ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

भोटो जात्रा : प्वाकलं जात्रा




भोटो जात्रा : प्वाकलं जात्रा विशेष अडियो सामाग्री

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यस जात्राका दिनहरु यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् । 

ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ । 
यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोकचौराहहरुमा लग्दछन् । यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।

पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ । 

ईटी र ठटी टोल बीचमा बसोबास गर्ने स्थानीय महिलाहरुले विशेषतः तान्ने यस रथयात्रालाई स्थानीय नेवार भाषामा याकः मिसाया भुज्या भनिन्छ । जावलाखेलको खुल्ला मैदानमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछिमात्र अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ । यसरी विभिन्न मणी माणीक्य जडित कालो भोटोलाई रथको चारैतर्फवाट उपस्थित सबैले देख्ने गरी देखाउने परम्परा छ ।

 लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगवाट उन्लाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ । 

भोटो जात्राका नेवार भाषाका अन्य नामहरु जा)ह्वला)जात्रा भनेर पनि स्थानीय भाषामा भोटे जात्रालाई भनिन्छ, यसै जाह्वला जात्रा का नामवाट ठाँउको नामनै जावलाखेल रहन गएको हो । यसको अर्थ भात छर्नु भन्ने हो, भोटे जात्राको दिन राती भात छर्ने चलन पनि छ । त्यसै गरी यस जात्रालाई प्वाकलं जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो । आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ । वर्षाका देवता मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् । 

सुयोग ढकाल 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.85
  • 110.45
  • European euro
  • 128.75
  • 129.46
  • UK pound sterling
  • 144.35
  • 145.14
  • Swiss franc
  • 110.67
  • 111.28
  • Australian dollar
  • 81.56
  • 82.01
  • Canadian dollar
  • 83.56
  • 84.01
  • Singapore dollar
  • 80.63
  • 81.07
  • Japanese yen (10)
  • 9.86
  • 9.91
  • Chinese renminbi (Yuan)
  • 16.22
  • 16.31
  • Saudi Arabian riyal
  • 29.29
  • 29.45
  • Qatari riyal
  • 30.17
  • 30.34
  • Thai baht
  • 3.3
  • 3.31
  • UAE Dirham
  • 29.91
  • 30.07
  • Malaysian ringgit
  • 27.05
  • 27.19
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 12.41
  • 12.47
  • Danish Krone
  • 17.28
  • 17.37

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम