Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

वृश्चिक संक्रान्ति




अर्कोतर्फ आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले "नेपाल दिवस"कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ ।


वृश्चिक संक्रान्ति नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

गर्मीको एकाधिपत्यलार्इ चिर्दै हल्का कुहिरो अनि चिसो सिरेटो छिप्पिदै जाने एकतमासका दिनहरु छन् । चाडवाडहरू नि सक्कियो, दिनहरु क्रमशः छोटा अनि रात लामा हुदैँछन् । छिटै साँझ पर्ने अनि ढिलोगरी विहान हुन थालेको छ । चिसो सिरेटोले घरिघरि जिउमा काँडा उमार्छ, विहानै शितहरुले जमिन भिज्न थालिसक्यो, तोरीका साग, वन्दा काउली, टमाटर अनि इस्कुश जस्ता तरकारीहरु तरकारी बारी या बजारमा प्रसस्तै छन् होला । विहान हिँड्दा आफ्नो मुखवाट निस्किएको वाफ हिंड्दा हिंड्दै, बोल्दा बोल्दै प्रष्टै देखिन थालिसक्यो । जाडो माैसमको पहिलो उपचार न्याना लूगाफाटा जस्तैः टोपी, पञ्जा, मोजा, ज्याकेटहरु टक्टक्याएर दुरूस्त राख्ने बेला यहि हो ।

यो त भयो नेपालको समाचार अब यदि तपाई विदेशमा हुनुहुन्छ भने त्यहाँको माहौल फरक हुनसक्छ, कहिँ जाडो त कहि न्यानो यहि त हो प्रकृतीको विविधता । तर जे जस्तो भएपनि नेपालीपन अनि नेपाली मनहरुलाई हाम्रो पात्रोमार्फत् यस "वृश्चिक संक्रान्ति"मा स्वागत छ ।

अाजबाट मंसिर लाग्यो है, यो मंसिर महिना एकदमै रोचक महिना हो, चिसो सिरेटोले मायालू अाभाष गराउने बेला हो । यस्तो माैसमले साहित्यकार, गीतकार, संगीतकारलार्इ पनि मज्जैले बेरेको पाइन्छ र त कोरिएक छन् लोकप्रिय गीतहरू, विशेषगरि जाडो अनि विवाहका बारेमा मंसिर महिना चर्चित छ ।

"मंसिरमा जाडो छ, वैशाखमा ल्याउला" तथा  "कान्छीलाई भित्राउने यहि आउने मंसिरमा" जस्ता गीतहरु हामीले सुनिआएका छौं । यो महिना विवाह, व्रतवन्ध अनि अन्य शुभकार्यका साईतले भरिपूर्ण हुनेगर्दछ, कपडा पसल या सुन पसलहरुमा चाप देखिन्छ, बाटोघाटोमा विवाहका गाडी अनि जन्तको हर्षोल्लासपूर्ण सहभागीता, गीत सहितका वैण्ड तथा पञ्चेा बाजाको ध्वनीले चिसोलार्इ तत्कालै तताउन कुनै असर छाड्दैन । ल है! तपाईको विवाह भएको छैन भने यो महिना तपाईकालागि उत्तम हुनसक्छ, लगनगाँठो कस्नलाई समय र सन्दर्भ भन्दापनि लगन र साईत जुर्नपर्छ । मसिंर महिना वैदिक सनातन हिन्दूहरूकोलागि शुभसाईतको राजा महिना हो ।

आजबाट सूर्य वृश्चिक राशिमा प्रवेश गर्दछ, तसर्थ आजको दिनलाई बृश्चिक संक्रान्ति पनि भन्ने गरिन्छ । हिन्दु पात्रो या क्यालेन्डरमा कुल १२ वटा महिनाका १२ वटै संक्रान्तिहरु हुन्छन् र आजको दिन यो वर्षको आठौँ सक्रान्ति हो । अस्ति भर्खर नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको जस्तो लाग्दछ तर हेर्दाहेर्दे समयले मज्जैले लामो दाैडमा सहभागी भएर आठौँ महिनामा प्रवेश गरिसकेछ ।

आजको दिनलाई कृषी कार्यकालागि विशेष मानिन्छ । किनकि साउनको मिहिनेतको फल अर्थात् रोपाईं अब भित्राउने बेला पनि भयो । पहेँला लहलहाउँदा धानका वालाहरु कतिले त काटेर घरमा भित्र्याइसक्नुभयो होला या भित्र्याउने तयारीमा हुनुहुन्छ होला! यसपालीको वाली राम्रो होस्, भकारी भरियोस, खान पुगोस् अनि दिन पुगोस् । सबैभन्दा महत्वपूर्ण कुरो विदेशबाट ठूलो धनराशी खर्चगरी अनावश्यक अन्न, दालहिन खाद्यान्न अायात गर्नुनपरोस् । 

नयाँ धानको चिउरा कुटेर, खेतमा पूजाआजागर्ने, दाउनी गरेका ठाँउमा भुमीपाथी पूजागर्ने चढाउने कार्य अाजको विशेषता हो । छोरीचेलीहरुलाई भुमीपाथीकारुपमा धान दिने चलन पनि छ । नयाँ धानको चिउरा उति सेतो नहुन पनि सक्छ तर त्यो चिउरा असाध्यै खँदिलो र स्वादिष्ट हुन्छ ।

अर्कोतर्फ आजको दिनमै नेपाल एकिकरणका योद्धा राष्ट्र नायक राजा पृथ्वि नारायण शाहले नेपाल एकिकरणको घोषणा गरेकाले "नेपाल दिवस"कारुपमा मनाउनपर्ने आवाजहरु पनि सुनिने गरिन्छ, एकिकरण अनि २२से र २४से राज्यहरुलार्इ सिङ्गो नेपालमा गरिएको समायोजनको त्यो इतिहास रोचक अनि प्रेरणादायी छ, हामीले सम्मान गर्नैपर्छ ।

तयार रहनुहोस, विवाहका निम्तोहरु प्रशस्तै आउने छन् यो महिनामा । जन्तमा समावेश भएर जाने विवाह होस् या गोडा धोएर गोडधूवा दिने पक्षमा सामेल हुने विवाह होस्, अवश्य जानुहोला, खुशियाली साट्नुहोला । सबैलाई शुभकामना, सबैको यो महिनाले श्रीवृद्धि गरोस्, जय होस् !

हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.63
  • 107.23
  • European euro
  • 112.87
  • 113.5
  • UK pound sterling
  • 133.59
  • 134.35
  • Swiss franc
  • 105.99
  • 106.59
  • Australian dollar
  • 82.2
  • 82.66
  • Canadian dollar
  • 81.42
  • 81.88
  • Singapore dollar
  • 75.92
  • 76.35
  • Japanese yen (10)
  • 9.48
  • 9.53
  • Chinese renminbi (Yuan)
  • 15.51
  • 15.6
  • Saudi Arabian riyal
  • 28.43
  • 28.59
  • Qatari riyal
  • 29.28
  • 29.45
  • Thai baht
  • 3.05
  • 3.07
  • UAE Dirham
  • 29.03
  • 29.19
  • Malaysian ringgit
  • 24
  • 24.14
  • Korean Won (100)
  • 9.43
  • 9.48
  • Swedish Krone
  • 11.88
  • 11.95
  • Danish Krone
  • 15.18
  • 15.27