'माघ स्नान' आरम्भ | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

'माघ स्नान' आरम्भ




माघ स्नानले हामीसबैको मनमा भएको पीर, कष्ट अनि कटुतालाई बगाएर स्वच्छता, सहजता अनि आनन्दको प्रवाह गरोस् । मान्छेको हृदय अनि नदिका सतह दुबै स्वच्छ बग्न पाउन्, मेची देखि महाकाली सम्मका नदि अनि तिनका बेगमा नेपालीपना प्रवाह होस् ।



पौष १८ बिसं २०७४ साल

हुन त आज पौष १८ गते हो तथापि वैदिक सनातन संस्कारमा भने आजबाट माघे स्नान शुरु भएको भन्ने चलन छ । तिथी अनि गते दुईवटा फरक मापन हुनेगर्दछ र तिथी र गतेको गणना फरक पर्न सक्दछ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट अर्थात हिजोबाट स्वस्थानी व्रतकथा शुरु भएको छ भने त्यसको दोश्रो दिनबाट माघे स्नान शुरु भएको छ ।

श्री स्वस्थानी व्रतकथा महिनाभरिनै माघे स्नान अर्थात मकर स्नानको विशिष्ट महत्व रहन्छ । हुन त केवल माघे संक्रान्तिका दिनमा खोलाको दोभान या त्रीवेणीमा गएर नुहाउनुलाई मकर स्नान भनिन्छ, पौष शुक्ल पूर्णिमाबाट माघ शुक्ल पूर्णिमासम्म वाचन गरिने स्वस्थानी महिनाभरिनै मकर स्नानको महत्व रहन्छ । यस पौष र माघ शुक्ल पूर्णिमाका समय अवधिमा नदि किनारमा गरिने पवित्र माघे स्नानका लागि नेपालभरि बिभिन्न ठाँउमा भक्तालुहरुको भीड रहने गर्दछ । पर्वतको त्रीवेणीधाम, गुल्मिको रिडी, सुनसरीको बराह क्षेत्र, कोकाह कौशीका संगम, काठमाण्डौको शाली नदि लगायतका क्षेत्रमा माघे स्नान गर्नेहरुको अत्याधीक भिड रहन्छ ।

यसरी माघे स्नान गर्न नदिहरुमा यस महिनाभरि ऋृषि अनि देवताहरु पनि आउने विश्वास गरिन्छ । यसरी चिसो मौसमका वावजुद पनि वैदिक सनातन संस्कारमा विश्वास राख्ने लाखौं श्रद्धालु भक्तजनहरुले नदिमा गएर पवित्र स्नान गर्दछन् । यसो गर्दा फूल, नैवेद्य लगायत अविर केशरी अनि दक्षिणा चढाउने, सिदा दान गर्ने अनि बत्ति बाल्ने चलन पनि रहन्छ । कत्तिले त यसै समयमा लाखबत्ति बाल्ने भाकल पनि गरेका हुन्छन् र धेरै जसो लाखबत्ति स्वस्थानी व्रतकथाको अन्त्य हुने माघ शुक्ल पूर्णिमामा बाल्ने चलन छ ।

माघ स्नानले हामीसबैको मनमा भएको पीर, कष्ट अनि कटुतालाई बगाएर स्वच्छता, सहजता अनि आनन्दको प्रवाह गरोस् । मान्छेको हृदय अनि नदिका सतह दुबै स्वच्छ बग्न पाउन्, मेची देखि महाकाली सम्मका नदि अनि तिनका बेगमा नेपालीपना प्रवाह होस् ।

स्वस्थानी ब्रतकथाका अडियोहरु श्रवण गर्न हाम्रो पात्रोको साथै रहनु होला, यस बर्षको पवित्र माघे स्नान अनि स्वस्थानी महिमा महिनाले सबैको कल्याण गरोस् ।

----
हाम्रो पात्रोकालागि सुयोग ढकाल
तस्बिर श्रोतः
रातोपाटी



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.