ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व औंलो दिवस / महाभुकम्पको संझना




मलेरीयाका किटाणुहरु शरीरमा प्रवेशगरेपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै किटाणूले मूल रक्तप्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।


औंलो दिवस् बिशेष अडियो सामाग्री

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग 'औंलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ लागाै । एनोफेलिस लामखुट्टेको टोकाईबाट अाैंलोको संक्रमण मान्छेमा सर्नेगर्दछ । सन् २०१५ को अध्यन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ । 

आशालाग्दो कुरा के हो भनें समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापी विकासोन्मुख देशका नागरीकहरूमा यसबारे देखिएको चेतनास्तरको कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्यूको संख्या आशातित घट्न सकेको छैन् ।

मलेरीया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरीया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालवालिका, गर्भवती आमाहरु, एच.आई.भी. संक्रमितहरु तथा जमेको पानी वरपर बस्ने समूदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरु यस रोगको उच्च जोखिममा रहन्छन् ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्यन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।

मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै अावश्यक अाैषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ । घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलार्इ व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।

भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमैं खोप लगाउन जरुरी छ, मलेरीयाका किटाणुहरु शरीरमा प्रवेशगरेपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै किटाणूले मूल रक्तप्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।

सन् २००७ मा तात्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशको नेतृत्वमा हरेक वर्ष एप्रिल २५ लाई मलेरिया दिवसको रुपमा मनाउने क्रम शुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ-सस्था अनि कर्मचरीहरुले विभिन्न कार्यक्रम मार्फत् तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको अायोजना गरेर सू-सूचित गर्नेगर्दछन् ।

अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौं, घर वरपर सफा राखौं, स्वास्थ्य संस्थामा जाँच गराऔं अनि बाहिर बस्दा शरिर पुरै ढाक्ने पुरा कपडा लगाऔं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं । 


महाभुकम्पको संझना
  
 
बिसं २०७२ को बैशाख १२ को भुकम्पको त्रास हाम्रो मनमष्तिष्कमा अझै कसैकसै रुपमा बसेकै छ । घरबाहिर गाडी दौडदा घर केही हल्लिएको अनुभव भएमा मात्रै पनि त्रासले हामीलाई अताल्लीन बाध्य पार्न छाडेको छैन ? लडेको धरहरा अनि चर्केका भित्ताहरु उस्तै छन् तर भुकम्प गएको भने आज ३ बर्ष पुरा भएको छ । र ३ वर्ष पुगेको छ भुकम्प पिडीतको त्रिपालको वास अनि सिरेटो र बाछिटाका कथाहरुको पनि ।
हजारौंको ज्यान लिने गरि आएको त्यस महाभुकम्प अनि पराकम्पमा प्रकृतीसंग मानव संरचनाहरुले घुँडा टेकेका थिए अनि मानवको समबन्ध र आँक घरका तल्ला हैन मनको सन्तोकले गरेको थियो । अहिले केवल ३ वर्ष पनि नभइकन पून उस्तै संरचना अनि निर्माणको बेथिती देख्दा भने हामीले कति सजिलै अनि छिटै महाभुकम्पलाई भुल्यौं भन्ने पनि भान हुन्छ ।
भुकम्पको नाश, बियोग अनि ज्ञान सबैकुरालाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी देखिन्छ । 

दरबार स्क्यावर हरु अझै पनि निर्माणकै क्रममा छन् भने काष्ठमण्डप अब ठडिएला नठडिएला भन्ने प्रश्न सबैको मनमा छ । बिसं २०७२ को भुकम्पले केवल संरचना मात्र बिगारेन तर हाम्रो पहिचान अनि एतिहासिक धरोहरलाई पनि उत्तिकै नाश गरेको छ । काष्टमण्डप जसको नामवाट काठमाडौं शहर रहन गयो त्यही संरचनानै एकपलमा धुलोपीठो बनाएको भुकम्पले धरहरालाई पनि ढालेको थियो । काष्ठमण्डप अनि धरहरा बिनाको बुचो राजधानी आजसम्म पनि शहरवासीसंग आफ्ना पहिचान र मौलिकताको धरोहरको पूर्ननिर्माणको आशामा छन् । 

नेपाल भुकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो, भुकम्पीय जोखिमको उच्चता भएपनि जोखिम न्यूनीकरणका लागी भने खासै पहल भएको पाँईदैन् । भुकम्प कुनै जनाऊ दिएर आँउदैन् तसर्थ अबका दिनमा भुकम्पीय बिनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाई अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ । 

अब यस वर्ष भने लडेका घरहरु उठुन्, धरहरा लगायत एतिहासिक संरचनाले स्वरुप पाउन अनि भुकम्प पिडीतका पालमुनी आशाको सञ्चार होस् भन्न चाह्यौं । प्रकृतीसंग सामना गर्न नसकेतापनि आउने जोखिम न्यूनिकरणका लागि सबैजना सचेत हुन सकौं । यसअघि ९० सालको भुकम्पका कथाहरु अब ७२ सालका कथाहरुले प्रतिस्थापीत गरेको छ, स्मरण रहोस् जमिनमुनीका प्लेटहरुको चलायमानताका कारणले आँउदा पुस्ताले पनि भुकम्पको जोखिम सहन गर्नै पर्ने छ । भुकम्पलाई टार्न नसकेपनि यसको जोखिम न्यूनिकरणका लागि सबैजना लागि परौं, आजको दिनमा ति ज्ञात अज्ञात मृतआत्माहरुलाई पनि श्रद्धासुमन अर्पण गर्न चाह्यौं जसले भुकम्पमा ज्यान गुमाउनु भयो । लडेका धरिन, बलेसी, भत्केका चुलाचौका अनि संघारहरु पून उठुन् । बैशाख १२ बिसं २०७२ को संझना ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.52
  • 109.12
  • European euro
  • 127.8
  • 128.51
  • UK pound sterling
  • 146.25
  • 147.06
  • Swiss franc
  • 108.76
  • 109.36
  • Australian dollar
  • 81.53
  • 81.98
  • Canadian dollar
  • 84.25
  • 84.72
  • Singapore dollar
  • 80.81
  • 81.26
  • Japanese yen (10)
  • 9.8
  • 9.85
  • Chinese renminbi (Yuan)
  • 17.01
  • 17.1
  • Saudi Arabian riyal
  • 28.94
  • 29.1
  • Qatari riyal
  • 29.8
  • 29.97
  • Thai baht
  • 3.37
  • 3.39
  • UAE Dirham
  • 29.54
  • 29.71
  • Malaysian ringgit
  • 27.32
  • 27.47
  • Korean Won (100)
  • 10.04
  • 10.09
  • Swedish Krone
  • 12.4
  • 12.46
  • Danish Krone
  • 17.15
  • 17.25

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम