ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

वन उपभोक्ता दिवस / विश्व बुवाआमा दिवस




वन उपभोक्ता दिवस बिशेष अडियो सामग्री

वनै खायो डढेलोले मनै खायो त्यही मोरीको पापी मायाले 
तिरिरि मुरली बज्यो वनैमा 
वनमा फूल्यो फूल 

यि कालजयी नेपाली लोकभाकाहरु नेपाली जिवनशैली अनि नेपालीपनाका पर्यायहरु हुन् । नेपाली जिवन अनि रहनसहन वन बिना अपुरो छ, त्यसैले त होला यी वनहरु बिना नेपाली मनहरुलाई छुन नसकिने । वस्तुभाउ चराउन देखि घाँसदाउरा अनि स्याउला ल्याउन, पिरती लाउन देखि जडिवुटीसम्मकालागी नेपाली रहनसहनको आधार यिनै वन अनि डाँडाहरु हुन् । आउनुहोस यहि वन अनि वनको संरक्षण लगायतका कुराहरुलाई सुत्र वनाँउन चित्त परेको छ आज जेठ १८ अर्थात वन उपभोक्ता दिवसका दिन् । 

अधिकांश नेपाली गाँउहरुमा एउटा ठूलो रुख नि त्यसको छहारीमा नेपाली पुस्ताहरुले आफ्ना जिवनरेखा कोरेका छन् । वच्चामा हुँदा लुकामारी खेल्ने, रुख चढ्ने अनि लड्ने कथाहरु हामीमध्य धेरैको छ । ति ठूला रुखहरु भने उहिले त्यस ठाँउमा वन रहेको वेला देखिनै भएको कुराहरु सुनिन्छ । धेरैजसो नेपाली गाँउहरु पहिले वन रहेका अनि बस्ती वढाउन फडानी गरिएका प्रमाण यस्ता रुखहरु अनि ईतिहाँसले देखाँउदछ । मान्छे, चरा अनि जनावरहरुको साझा थलो यस्ता रुखहरुको कुञ्ज अर्थात वन लाई संरक्षण गर्नु हामीसबैको जिम्मेवारी हो है । 

तपाँईहामीमध्य कतिजनाले कतिपटक वृक्षारोपण गरेका छौ ? कतिवटा रुखलाई हुर्काएका छौ ? वोटविरुवामा पानी हालेर हुर्काउनसक्नु पनि मानविय दायित्व हो, आजको दिनले यस्ता कुराहरु पनि उठाँउदछ । हामीसबै वनका उपभोक्ताहरु हौ, यो या त्यो ढगंमा वनका हामीसबै आश्रित छौ । वनश्रोत बिना मानवीय आवश्यकताहरु पुरा हुन सक्दैनन् । नेपालमा वनमा रहेको निर्भरताका कारण चाप पनि निकै छ । दाउरा जस्ता काष्ठ पैदावारहरु इन्धनका लागि प्रयोग गर्ने उपभोक्ताहरु उत्तिकै छन् । त्यसैगरी जडिबुटी लगायतका अन्य वनजन्य वस्तुहरु गैरकाष्ठ वन पैदावारका रुपमा प्रयोग गरिन्छन् । सुस्तरि मानव विकासक्रम, वढ्दो आवश्यक्ता अनि शहरीकरणले गर्दा वनहरुको अतिक्रमण अनि अराजक प्रयोग वढदै गएको छ । 

कानुनतः वन ऐन २०४९ अनुसार पूर्ण वा आंशिक रूपमा रूखहरूले ढाकिएको क्षेत्र ‘वन’ हो । यस परिभाषा अनुसार वनले घेरिएको वा वन छेउछाउका पर्ती वा ऐलानी जग्गा, वनभित्रको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत वन हो । वन पैदावार भन्नाले रूख, वनस्पति, पशुपन्छिका अलावा चट्टान, माटो, ढुङ्गा, गिट्टी, बालुवा समेतलाई जनाउँदछ । विश्व मानचित्रमा केवल ४ दशमलव ३० प्रतिशतमात्र वन भुभाग रहेकोमा नेपालको भने कूल क्षेत्रफलको लगभग ४० प्रतिशत वन ले ढाकेको छ, वनको अधिकांश क्षेत्रफल भएकाले पनि नेपाललाई हरियो वन नेपालको धन उखानले पुस्तौ देखि सम्वोधन गर्दै आईएको छ । 

वन श्रोतको उपभोग तथा व्यवस्थापनका दृष्टिकोणले नेपालको वनलाई सात प्रकारले वर्गिकरण गरिएको पाइन्छ । जसमा राष्ट्रिय वन, धार्मिक वन, निजी वन, सामुदायिक वन, कवुलियति वन र आरक्ष तथा निकुञ्जरसरकारद्वारा व्यवस्थापन गरिएका वन पर्दछन् । यि सात प्रकारका वनमा एकसय ८९ प्रकारका पारिस्थिक प्रणाली कायम रहेकाछन् । नेपालमा भौगोलिकताका दृष्टिकोणले वनलाई ६ भागमा वर्गिकरण गरिएको छ । साल, अस्ना, कर्मा, खयर, सिसौं, सिमल लगायतका वनस्पति पाइने वनलाई उष्ण वन भनिन्छ । त्यसैगरी खोटे सल्ला, चिलाउने, कटुस, उत्तिस, टुनी, सिरिस आदि वनस्पति पाइने वनलाई उपोष्ण वन भनिन्छ । सानो फलाँट, ठूलो फलाँट, बाँझ, गोब्रे सल्ला जस्ता वनस्पतिको वनलाई समशितोष वन भनिन्छ । बाँझ, गुराँस, गोब्रे सल्ला, ठिंग्रे सल्ला, देवदार आदि पाइने वनलाई शितोष्ण वन भनिन्छ । त्यसैगरी सब अल्पाइन वनमा बुंगे सल्ला, गोब्रे सल्ला, भोजपत्र, गुराँस, धुपि आदि वनस्पति र अल्पाइन वनमा झाडीदार धुपी र गुराँसका प्रजातिहरु पाइन्छन् । 
वन विना मानव अस्तित्वको आधार हुँदैन्, पर्यायवरणका पहरेदार वनको संरक्षण भनेकै वन उपभोक्ताको चेतनास्तरको जागरण हो । वनको संरक्षण गर्न सके वातावरणीय अनि प्रतिकुल मौसमको समस्या लगायत प्राकृतीक विपत्तिहरुवाट पनि रक्षा हुन्छ । 
वनप्रती माया रहोस्, डढेलो नलागोस् अनि वृक्षारोपण हामीसबैको जिम्मेवारी हो । 
जरा, रुख, हाँगा अनि वुट्यानहरुको संरक्षण होस् 
सबैजनालाई शुभकामना 


विश्व बुवाआमा दिवस

 


यो छोरा बढ्ला कमाई गर्ला दुधभात देला मलाई
यो छोरी बढ्ली कमाई गर्ली दुधभात देली मलाई

माथीका हरफ नेपाली जनजीवनका एउटा बहुतै पुरानो भनाई हो, आमाबुवाले आफ्ना छोराछोरीसंग गर्ने अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । दुधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा, यस अर्थमा हामी सबैजना आफ्ना आमाबुवाको जीवन बिमा त हौं, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?

माकुराको उदहारण दिन चाहे आज दिनविशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरुले आमालाई खाईदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्राटुक्रा पारेर खाईदिने त्यो पाशविक नियती आजभोली हामी मान्छेमा उदहारणत पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरु अनि घरघरमा अपहेलना गरेर राखिएका आमाबुवाहरुका आँशुले कतै माकुराको प्रवृतिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?

समस्त आमाबुवाहरुलाई हामी नमन गर्न चाहन्छौं आज विश्व बुवाआमा दिवसको अवसरमा । विश्वमा एउटा अजिवको सत्यता छ र त्यो हो हाम्रो प्रजजन क्षमता, महिला या पुरुषको शारीरीक वनावट अनि आफुजस्तै अर्को जीवको संभावना जसलाई हामी सरलीकृत रुपमा बुवा या आमा बन्ने क्षमता या संभाव्यता भनेर पनि बुझ्न सक्यौं । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो ।

काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृती वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेकोर नाटक गरेको भनी सम्वोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाती केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कदा काठको टुक्रासंग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

नातीले वडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबावु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुवालाई संगै टेबलमा राखेर अनि फुटेपनि काँचकै कचौरामा आफुसरह खाना दिन थाल्दछन् । आँउदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भएपनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सदभाव देखाउन जरुरी छ ।

आमाको मुख हेर्ने दिनमा तरहतरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान अन्य दिनमा आमासंग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याँउदैनन् या जाँदैनन् । नानातरहका व्रत बस्ने ब्रतालुहरु घरकै रहेका बुवाआमा या सासुससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँझो मान्दछन् । कति बुहारीहरुले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सासुससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्व र माया दर्शाउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् ।
मातृ देवो भवः
पितृ देवो भवः


हाम्रो पात्रोका लागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम