ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

छन्द दिवस




मिष्ठ भोजन, सौन्दर्यको प्राप्ति, सुमधुर वाणी, सुविधाजन्य वासस्थान र सन्तोष आदि मानिसका नैसर्गिक चाहाना हुन् । प्रत्येक व्यक्तिमा यी कुराको एषणा रहन्छ जस्को पूर्तिका लागि आत्मसंयमता, इमान्दारिता, साधना र सद्भावपूर्ण व्यवहारको आवश्यकता पर्दछ । त्यो व्यवहार नै छन्दसँग जोडिएको व्यवहार हो ।


छन्द दिवस विशेष अडियो सामाग्री

साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।

जव कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरु नियमसंगत रुपमा मिल्दछ, तव छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरु रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरुलाई व्यवस्थितगर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरुको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुतगर्दा श्रवण गर्ने श्रोताहरु मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर बाचन गरिएका कवितालाई रुचिपुर्वक श्रवण गरिन्छ । छन्दमा श्रोतालाई लठ्ठ बनाउने शक्ति हुन्छ । तर यस्तो क्षमतायुक्त छन्दको प्रयोग भने कविता साहित्यमा घट्दै गएको पाइन्छ । छन्द- अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ ।
----
अभियन्ता वियोगी भन्नुहुन्छः "छन्द पुरानो भयो, यसको युग समाप्त भयो भनी अफबाह फैलाउने काम यो अभियान सञ्चालन पूर्व व्यापक थियो तर अभियान सञ्चालनपछि अहिलेको युग छन्दको युग बनेको छ भने छन्द नयाँ चिन्तन र नयाँ परिपाटीका लागि आधारशीला बनेको छ । छन्दका नाममा अभियान अन्तर्गत रही देशभर सञ्चालित कार्यक्रमले त्यो कुराको पुष्टि गरिसकेको छ । पुराना वस्तु यदि राम्रा र उपयोगी छन् भने तिनलाई उपयोगमा ल्याउनुपर्छ भन्ने मान्यता पनि छन्द अभियानको छ । पुरानो वस्तु त्याग्ने वा छन्दलाई पुरानो मान्ने हो भने हामी बसेको घर र पृथ्वी पनि पुरानो भएको छ । पुरानो भएपनि घर र पृथ्वी जसरी उपयोगी र अत्यावश्यक छन् । त्यसरी नै छन्द पनि अत्यावश्यक छ भन्ने मान्यताको विकास अभियानले गरेकैले आजको युग छन्दको युग बनेको हो ।"

वहाँ अगाडि थप्नुहुन्छ, "मैले छन्दलाई मानव सभ्यताको उषाकालसँग जोडेको छु । मिष्ठ भोजन, सौन्दर्यको प्राप्ति, सुमधुर वाणी, सुविधाजन्य वासस्थान र सन्तोष आदि मानिसका नैसर्गिक चाहाना हुन् । प्रत्येक व्यक्तिमा यी कुराको एषणा रहन्छ जस्को पूर्तिका लागि आत्मसंयमता, इमान्दारिता, साधना र सद्भावपूर्ण व्यवहारको आवश्यकता पर्दछ । त्यो व्यवहार नै छन्दसँग जोडिएको व्यवहार हो । पछि त्यस मानव एषणालाई वेदमा समावेश गरिएपछि मानवव्यवहारले लिपिवद्ध हुने अवसर पाएको मैले पाएको छु । छन्दलाई वेदको एक अङ्ग मानिएको छ । वेदका शिक्षा, निरूक्त, व्याकरण, ज्योतिष, कल्प र छन्द यी ६ अङ्ग मध्ये छन्दलाई पाउ मानिएको छ भने आखालाई ज्योतिष मानिएको छ । छन्द वेदको आधार हो जसको अभावमा वेद लङ्गडो मात्र नभएर स्वादहीन हुन्छ र ज्योतिष दृष्टिसँग सम्बन्धित भएकाले त्यसका अभावमा वेदको पनि अर्थ गौण बन्दछ ।"

"मद्वारा एकल रूपमा शुरू भएको आन्दोलन आज साझा आन्दोलन बन्नु र आन्दोलनकै प्रभावममा छन्दको विकास र प्रचारका लागि संस्था खोलिनुले छन्दको अपरिहार्यता पुष्टि भएको छ । छन्दमा फूटकर कविता, गजल, मुक्तक, खण्डकाव्य र महाकाव्य लेख्ने क्रम तीब्र बन्नु, छन्द प्रशिक्षण चलाइनु र छन्द जनिने गरी नाम राखिनुले पनि छन्दको सुदूर भविष्य समुज्जवल हुनु हो । छन्द आन्दोलनलार्इ टेवा दिने गरी मद्वारा सञ्चालित "महाकाव्यलेखन अभियान-२०६०" पनि सशक्त भर्इ हाल देशमा छन्दोबध्द महाकाव्य लेखन तीब्र गतिमा भइरहेका छन् । मैले यस अन्तर्गत पनि अनौपचारिक रूपमा प्रशिक्षण जारी राखेको छु ।"

"आन्दोलनको प्रभावमा हिजो अनिल पौडेलहरू खटेझैं अहिले केही साथीहरू रामप्रसाद ज्ञवाली, देवी नेपाल, कविराज पौडेल, रमेश शुभेच्छु लगायतले गरेका क्रियात्मक कार्य पनि छन्द विकासमा महत्वपूर्ण छन् ।"

"छन्ददिवस मनाउने कार्यमा साहित्यिक संघसंस्थाको सक्रियता बढ्दै गएको अवस्था एकातिर छ भने अर्कोतिर संचार माध्यमको चासो बढ्दै गएको छ । छन्ददिवस केही वर्ष त म एक्लैले मनाएँ । दिवस मनाउँदा, प्रशिक्षण दिदा र पत्रकार सम्मेलन गर्दा मैले लाख रुपैयाँ लगानी गरे र परिवारको सुख खोसें । परिणामत: छन्ददिवस् आयो, छन्दमा लहर आयो, लाखौंलाखको मन छोयो । सत्यको साधना अन्तत: फलदायी हुने रहेछ ।"

"कविशिरोमणि लेखनाथ पौडेल, छन्दशिरोमणि माधव घिमिरे र कविवर मुकुन्दशरण उपाध्यायलाई मैले आफ्ना लेखन आदर्श मानेक छु । उहाँहरूको सिर्जनाको प्रभाव कुनै न कुनै रूपमा छन्द आन्दोलनमा छ । मेरो बाँकी जीवन छन्द र महाकाव्य लेखनमै बित्नेछ । लामो समयदेखि मधुमेह रोगले ग्रसित छु र पनि छन्द विकास र महाकाव्य सिर्जनामा लाग्दा मलाई सकारात्मक ऊर्जा मिलेको छ ।"

---
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दुलविकृडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरु संस्कृतका छन्दहरु हुन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई नै छन्दको प्रकारका रुपमा मानिएको छ ।


---
हाम्रो पात्रो

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.51
  • 107.11
  • European euro
  • 129.77
  • 130.5
  • UK pound sterling
  • 148.69
  • 149.52
  • Swiss franc
  • 108.33
  • 108.94
  • Australian dollar
  • 80.75
  • 81.21
  • Canadian dollar
  • 83.03
  • 83.5
  • Singapore dollar
  • 80.39
  • 80.84
  • Japanese yen (10)
  • 9.76
  • 9.81
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.94
  • Saudi Arabian riyal
  • 28.4
  • 28.56
  • Qatari riyal
  • 29.25
  • 29.42
  • Thai baht
  • 3.38
  • 3.4
  • UAE Dirham
  • 29
  • 29.16
  • Malaysian ringgit
  • 27.19
  • 27.34
  • Korean Won (100)
  • 9.88
  • 9.93
  • Swedish Krone
  • 12.42
  • 12.49
  • Danish Krone
  • 17.42
  • 17.52

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम