Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

वृष संक्रान्ति



राशि चक्र अनुसार वृष दोश्रो राशि हो । सौर्यमान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष संक्रान्ति भनिएको हो । सामान्य भाषामा संक्रान्ति भन्नाले महिनाको पहिलो दिनलाई बुझिन्छ । संक्रान्तिलाई धन र पुण्य कार्यका लागि विशेष दिन भनिन्छ । बर्षको १२ महिना र हरेक महिनाको पहिलो दिनबाट सूर्यले राशि फेर्ने भएकोले प्रत्येक महिनाको सुरुवात पनि नयाँ राशिबाट हुन्छ । त्यसै अनुसार संक्रान्ति हुन्छ । मेष राशिमा रहेको सूर्य आजबाट वृष राशिमा प्रवेश भएको छ । वृष संक्रान्तिका दिनदेखि जेठ महिना शुरु हुन्छ । जेठ महिना चन्द्रमास अनुशार बैसाख पूर्णिमाको भोलिपल्टबाट र सौर्यमास अनुसार बृष सक्रांन्तिका दिनबाटै सुरु हुन्छ ।

शाक्य सम्वत् अनुसार जेठ महिना मेष सक्रांन्तिको पाँच दिनपछि सुरु हुन्छ । आजबाट ऋतुहरु मध्येको सर्वश्रेष्ठ बसन्त ऋतु समाप्त हुन्छ र गृष्म ऋतु शुरु हुन्छ । गृष्म समयलाई "गृष्मकाल" अथवा "गर्मी ऋतु" पनि भनिन्छ । जेष्ठ र असार महिना गृष्म ऋतु अन्तर्गत पर्दछन् । यो ऋतुमा गर्मीको चाप निकै हुन्छ । वृष संक्रान्ति अर्थात जेठ महिना लागेदेखि नै खेती किसानका लागि नयाँ दिनको शुरुवात भएको मानिन्छ । किसानहरुले मकैबाली भित्र्याउने र खाली भएका खेतबारीमा धानको बिउ राख्ने गर्दछन् ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07