ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विवाह पञ्चमी




आजसम्म पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट अाउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।


विवाह पञ्चमी श्री राम, जानकी विवाह महोत्सव विशेष

आज हामी एउटा यस्तो विवाह र एतिहासिक अलौकीक जोडीको कुरा गर्नजाँदैछौ जून हामीसबैले सुनेका र पढेका छौ । त्रेता यूगको रामायणका प्रसङ्ग अन्तर्गत् विवाह पञ्चमीको ब्याख्या गर्न चाहयौं, मंसिर शुक्ल पञ्चमी अर्थात् अाजैको दिन आर्दश जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दू संस्कृति अनुसार भएको हो ।

सप्ताहव्यापी रुपमा गरिने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यहि भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सत्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रुपमा सम्मान गरिन्छ । राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुलाठुला वीरहरुले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजाकोठाको सरसफाईका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसंग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यहि शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सीताका बहिनीहरु उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाईहरु लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।

यो विवाह महोत्सव अपरान्हको समयमा गरिन्छ तर विहानैदेखि रामजानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान गरिन्छ भने जन्ति र डोला हेर्ने भक्तजनको भक्तजनको घुईंचो लाग्ने गर्दछ । राम र सीताको स्वयंमवर सकिएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

यहि प्राचिन पाैराणिक महाविवाहको सम्झनास्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राणप्रतिष्ठान गरेर विवाह गरी सीता विदा गर्ने चलन छ । यसरी भारतबाट अाउने जन्तहरूमा विशेषत्ः साधू, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकीक सुन्दरताले भरीपूर्ण देखिन्छ । यो यूगमा पनि राम सिताको विवाह उत्तिकै महत्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा ब्यापक मेला लागेको छ र जनकपूरवासीहरु त्रेतायूगदेखिको आफूहरुले चलाई आएको चलन र आत्मियताको निरन्तरता दिइरहेका छन् ।

आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साईत देखाउन पर्दैन किनभने आज पौराणीक रुपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चातको रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसंगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पूजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रुपमा चिनिन्छ ।

२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्डभएको ठूलो खण्डकाब्य रामायण यीनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछी गएर वाल्मिकी ऋृषिले लिपिवद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्याण्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलीत छ । रामायणका यीनै पंक्तिहरुलाई वाल्मिकी ऋृषिले रामका पुत्रहरु लव र कुशलाई कण्ठस्त गराएका थिए । रामायणका पंक्तिहरु सुनेपछी रामले आफ्ना छोराहरुलाई ठम्याएका पनि हुन् ।

सीताको अग्निपरीक्षापछी रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्व, समानता, पारिवारीक दायित्व, राज्य नीतिहरु अनि मर्यादाका पाठहरु सिकाएर रामायणले मानव समूदाय र सभ्यतालाई ठूलो गुण लगाएको छ ।

अनि मंसिर कतिको लाग्या छ त ? विवाह गर्ने उमेर भएर पनि विवाह नगरेका अविवाहिताहरुलाई त मंसिर एउटा भारी अवसर हो भने हरेक पाईलैपिच्छे प्रश्नले घेरिएको महिना पनि हो, विवाह कहिले ? साथी आफैले चुनिसकेको हो कि हामी खोजिदिउँ ? किन ढिलो विहे गर्या, अब धेरै ढिलो भयो? तिम्रो उमेरमा हामीले त दुईवटा छोराछोरी जन्माईसकेका थियौं र मलाई मर्न अगाडी नातीनातिनाको मुख हेर्ने रहर छ जस्ता भावनात्मक अत्याचारका वाक्यांशहरुले त झन अप्ठेरै पार्छ है !

तर फेरि साथी भाईको विहेमा जाने, जन्त जाने या जन्त स्वागतगर्ने दुवैतर्फका भेला उत्तिकै रमाईलो हुन्छ । अब त पार्टी प्यालेसमा विहे हुने चलन बढेपछी वेहुला र वेहुली पक्ष दुवै अन्य कार्य भन्दा विवाह र रिती तिथीमै केन्द्रित हुन्छन् नत्र पहिले पहिलेको विवाहमा वेहुली पक्ष जन्तको स्वागत अनि विवाह तथा भोज व्यवस्थापनमा व्यस्त हुन्थे । सशस्त्र द्वन्द्व अगाडी रात्रीकालिन विवाह एकदमै चल्तीमा भएको नेपालमा विस्तारै दिवा विवाहहरुको चलन बढ्न थाल्यो । नत्र साँझमा जन्त लिएर जाने र विहान वेहुली अन्माउने चलन थियो ।

विवाह भएको छैन भने विवाह समारोहमा आँखा राम्रा र मधूर वचन भएकाहरुमा जान्छ नै, खोजेको वरवधू पाउनुहोस् र विवाहित हुनुहुन्छ भने वैवाहिक जीवन सुखद रहोस्, हाम्रो पात्रोको शुभकामना ।

-------
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62