिन्ड चढाइन्छ र धार्मिक अनि सास्कृतिकरुपमा संझना गरिन्छ ।


 - Sep 12 2016

निर्दोष आखा, हैरान पार्ने दोहोरिएका सामान्य प्रश्नहरु, तोते वोली, कार्टुनमा रमाउने वानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध वानीहरु, वालवालीका जादुईआखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरु का अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी वनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यिनै वालवालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ ।


Suyog Dhakal  - Sep 06 2016

एहिबेरक कार्तिक धवल त्र्योदशीक तिथिपर काठमांडु मे विद्यापति स्‍मृति पर्व समारोहक आयोजनाक निर्णय कैल गेल अछि। युवा अभियानी प्रशान्त अर्जुन झा केर नेतृत्व मे होवय जा रहल ई आयोजन दुइ दिवसीय समारोहपूर्वक कैल जायत जाहि मे चर्चित – समर्पित युवा अभियानी निराजन झा सेहो अपन सक्रिय योगदान देबाक प्रतिबद्धता प्रकट केलनि अछि।


 - Aug 31 2017

अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् । यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलानहरुले आफ्नो गाउँ लगायतका उद्गम स्थानमा पैसा पठाउने गर्दछन् । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सद्भाव शुभेच्छा अनि सहकार्य कायम रहोस, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीमा 'इद उल जोहा'को शुभकामना ।


 - Sep 09 2016

अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् । यो पर्व तीन दिनसम्म मनाइन्छ र यसरी कुर्वानी गर्न नपाउने मुसलानहरुले आफ्नो गाउँ लगायतका उद्गम स्थानमा पैसा पठाउने गर्दछन् । आजको यो चाड सद्भाव र शुभेच्छाको चाड हो, सद्भाव शुभेच्छा अनि सहकार्य कायम रहोस, सम्पूर्ण इस्लाम अनूयायी दाजूभाई तथा दिदि बहिनीमा 'इद उल जोहा'को शुभकामना ।


 - Aug 16 2018

बैशाख, जेष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् अाज संक्रान्ति । यस अर्थमा एक बर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिहं संक्रान्ति भनिएको हो ।


 - Jul 28 2017

धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसिदास , यिनीहरुका रुपान्तरणका कथाहरु अहिलेपनि मैथिल र अवध गाउहरुमा बडो रसका साथ सुनाइने गर्दछ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो पत्नीप्रति एकदमै आशक्त थिए, श्रिमती माइत गएको बेला एकदिन पनि छुटिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भिक्ता चढेर श्रिमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भनेर सर्प समातेर चढेको उनिलाई श्रिमतीले तपाई म प्रति कत्ति आशक्त हुनुभएको यो आशत्ति धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधना प्रति लागेको जनविश्वाश र किवंदन्ती अझै गाउँ गाउँमा गुञ्जिने गर्दछ ।


 - Aug 09 2018

'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।


Suyog Dhakal  - Jul 16 2018

यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलार्इ पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी अादि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि अाएको छ ।


 - Jul 23 2018

वैदिक सनातन हिन्दु पात्रो 'पञ्चाङ' अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।


 - Jul 13 2018

भानुभक्तका कृतिहरुमा नेपाली समाज र परिवेषको मिठास आउने गर्दछ । समाजका यथार्तपरक घटना र परिवेषलाई चित्रण गर्दै साहित्यमा उतार्ने भानुभक्तका लेखाइमा सरलता, धार्मिकता र राष्ट्रियताको अदभूत संगम पाईन्छ । कतिपय भानुभक्तका रचना र सृजनाहरु कवि मोतिराम भट्टले जर्गेना र प्रचार प्रसार गरेका छन यस अर्थमा मोतिराम भट्ट र भानुभक्त दुवैको नाम अन्योन्याश्रित रहेको पनि पाइन्छ ।


 - Jun 28 2018

अाषाढ माटोको महिना हो, अाषाढ पानीको महिना हो अनि अाषाढ कृषकको महिना हो । अाषाढको पन्ध्र, अर्थात अाषाढ महिनाको मध्यबिन्दु भन्दा पनि हुन्छ । अाषाढ महिनाको हाम्रो समाज र जीवनशैलीमा ठूलो महत्व छ, कृषीप्रधान हाम्रो देशमा अाषाढ भनेको मानो खाएर मुरी उब्जाउने बेला हो, धान रोप्ने र त्यो रोपाईंसँगै बर्षभरिलाई खान पुग्ने अन्न भित्र्याउन पाइयोस भन्ने आशा पनि रोपिन्छ ।


"असारे मैनामा पानी पर्यो रुझाउने" यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ ।


"असारे मैनामा पानी पर्यो रुझाउने" यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ ।


वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले तिरिरि मुरली बज्यो वनैमा वनमा फूल्यो फूल


पहिले-पहिले सालको पातमा बेरीएर बिडीका रुपमा समेत जहाँत्यहिँ पाउँथ्यो र अझै गाउँघरतिर यदाकदा भेटिनेगर्छ । अागोले सल्काएर धुँवा तान्ने लत बसेपछि संसारका अरबाैं मानिसहरू त्यो धुँवाको दास बनेका छन् अनि त्यो धुँवासंगै पिउँदैछन् आ-आफ्ना जिन्दगी । त्यही ठुँटोसंगै जलाउँदैछन् शुद्ध स्वाँस भर्ने फोक्सो ।


आज मे २२ अर्थात अन्तर्राष्ट्रियजैविक विविधता दिवस- नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदैछ । जैविकविविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ ।यस वर्षको मे २२ पनि अरु वर्षहरु झै विश्व समुदायले जैविक विभिदता दिवसका रुपमा मनाँउदैछ । यस वर्षको नारा हो Biodiversity and Sustainable Tourism अर्थात जैविक विभिदता र दिर्घकालिन पर्यटन


११ औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । गतवर्ष भएका महत्वाकांक्षी चुनावी क्रमसंगै नेपालले यसवर्ष २० वर्षपछि स्थानीय जनप्रतिनिधि अनि प्रदेश एवं प्रतिनिधि सभाका उम्मेदवार छानेको छ । जननिर्वाचीत उम्मेदवारहरुको सहभागिता एवं उपस्थितीमा अहिले संघिय गणतान्त्रीक नेपालले आफ्नो शाषनको डोर आशा संगालेको पनि छ ।


राशि चक्र अनुसार वृष दोश्रो राशि हो । सौर्यमान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष संक्रान्ति भनिएको हो । सामान्य भाषामा संक्रान्ति भन्नाले महिनाको पहिलो दिनलाई बुझिन्छ ।


आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।


ईस्वी संबत पात्रो अनुसार मे महिनाको १ तारिख वर्षको १२१सौँ (पुरुषोक्तम महिना भएको वर्ष भएमा १२२औँ दिन) हुनआँउदछ । संसारभरि वर्षको यो दिन अन्तराष्ट्रिय श्रमिक दिवसका रुपमा वहुत भब्य सहभागीता अनि श्रमसँग समबन्धीत तत्वहरुको सानीध्यताका साथ मनाईन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रुपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रीक रुपमा अझ महत्व र उत्कर्षका साथ देख्न जरुरी छ ।


राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाईन्छ ।


सनातन धर्म र प्राचीन विज्ञानले पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गर्दछ, पृथ्वी, जल, अग्नी, वायू अनि आकाश । यि ५ तत्वको कारण भएको मानिसको उपस्थितीलाई सर्वमान्य रुपमा आजको विज्ञान र प्राचीन खोजहरुले धार्मीक र सास्कृतीक रुपमा मानेको छ ।


ती सम्पदाहरु सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौं उपत्यका हुन् । विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँ उपत्यकाको मुख्य सात सम्पदाहरुमा विविध कार्यक्रमहरु गरिंदैछ भने अन्य सम्पदा क्षेत्रमा राष्ट्रियस्तरको कार्यक्रम बनाई सोहि अनुसार चेतनामुलक गतिविधीहरु गरिन्छ ।


साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते 'छन्द बचाउ अभियान' सुरु गरेका थिए ।


६२र ६३ को जनआन्दोलनका ज्ञात अज्ञात सम्पूर्ण शहीदहरुलाई सर्वप्रथम सझंना, प्रजातन्त्र सेनानी सबैजना प्रजातान्त्रीक योद्धाहरु, विचारकहरु अनि जनयूद्धमा प्राण गुमाएका सपुतहरुलाई श्रद्धासुमन् । सबैजनाको महान वलिदान र तपस्याको कारण नै आज संघीय लोकतान्त्रीक नेपाल १२ औँ लोकतान्त्रीक दिवसको संघारमा आईपुगेको छ । बैशाख ११ अर्थात नयाँ नेपालको खाँका कोरीएको सुनौलो दिन, नेपालीहरुमा शुभकामना ।


आउनुहोस आज कुरा गरौ संसारमा आफ्नो अहिंसा अनि समानताकालागी अत्यन्त प्रचलीत अनि अनुकरण गरिएको विचार अनि धर्मको, प्रकृती सँग अत्यन्त नजिक रहेको जैन आदर्श अनि धर्मको ।


आज राम नवमी- असत्यमाथि सत्यका विजय प्रतिक भगवान श्रीरामको जन्म दिन श्रद्धा, भक्ति र आराधनापूर्वक मनाइदैछ । आज देशभरका राम मन्दिरहरुमा भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्दछ । हिन्दू धर्मावलम्बीहरुले भव्यताका साथ राम नवमी पर्व मनाउँदछन् ।


वर्ष २०७३ को संघारमा आईपुगियो । वर्षभरि हरेक नेपालीहरूलार्इ राष्ट्रिय अन्तराष्ट्रिय अनि सांस्कृतीक, मौलीक दिवसहरुको वर्षभरि जानकारी दिने हाम्रो पात्रो अाज चैत्र महिनाको २२ गतेसम्म अर्थात् यस वर्षको चैतेदशैं सम्म आईपुग्दा एकतर्फ गएको वर्षको विदाईको तर्कना छ भने अर्को तर्फ नयाँ वर्षको रौनक चढेको छ ।


घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ ।




आउनुहोस आजको दिनमै परेको एउटा अर्को गहन विषय र दिनविशेष प्रस्तुतीको कुरा गरौ, नृत्य दिवस्को । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो ।


नेपालमा न्यायपालिका स्वतन्त्र भएको दिनको सम्झनास्वरुप आज देशभर विभिन्न कार्यक्रम गरी ६४औं कानुन दिवस मनाइँदैछ ।




पञ्चाङ्गको एघारौं तिथि अनुसार आज चैत्र कृष्ण पक्षको एकादशीलाई पाप मोचिनी एकादशी भनिन्छ । प्रत्येक एकादशीको महत्व अलग-अलग हुने हुँदा पाप मोचिनी एकादशीको पनि निकै महत्व रहेको छ ।


Optional English (120) Principle of Accounting I (124)


Biology (Botany + Zoology ) 114 Teaching Mathematics (138)


Instructional Pedagogy (New Course) 136 Educational Pedagogy (Old Course) 136





हेल्लो हेल्लो, आउनुहोस आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ, हुन्न र ? अहिलेको विश्वमा सबैभ्न्दा वढी बोदिने शब्द हो, हेल्लो । के गाँउ, के शहर ? सबैतीर हेल्लो नबोल्ने कोही छैन्, हेल्लो आजको नारा हो ।


Compulsory Nepali (003) Alternative English (007)


व्यक्तिगत जीवनमा पारिवारको महत्वलाई सम्मान गर्दै आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदैछ । हरेक वर्ष मे १५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।



आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौं, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तराष्ट्रिय नर्स दिवस मनाँउदैछ ।


शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं र त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दु लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं । अहिले नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शंकराचार्य इतिहासमा प्रथम महिला शंकराचार्य बन्नसक्ने प्रबल सम्भावना छ । महिलाहरु डण्डी स्वामी हुन नपाउने तर शंक्राचार्य हुनका लागि डण्डी स्वामी हुन जरुरी भएकाले यस अघि महिला शंकराचार्यको बिषयमा केही विवाद पनि भएको हो ।



परीक्षा नियन्त्रणकार्यालय सानोठिमी, भक्तपुरले वर्ष २०७२ को प्रवेशिका अर्थात एसएलसी (SLC) परीक्षा चैत्र १८ गतेबिहिबारदेखि संचालन गर्दैछ । परीक्षा तालिका अनुसार १८ गते अनिवार्य अंग्रेजी र १९ गते अनिवार्य नेपालीको परीक्षा हुँदैछ


संयुक्त राष्ट्रसंघले सन् २०११ को अप्रिल ११ मा गरेको निर्णय अनुसार हरेक वर्ष अप्रिल १२ तारिखका दिनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रा दिवसका रुपमा मनाउने गरिन्छ ।


होलीकै कुरा गरौ न । काठमाडौका रगं खेलाडिहरु थाके अझ भनौ नेपालको पहाडी, भित्री मधेश अनि मध्य पहाडी भेगमा होलीका खेलाडिहरुले हिजो नै रगं अनि उमगं साटासाट गरिसके अब पालो तराईको, अझ भनौ मधेशको ।


हरेक बर्षको मार्च २४ अन्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । तपाईले इतिहास रच्न सक्नुहुन्छ, क्षयरोग संक्रमण रोकौं भनेर पनि नारामा जोडिएको छ ।


हरेक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । संक्रान्तिको अर्थ सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्नु भन्ने हुन्छ । संक्रान्तिलाई धन र पुन्य कार्यका लागि विशेष दिनका रुपमा लिइन्छ । यसरी बर्षको १२महिना र हरेक महिनाको पहिलो दिनबाट सूर्यले राशि फेर्ने भएकोले प्रत्येक महिनाको सुरुवात फरक फरक नामका संक्रान्तिबाट सुरु हुन्छ ।


संसार अनि सभ्यता अनौठो छ, शुरुशुरुमा ससाना समुह र समुदायमा बस्ने मान्छेहरुले क्रमशः समाज, सभ्यता, भाषा, कृषी, पेशा, शिक्षा, ब्यवसाय, मुद्रा अनि थुप्रैकुराहरु आविष्कार र प्रयोग गर्दै यो सभ्यता आजको २१सौ शताब्दीसम्म आईपुगेको कुरा जगजाहेर नै छ । तर यहि सभ्यताका क्रममा केही असमानता अनि गैरमानवीय चलनहरु पनि भित्रिएको छ, त्यस मध्य एउटा चलन अनि प्रयोग हो, जातीवादी परम्परा ।


२१ अाैं शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको अारोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । पुरानो उखान छ, ''यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता''... अर्थात्, ''जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्" । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ...


हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ ।


विद्याकी अधिष्ठात्री, ज्ञान, विज्ञान र कलाकी साक्षात् देवी,साहित्य, सङ्गीतकी जाज्ज्वल्यवान् दीप्ति- परा एवं अपरा शिक्षा साधक, वाद्ययन्त्रका वादक, शिल्प प्रवीणहरुका आराध्य माता, हिन्दु संस्कृतिकीयुगौंदेखिकी सम्मान्या र सम्पूज्या माता ‘सरस्वती’ को पुजा गर्दै आज श्री पञ्चमी पर्व मनाइदैछ ।


प्रेमलार्इ केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र अाफ्नू मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपार्इ कति माया गर्नुहुन्छ भनेर ? भेट्न संभव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।


माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।


Suyog Dhakal  - Feb 18 2018

फाल्गुन ७, आज प्रजातन्त्र दिवस् । गएको माघमा हामीले शहिद दिवस मनायौ अनि फाल्गुनको आजको दिनमा तिनै विर विरागंना शहिदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउदै छ ।


पौष शुक्ल पूर्णीमाका दिनवाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आजवाट समापन हुँदैछ । आजवाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागी थन्क्याईन्छ, परमेश्वरीको कृपाले उक्त पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् ।


आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो ।


हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालिन पुर्वी पाकिस्तान (हालको बंगलादेश) मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।


फूलपाती पनि भित्राइयो, अष्टमीमा बलि पनि चढाइयो होला, नितान्त पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीको थाप्न तैयारी गरिरहनुभएको तपाई सबैलाई महादशमीको शुभकामना । गाँउगाउमा आज विहानैदेखि एउटा स्वच्छ रौनक छ, नयाँ लुगा लगाएर केटाकेटीहरु यता र उता दौडिदै दैलो दैलो पुगिसके पो होलान् ?


आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ ।


अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि "ह्यूमन प्यापीलोमा" भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।


पद्म पुराणमा सवै प्रकारका एकादशीको महत्वबारे विशेष रुपमा उल्लेख गरिएको पाइन्छ । त्यहि पद्म पुराणमा उल्लेख भए अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षटतिला एकादशी भनिन्छ ।


यसपटकको नयाँ बर्ष सन् २०१८ को प्रथम दिननै पूर्णिमाको दिनमा पर्ने गएकाले पनि यस वर्ष शुभ अनि पूर्णिमाको झै उज्यालो रहने अपेक्षा गर्न सकिन्छ । संयोग पनि कस्तो भने आजकै दिनबाट माघमहात्मे अन्तर्गत 'श्री स्वस्थानी व्रतकथा' को व्रतारम्भ पनि भएको छ ।


भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ ।


आज ६३औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । कुष्ठरोगीसंग भेदभाव नगरौँ, कुष्ठरोगीलाई माया गरौँ, कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर र्याली प्रदर्शन गरिंदैछ । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि र्याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिंदैछ ।


श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । हिन्दु धर्म परम्परा अनुसार यस एकादशीलाई बैकुण्ठ एकादशी पनि भनिन्छ । श्रावण शुक्ल पक्षका अलवा पौष शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ ।


महाकाली नदिको छालदेखि मेची नदिको गहराईसम्म, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म नेपालीपनको भाव, नेपाली हुनुको गर्वमा चमक छाइरहोस् । सन् २०१७ सालमा गज्जबका सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पुरागर्न अगाडी बढ्ने कलात्मक अवसरहरु पाईयोस् । राज्यले पसिना बगाएर कमाउन देअोस् र त्यसरी बगेकाद पसिनाको उचित मूल्य पाईयोस् । यसरी प्राप्त अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् । सन् २०१७ का हरेक दिन मंगलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् । शुभकामना !


हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो । सफला एकादशीको ब्रतको फल ठुलाठुला महायज्ञभन्दा पनि धेरै हुने धार्मिक विश्वास रहेको छ ।


अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।


श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । त्यहि भएर यस एकादशीलाई गीता जयन्तिका रुपमा पनि मनाइन्छ ।


हरेक बर्ष डिसेम्बर ३ तारिखका दिन अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै आएको छ । नेपालमा पनि यस दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुप्रति सरोकारवालाको दायित्वबारे बुझाउन चेतनामुलक कार्यक्रम आयोजना गरिदै छ ।


अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) स्थापनाको स्मरणमा यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । आइकाओ हवाई उड्डयन सुरक्षा तथा अन्तर्राष्ट्रिय उड्डयन नियमन गर्ने अन्तर्राष्ट्रिय निकाय हो ।


अत्यन्त कालो, विशाल अजंग रुप, अंगार जस्तै आँखा, कालै बस्त्र, रूद्राक्षका मोटा-मोटा माला, हातमा फलामको भयानक दण्ड बोकेर कालै कुकुरमाथि सवार हुने मृत्युभय युक्त देवता महाभैरवको आज पूजा गरिंदैछ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ ।


नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामकालागी भारत तथा वैदेशिक रोजगारीकालागि जाने नेपाली यूवाहरुको लश्कर लामै हुने भएकाले अनि ति यूवाहहरुलाई यौनजन्य संक्रमण लगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनिहरु यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरुमा यो संक्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात जन्मेका धेरै एचआईभी संक्रमित बालबालिकाहरु आज पनि हामीमाझ समाजभित्रै छन् ।


Suyog Dhakal  - Nov 20 2017

केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।


बालबालिका अनि बाल अधिकार सम्भवत आजको बिश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि बिषयहरुमा पर्दछ । संयूक्त राष्ट्रसंघ को बालअधिकार महासन्धी लाई आज उदृत गर्न चाह्यौं, यस अनुसार देशको बिशेष कानुनले तोके बाहेक बिश्वव्यापी रुपमा १८ बर्ष या कम उमेरका जनसख्यांलाई बालबालिका भन्दछ ।


हिन्दु धर्ममा एकादशी ब्रतको धेरै महत्वरहेको पाईन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्षभनेको ठूला पापहरुको नास गर्नु हो ।


आजभन्दा ७२ बर्षअघि जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।


हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।


आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गर्ने, अाश्रय दिने तथा खान दिने मान्छेहरुलाई धर्म र पूण्य मिल्ने जनश्रुती छ । मानव समाज र कुकुरहरुको जुन बलियो र पुरानो सम्बन्ध छ आज त्यो सहअस्तित्वको सम्मान तथा अर्चना गरिन्छ । आज घरपालुवा मात्र भनई सडकका कुकुरहरुलाई पनि माला पहिर्याएर,अबिरको टिका लगाइदिएर अनि खान दिएर पूजा गरिन्छ ।


आज अक्टोबर १७, अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस । यस बर्ष "गरिवी र विभेद अन्त्यका लागि जुटौं, दिगो भविष्य निर्माण गरौं" भन्ने नाराका साथ मनाईंदैछ । यो दिवस राष्ट्रसंघीय बैठकको प्रस्ताव नम्बर ४७/१९६ पारित भएपछि सन् १९९३ देखि मनाउन थालिएको हो । यो दिवस मनाउनुको मुख्य उदेश्य चैं चरम गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धि जानकारीहरु विश्वभर आदानप्रदान गर्नु रहेको छ ।


आज सोह्र श्राद्धको अन्तिम दिन अर्थात आश्विन कृष्ण पक्ष औंसीलाई सर्व पित्री मोक्ष औंसी भनिन्छ । आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकहरुको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।


पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमा पछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ ।


संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लार्इ अाफ्नो सन्तानको सुख, अानन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलार्इ जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ ।


Suyog Dhakal  - Sep 19 2018

काठमाडौं एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल प्राचिन सम्पती भएको छ ।


बकर इद मुस्लिमहरुको एक महान पर्ब हो। बकरी ईद आजभन्दा चार हजार वर्षपहिला हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका कुर्वानीको सम्झना स्वरूप मनाइने पर्व हो। यही दिन देखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुने गर्दछ।नेपाल सरकारले बकरी इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ। यस दिन बिहान सबैरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ।


आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुकोउद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिकप्रचलन रहेको छ । प्रतिपदा तिथीदेखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिनपितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमाचोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृलेआफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने रचित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।


आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवसमनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् ।


हरिपरिवर्तिनी एकादशीलाईजयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीकोब्रतभन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ ।


भाद्र शुक्ल चतुर्थी अर्थात मंगलमुर्ति श्रीगणेश भगवान् जन्मिनु भएको दिनकारुपमा आज विविध धार्मिक कार्यक्रमका साथ गणेश चतुर्थी मनाईदैछ । काठमाडौं लगायतकादेशका प्रमुख गणेश मन्दिरहरुमा आज शिव–पार्वती पुत्र गणेशको जन्मोत्सव पुजा आराधनागर्दै मनाईन्छ । यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन छ ।


"यी छोराछोरी बढलान, कमाई गर्लान, दुधभात देलान मलाई" भनेर हरेक आमाबावुले आफ्ना छोराछोरी सँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी वन्ने उत्कट चाहना र आधा राम्रो बुवा-आमा वन्ने अभ्यासमैं वित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-अामाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि ।


प्रत्येक बर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ | यो दिवस सन् १९२३ बाट मनाउन शुरु गरिएको हो | बिश्वमा सहकारीका माध्यमले सामाजिक, आर्थिक रुपान्तरण भएका थुप्रै उदाहरण छन् | खाश गरी कृषिका बिविध पक्षहरुमा यसको उल्लेख्य भूमिका अग्रणि छ | ब्यावसायिक खेति, दुग्ध उत्पादन र प्रशोधन, सहकारी उद्योग, बैंक एवं बित्तिय संस्थाहरुको उल्लेख्य भूमिका अतुलनीय छ |


सन् २०१८ मा विश्व समुदायले १८ औं विश्व शरणार्थी दिवस मनाँउदै छ । ससाना समुदाय, कबिला या समुहमा बस्ने मान्छे अब भौगोलिक रेखाभित्रका देश अनि सिमाभित्र बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक आदि ।


योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् ।


Suyog Dhakal  - Jun 01 2018

माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।


जुलाइ २ तारिख अर्थात विश्व खेलकुद पत्रकार दिवस | सन् १९२४ मा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनका लागि द ईन्टरनेशनल स्पोर्टस् एण्ड प्रेस एशोशिएसन गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आव्हानमा हरेकवर्ष जुलाई २ तारिखमा यो दिवस मनाउने गरिएको छ | विश्व खेलकुद पत्रकार दिवस अन्र्तराष्ट्रिय स्तरमा मनाउने गरिएको छ |


हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभर्इ लड्नकालागि विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास अाउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ अाैं शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनाैति हो ।


अक्टोवर २ अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागी असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएको छ, हिंसात्मक कार्यहरुलाई सस्थागत रुपमा अभ्यास गरिने गिरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छ भने अर्कोतर्फ हिंसाका विरुद्ध वोल्न, लेख्न अनि अभिब्यक्तगर्नसक्ने आवाजहरुको कमीले निम्त्याएको मौनताले गर्दापनि हिंसात्मक तत्वहरु उत्प्रेरित भएका हुन ।


एउटा सत्यकथा वाट आज शुरु गर्न जाँदैछौ हाम्रो आलेख । दुईपाँग्रे दुर्घटनामा घाईते भएकी स्मृती को आन्तरिक रक्तश्राव भई तत्कालै अपरेशन गर्नकालागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकैफेर ५ पिन्ट रगत पाउन मुश्किल र यता मान्छेको ज्यानको खतरा ।


अन्य बर्षहरु झै यस बर्ष पनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलार्इ सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।


घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि बिभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैब हुने गर्दछ । बास्तवमा संसारले प्रेमलाई झैं मित्रतालाई पनि आफ्ना साहीत्य, कला अनि कथनहरुमा उत्तिकै महत्व दिएको छ, मित्रताका बारेमा धेरै चलचीत्र, गीत, कथा अनि कविता कथीएका छन् ।


मच्छरको टोकाईवाट सर्ने एउटा अत्यन्त खतरनाक रोग, औंलो विरुद्धको दिवस संसारभरि २५ एप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौको ज्यान लिएको यस रोगका वारेमा केही वात मारौ आजको दिन विशेष वार्तालापमा ।


अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो ।


आजभोली धेरै नेपालीको भान्सामा आलु पाक्न छाडेको छ, भातको साटो मकै या पिठोको राटी पाक्दछ, विहानै उठेर योग साधना र मर्निङ्ग वाक गर्ने जमात बढ्दो छ किनकि सबैलाई मधूमेहबाट जोगिनु छ, स्वास्थ्य रहनु छ अनि आफ्नो तौल थोरै कायम गर्नु छ । मानव सभ्यताको विकाससंगै स्वास्थ्यसंग सम्बन्धित प्राचिन दस्तावेजहरूमा रेविज, हैजा, झाडापाखाला, कुष्ठरोग, क्षयरोग आदिले सभ्यता र मानवस्वास्थ्यमा धेरै नकारात्मक असर गर्नुको साथै मृत्यूको संख्यालार्इ समेत बढाएका प्रमाणहरु छन् । पछिल्ला समयमा एच आई भी एड्स, हेपाटाइटीस, मधूमेह, ईवोलाजस्ता नयाँ रोगहरु साथै एकफेर उन्मुलन भइसकेको औंलो र इन्सेफ्लाइटीसजस्ता रोगहरुको पूर्नप्रकोपले पनि मानवजनलाई अकालमै मृत्यूवरण गराइरहेको छ ।


आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कार्वाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।


हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको हो


प्रत्येक वर्ष जुन १७ तारिखका दिन बिश्व खडेरी रोकथाम दिवस मनाउने गरिन्छ | बिश्व खडेरी रोकथाम दिवस सन् १९९५ देखि मनाउन शुरु गरिएको हो | विश्वमा पर्न जाने खडेरी र यसबाट पर्ने असरको बारेमा जनचेतना जगाउने उदेश्यले यो दिवस मनाउन शुरु गरिएको हो | सन् १९९४ मा सयुंक्त राष्ट्र संघले जुन १७ लाइ बिश्व खडेरी रोकथाम दिवस को रुपमा मनाउने घोषणा गरेको हो |


बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन् होटलमा खाना पस्किंदै छन्, ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाँया खोज्दैछन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ त ?


भदौ १५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि.सं. १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो।


जीबनमा परिवारको महत्वको स्मरण गर्दै हरेक बर्ष मे १५ तारिखका दिन परिवार दिवस मनाउने गरिन्छ | संयुक्त राष्ट्र संघले सन १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेपछि विश्वभर परिवार दिवस मनाउन सुरु भएको हो । व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्र संघले शुरु गरेको अभियानलाई निरन्तरता दिंदै सन् १९९५ देखि हरेक वर्ष मे १५ तारिखमा परिवार दिवस मनाउने गरिएको छ |


घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्युनिकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उदेश्य हो ।


सन् १९८९ बाट हरेक बर्ष बिश्वभरिका जनसख्याँका मुद्धाहरुलाई सम्बोधन गर्ने हेतुले बिश्व जनसख्याँ दिवस हरेक बर्षको जुन ११ मा मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन बिश्वको जनसख्याँ करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन सम्मीटले यस दिवस मनाउने घोषणा गरेको हो । अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ ।


आज अक्टोबर १४, नेपाल सहित विश्वभर ४६औं गुणस्तर दिवस मनाईंदैछ । बेलायतको लण्डनमा सन् १९४६ मा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनले गुणस्तर सम्वन्धि काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइएसओको निर्माण गर्ने निर्णय गरेको थियो । त्यहि दिनको सम्झनामा सन् १९७० देखि अक्टोबर १४ मा यो दिवस विश्वभर मनाउन थालिएको हो ।


प्रत्येकबर्ष बैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउने गरिन्छ | किराँत धर्माबलम्बीहरुकोमहागुरु फाल्गुनानन्द लिङ्देनले वि. सं. १९८८ साल बैशाख २४ गते किराँतहरुको बृहत्सभा गरी सातबुँदे सत्यकर्म मुचुल्का पारित गराएको दिनलाई किराँतहरुले समाज सुधारदिवसको रुपमा मनाउने गरेका हुन् | किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको भनाईहरुलाईसाथमा लिएर किराँत समाज सुधार दिवास मनाउने गरिन्छ |


कानुन दिवसमा यस वर्षको न्यायलयको दलिन केही फरक छ, नेपाली परिवेशको कानुनी र राजनैतिक गतिविधी केही अस्थिर भएकै हो । नेपालको ईतिहासमै प्रथमपटक स्वतन्त्र न्यापालिकाकी पहिलो महिला नेतृ एवं प्रधानन्याधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेश गरिएको थियो ।


डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।


हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाैं । उनको सुमधूर ब्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं, चाहे तपार्इ जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध काैशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।


तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।


स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले "निजामती सेवाको सपना, समृद्ध नेपालको रचना" भन्ने नाराका साथ आज १२औं निजामति सेवा दिवस मनाउँदैछन् ।


 - Aug 26 2018

यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ ।


रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।


पछिल्लो समयमा नेपाली राजनैतिक पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रम अनि राजनैतिक स्वार्थअनुरुप शहिदहरु तोक्ने अनि खुद्रारुपमै शहिदहरुको फेरिहिस्त तैयार गरिदिएकोमा धेरै जनगुनासोहरु सुनिएको छ । स्वतन्त्रताले अनि सार्वभौमिक्ताको अनुपम अट्टाहसमा मुस्कुराईरहेका हरेक नेपाली अनुहारमा शहिदहरुको अनुहार मुस्कुराईरहेको हुन्छ । हिमाल, पहाड अनि तराई सबै तिर शहिदको रगतको रङ्गहरु माटामा मिसिएका छन्, नेपाली आकाशमा उनिहरुको सपना छ अनि नेपाली प्रजातन्त्रीक अभ्यासमा शहिदहरुको निस्वार्थ वलिदान अतुलनीय छ ।


ल्होछार अर्थात ल्हो भन्नाले नयाँ अनि सार भन्नाले वर्ष , आउनुहोस् आजको यो २८५४ औं सोनाम ल्होछारको उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।


Suyog Dhakal  - Jul 30 2018

रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो बिशेष दिनलाई खिरको स्वादले अझै स्वादिलो बनाउँछ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु भएकाले लैनाे गाई र भैंसीहरुले प्रशस्त दुध दिने गर्दछन्, दुधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने धारणा छ ।


एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन 'भगवान इन्द्र' का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।


Suyog Dhakal  - Jul 08 2017

अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।


आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ मनाउने गर्दछन् । संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिब्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।


ल हामीसबैलाई क्रिसमसको शुभकामना छ, मेरि क्रिसमस् है । संसारभरि आज भब्यतापूर्णरुपमा इसाई समुदायका मान्छेहरुलगायत प्रत्यक्ष परोक्षरुपमा धेरैजनाहरुले क्रिसमस मनाँउदछन् , संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन आजको दिनमा मात्रै सार्वजनिक विदा हुनेगर्दछ ।


अनि जाडो त शुरु भयो त ? दराज, सुटकेश अनि बाकसबाट न्यानो लुगाहरु झिक्नुभयो त ? अब न्याना पहिरनहरूको प्रयोगबाट ज्यान तताउने समय अायो । नियमित गलबन्दि, जुत्ता मोजा, पञ्जा अनि टोपी लाएर हिंड्ने समय हो यो । अब तपाई हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा बसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भने पनि नेपालको सिरेटो, स्याँठ, विहान झर्ने शित, हरीयो मौलाएर सुख्खा बनेको दूबोको शिखाहरु अनि बारीमा रोपिएका आलुका ड्याङ्ग, पिंडालुका गाभा, घ्यू सिमीका लहराहरु अनि भर्खरै धान काटेर गहुँका हरिया गहुँवारी, कोदाका वाला अनि मसुरोका दालका आलीहरुले तपाईंहरुलाई सम्झिंदैछन् । पारिलो घाम प्यारोलाग्ने यस महिनामा एउटा विशेष चाडले आज हाम्रो दैलो ढकढक्याएको छ । आज 'वाला चतुर्दशी' आउनुहोस् आजको यस दिन विशेषको ब्याख्या गरौं।


 - Sep 13 2018

तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछिको हिजोको एकदिन विट मारेर फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो 'ऋषि पञ्चमी' ।


 - Sep 06 2016

आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूवाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएक भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुतउन्मुख चरित्रमा हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।


आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ ।


अनि कस्तो भयो त यस पटकको दशैं? पक्कै पनि रमाइलो भयो होला ! हामीमध्ये धेरैजना पुनः एकपटक जीवनयापनका नियमीत कार्यमा फर्किसक्यौं होला ! घरको सुखद यात्रा र भेटघाटका रमाइला क्षणलार्इ सम्झनाको कोशेली बनाउँदै अा-अाफ्नो पढाई, काम या ब्यवसायीक जिम्मेवारीमा थप उर्जाका साथ जुट्दै गर्नुस्, अघि बढ्दै गर्नुस् । दशैं सक्कियो भनेर केटाकेटीहरुमा खिन्नता आएको हुन सक्छ, या दशैंमा यत्ति दक्षिणा कमाए भन्ने हिसाबकिताब केटाकेटीले खोज्न सक्लान ! उनरूका प्रस्नको जवाफ दिन तयार रहनुहोला । जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसोसँगै राती शीत पनि पर्न थालेको छ, अर्थात् मनशूनले पनि देशबाट विदा लिएर गइसकेको छ र कठ्यांग्रिदो जाडो ल्याउन बद्लिंदो माैसम सक्रिय छ । अबको चिसोलाई कम नआँकौ, विशेषतः केटाकेटी, बुढापाका, सुत्केरीहरूको स्याहारमा विशेष ध्यान दिअाैं । न्यानो शुभकामना ।


नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ ।


हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ ।


यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज भाईटिका । विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरुभइसक्यो होला, दिदीवहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजूभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?


सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व बैज्ञानीक रहेका हुन्छन् । छठ पर्व पनि सूर्यदेवको अनुष्ठान नै हो , हरेक मानव ले जन्म देखि मृत्यूपर्यन्त देख्ने बिशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्य संगको मानवको सहअस्तित्वलाई छठ ले सास्कृतीक पृष्ठभूमि दिएको छ ।


दशै, तिहार, छठ लगायत पर्वहरुले गाँसेर गएका रोमाञ्चक अनि उल्लासमय पर्वहरुको समापनसंगै ठूला पर्वहरू पनि घट्दै गएका छन् । यसबिच हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।


त्रेता यूगमा आजैको दिन अयोध्या वाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई बिवाह गर्नुभएको तिथी मानिन्छ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् अाजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।


 - Feb 13 2018

यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट शुरु गर्यौं आजको विशेष शब्दहरू ।


होली हो... नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना । फागू, होली, फागू पूर्णे आदि यस चाडका थुप्रै नामहरु छन् । मिल्ने भए तपाईको मोबाईल स्क्रीनवाटै पिचिचि पारेर हामी नेपालको चिसो अनि निर्मल पानीका केही थोपाहरु छ्यापी दिने थियौ । आनन्द अनि उत्साहको यो बसन्त क्रृतुको चाडमा आफ्ना लागी केही समय निकाल्नुहोला, आफन्तजनलाई भेट्नुहोला या सन्देश अनि फोन गर्नुहोला, जहाँ हुनुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रंगले अनि उत्साहले तपाईलाई छोओस्, छुनैपर्छ । होलीका वारेमा नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतीहरु अनि गीतहरु रचना गरिएका छन्, परापूर्व काल देखि चलिआएको यो पावन पर्वको कृपाले हामीसबैका श्यामस्वेत सपनाहरुले रगं पाउन्, उमगं पाउन् अनि नयाँ ढगं पाउन् ।


आजको दिन हनुमान ढोकास्थित तलेजु भवानी मन्दिरको दशैं घरमा ५४ वटा राँगा र ५४ वटानै बोकाको वलि दिइन्छ । काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ । त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्ता मार्इ, गहवा मार्इ, केहुनियास्थित विन्दवासिनी मार्इ, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ्ग जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।


फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशाैं दिन अर्थात् महादशमीको शुभकामना ।


तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी-भार्इ, दाजू-बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो । साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अाजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।


उपलब्ध भएसम्म हरियो गोबरले आँगन सफासुग्घर अनि चट्ट पार्नकालागि गार्इको गोबरले लिप्ने गरिन्छ । कमेरो माटोले या राता माटाले भित्तापोतेको घर अनि हरियो गोबरले लिपेको तर पूरापूरी ओभानो नभइसकेको आँगन, बालिएका दियोहरु, झलमल्ल आँगनको प्रवेशद्वार, भान्सामा पाकेको सेलरोटीको एकतमासको मिठो गन्ध अनि प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।


गोबरधनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।


नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी अाफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।


हिँउदको बेलामा विहान पत्तो नपाईकनै काममा जाने समय भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आज शनिबार र मुख्यतः अाजको नेपालमा सार्वजनिक विदा हुने गर्दछ । विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज माघे संक्रान्तिको तयारी पनि त गर्नु छ, कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे संक्रान्तिको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।


ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा एकजना बालकको जन्म भएको थियो, आज विश्वले तिनलाई अनि तिन्को आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी यिनै बालकल संसारका गुरु हुन्, २५०० वर्ष भन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ, आउनुहोस् आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौ ।


संसारको सबैभन्दा पवित्र नाता, आमा संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा


 - Sep 11 2018

अाजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।


संविधानसँगको धेरै कुराहरुमा अनावश्यक नेपाल अामालार्इ दुःखि बनाएको विगत बिर्षिएर स्वस्थ साँस अनि खुशी, सुखी अाफ्ना सन्तानले काँधमा काँध थापी विकास सहकार्यमा अघि बढ्दै गरेको देखाउनु छ । के मद्येशी, के पाहाडी, के हिमाली, के शुद्र, के ब्राम्हण, के जनजाती, के कालो, के गोरो सबैलार्इ एकताको सुत्रमा बाँध्नसक्ने नेपाल अामाको यो अाङ्गन झन रङ्गीन अनि बलीयो बनाउनसक्ने हिम्मत राष्ट्र अभिभावकलार्इ प्राप्त होस्, सीमाना सुरक्षित बनाउनु छ, सबै नेपालीजनमा हामी एक थियाैं, छाैं र अनन्त एक भर्इ रहिरहनेछाैंः


Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.5
  • 116.1
  • European euro
  • 134.9
  • 135.6
  • UK pound sterling
  • 151.72
  • 152.51
  • Swiss franc
  • 119.23
  • 119.85
  • Australian dollar
  • 83.73
  • 84.16
  • Canadian dollar
  • 89.13
  • 89.6
  • Singapore dollar
  • 84.26
  • 84.7
  • Japanese yen (10)
  • 10.28
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.85
  • 16.94
  • Saudi Arabian riyal
  • 30.8
  • 30.96
  • Qatari riyal
  • 31.72
  • 31.88
  • Thai baht
  • 3.56
  • 3.58
  • UAE Dirham
  • 31.45
  • 31.61
  • Malaysian ringgit
  • 27.88
  • 28.02
  • Korean Won (100)
  • 10.29
  • 10.34
  • Swedish Krone
  • 12.99
  • 13.05
  • Danish Krone
  • 18.08
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम