ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

बुंग द्यः जात्रा / विश्व सम्पदा दिवस



बैशाख ४ गते बिसं २०७५
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । 

अवलोकेत्श्वर को संज्ञा पनि दिइएको रातो मच्छिन्द्रनाथलाई बर्षा र कृषीका देवता पनि भनिन्छ । नेपालमा आयोजना गरिने प्राचिन जात्राहरुमा सबैभन्दा लामो जात्रा बुंग द्यः अर्थात रातो मच्छिन्द्रनाथको रथयात्रा विगतका हजारौं वर्षदेखि बैशाख शुक्ल प्रतिपदावाट शुरु भई असार शुक्ल चौथीमा समापन गरिने चलन छ । हिन्दु अनि बौद्ध धर्मावलम्बीका साझा धरोहर मच्छिन्द्रनाथलाई हिन्दुहरुले सन्त गुरु करुणामयका रुपमा र वौद्ध धर्मावलम्बीहरुले पद्मपाणि’ ९पञ्चबुद्धमध्येका चौथो बुद्ध० का रूपमा पूजा गर्ने गर्छन् । 

चैत्र महिनाको पूर्णिमाकै दिनमा विधीवत पूजाअर्चना गरि त्यसवर्षको मच्छिन्द्रनाथको रथ निर्माणको विधी फुकुवा गरिन्छ । यसो गर्दा गुठियारहरु र बाराहीहरु उपस्थित हुन्छन् । भोलीपल्टवाट बाराहीहरुले रथमा पाग्रां जोड्ने र काठहरु जोड्ने कार्यको थालनी गर्दछन् । लगातार रथको तला थप्ने कार्य शुरु हुन्छ र यस रथको निर्माण भने ललितपुरको पुल्चोकमा गरिन्छ । वयामो अर्थात गजुरलाई रथको टुप्पोसम्म लैजानु अनि बागाें काठका टुक्राहरु जोडेर भव्य ।थ निर्माण गर्नु कलाकौशलता अनि भक्तिभावको उत्कट दृष्टान्त हो जसलाई शदियौं देखि कौशलताका साथ ललितपुरका नेवाः समुदायले निर्वाह गर्दै आएका छन् । रथ बनाउन ललितपुरको गोदावरी र मकवानपुर सम्मवाट सान्दानको काठ ल्याइन्छ । बोसी थरका नेवाहरुले साइत देखाएर जगंल जाने, काट काट्ने र तबहालस्थित गुठी संस्थानको कार्यलयअघि ल्याएर काठलाई काँटछाँट गर्ने गर्दछन् । 

अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ । दुई सातादेखि रथ निर्माण विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ ।

कसरी बनाइन्छ मच्छिन्द्रनाथको रथ ?
पाग्रां र रथको तलाहरु कस्ने काठलाई चिरुवा वेतको मुठोले कसिन्छ, यसरी रथको निर्माणमा गुठी संस्थानले स१चालन गरेको गुठीवाट गुठीयार कामदार र स्वयमसेवकले सुविधा र पारिश्रमीका पाँउदछन् । रथ निर्माणमा यँवाल थरका नेवार गुठियारले बेत कँस्ने र बाराही थरका गुठियारले काठसम्बन्धि सम्पूर्ण काम गर्छन । रथको धःमा र पाङ्ग्रा सिंगार्न चार जना चित्रकारको समूह हुन्छ । नेकु भनिने कलाकारले सुनको कोदालो प्रयोग गरेर स्वयम्भुबाट ल्याएको माटोबाट रातो मच्छिन्द्रनाथको मूर्ति बनाउँछन् । रथ निर्माणमा आइपर्ने फलामको काम गर्ने नकर्मीको गुठी हुन्छ, कलाकौश्लताको अदभुत निशानी यस रथमा हजारौ केजीको तौल भएपनि एउटा पनि फलामको किल्ला प्रयोग गर्ने चलन र इतिहास छैन् । 

निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ । काठ र बेतको कुशल संयोजनबाट रथ मजवुत हुने बताउने कालिगढ का अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैन । पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ ।
अक्षय तृतीयाको भोलीपल्ट साइत देखाएर अपरान्हमा यल अर्थात पाटनका ८ टोलबासीले रथ तानेर गावाहालतिर लैजान्छन् । यसरी प्राचीन रथयात्रा शुरु हुनपूर्व गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षवढाई गर्ने चलन सैयौं वर्षदेखि चलिआएको चलन हो । उता त्यसै दिन मच्छिन्द्रनाथका पिता मीननाथलाई पनि चक्रबहीवाट रथमा राखेर गावाहाल लगिन्छ । यसरी मच्छिन्द्रनाथको रथयात्रामा मीननाथको रथ अघि अनि मच्छिन्द्रनाथको रथ पछि तान्ने चलन छ ।

जात्रामा बाजागाजा र सार्दूलजंगको पल्टन सम्मिलित हुने गरेको छ । रथ गाःबहाल पुगेकै रातमा छोय्ला भू भनी भोजको आयोजना गर्ने र समय् बजी बाँड्ने परम्परा छ । मंगलबार बिहान भक्तजनहरूले मत्स्येन्द्रनाथको पूजाअर्चना गरी काँसको थालमा चामल चढाउने चलन छ । गाःबहाल जात्रापछि मीननाथको रथ अगाडि र मत्स्येन्द्रनाथको रथ पछिपछि तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याइन्छ ।  यसवर्षको मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ, बुंग द्यः जात्राको सबैलाई शुभकामना । 

विश्व सम्पदा दिवस
बिसं २०७५ बैशाख ४ गते
बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तिमा सस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो सभ्यता थिए । सोच आँउथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्धन अनि सुरक्षा नपाँउदा क्रमश हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका छौं । 

नुवाकोटको दरवार बांगिएको छ, बझागें राजाको दरवार देखि चाँगुनारायण सम्म, गृहेश्वरी देखि धनुषाको क्षिरेश्वरसम्मका हाम्रा सास्कृतक एवं इतिहासिक धरोहरहरु टुलुटुलु संरक्षणको आशामा बसेका छन् । हरेक दिन इँटाहरु घट्दै छन्, काठहरु हराँउदै छन् अनि मूर्तिसंगै भगवान, आशिष अनि नेपालीपना बेचिँदैछ । 

७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्कासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ । यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।
अफगानीस्तान बामीयान उपत्यकामा तालिवानले बारुदले उडाएका बुद्धका मूर्तिहरु अब के फेरि ठड्याउन सकिनेछ ?
हाम्रो देशमा काष्ठमण्डप पूनः बनाउन सकिनेछ ? समयमै बिचार गर्न नसक्दा आज शहरको नाम जुन सम्पदावाट भयो त्यो सम्पदा नै बुच्चो रहेको छ । काष्ठमण्डप बिनाको काठमाडौं, धरहरा बिनाको नेपाल शहर यो पुस्ताले देख्न परेको छ । अझ केही अन्य सम्पदाहरु त ९० सालको भुकम्पले मासेको अनि कहिल्यै उठ्न नसकेको पनि छन्, जुन हामीलाई थाहै छैन् ।

ढलेको धरहरा, दरवार स्क्वाएरहरु अनि रानी पोखरीको सुकेको पानी साक्षी राख्दै आज नेपालीहरुले सम्पदरा र सम्पती संरक्षणको कसम खानुपर्ने दिन आएको छ ।

नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, बसन्तपुर दरवार त केवल एउटा प्रतिनीधी स्थल मात्र भयो यस्ता धेरै एतिहासिक अनि सस्कारगत सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् । हजारौं वर्ष खेपेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त ? आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनता पूर्वक सोच्ने बेला मात्र हैन अबेला नै भएको छ ।

होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किगं लट बनाइएका एतिहासिक सत्तलहरु हुन् ? भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो । 

यसपाला काठमाडौको खोकना वासीहरुको आन्दोलन देखि सडक बिस्तारका क्रममा चोइल्याइएका मन्दिर र सत्तलका अवशेषहरुले सम्पदा प्रतिको हाम्रो उदासिनता जागृत गर्दछ । हामी को हौं र कहाँ कसरी आयौ लगायतका मुख्य विवरण अनि इतिहासहरु जोगाउने सम्पदाहरुको सरक्षण गर्नु हाम्रो पहिचान अनि सस्कार दुबै कुराका लागि महत्वपूर्ण छ । हाम्रा पानीका धाराहरु, मुर्तिहरु, गजुरहरु, भवनहरु अनि हरेक इँटा र काठका टुक्राहरु मुल्यवान छन्, यिनको रक्षा गर्नसक्नु हाम्रो कर्तब्य हो । आजको दिनमा यि कुराहरुको चेतना सबैमा होस् । 

कति सम्पदा त अहिले भवन अनि चौरमा परिणत भइसकेका छन् । ति कुराहरुलाई व्यूँताउन सफल नेतृत्वको उदय होस्, सम्बन्धीत निकाय र सरकारको ध्यान जाओस् ।  विश्व सम्पदा दिवस सन् १९८२ वाट मनाउन शुरु गरिएको हो र यस दिवसमा विश्व भरि धेरै सम्पदा संरक्षणका आवाजहरु उठ्ने गर्दछन् । चोरी निकासी गरेर विश्व बजारमा बेचिएका हाम्रा देवताका मूर्ति अनि कलाहरुलाई देशमा फर्काउने प्रयासको सस्थागत अभ्यासका लागि पनि आजको दिन जरुरी छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्म सम्पदाको सुरक्षा होस्, हराएका फर्किउन्, लडेका उठुन अनि उठेकाहरु सजिउन । विश्व सम्पदा दिवसको सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 126.15
  • 126.83
  • UK pound sterling
  • 141.61
  • 142.37
  • Swiss franc
  • 111.83
  • 112.43
  • Australian dollar
  • 80.46
  • 80.9
  • Canadian dollar
  • 85.07
  • 85.53
  • Singapore dollar
  • 80.74
  • 81.18
  • Japanese yen (10)
  • 10.05
  • 10.1
  • Chinese renminbi (Yuan)
  • 16.13
  • 16.22
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.18
  • 27.33
  • Korean Won (100)
  • 9.82
  • 9.87
  • Swedish Krone
  • 12.13
  • 12.19
  • Danish Krone
  • 16.92
  • 17.01

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम