ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तर्राष्ट्रिय भन्सार दिवस


अन्तर्राष्ट्रिय भन्सार दिवस विशेष अडियो सामाग्री

सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देश विचको सिमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाँउदछ । नेपाललाई दुई ढुगां विचको तरुलका रुपमा परापूर्वकालदेखिनै ब्याख्या गरिदै आएको छ, भारत र चिनसगँ नेपालका पनि धेरै भन्सार कार्यलयहरु छन् । 


विहानै उठ्ने वित्तिकै हामीले चिया खाने कपहरु, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात कचौराहरु, चम्चाहरु, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरु, लताकपडाहरु अनि प्रयोग गरिने मोवाईल लगायत कम्प्यूटरहरु यिनै विभिन्न भन्सार कार्यलयहुँदै आयात गरिएका हुन् । यसअर्थमा हाम्रो दैनिक जिवनमा चाहीने बस्तु अनि सेवाहरुको सरल अनि सहज आपूर्तिका लागी भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरु लगायत तिन्ले खपत गर्ने हरेक थोपा ईन्धनहरु अनि हाम्रो भान्साकोठामा भएका नुनका प्रत्यक चिम्टीहरुसमेत पनि भन्सारकै नाका भएर आएको हो । नेपाल एउटा भुपरिवेष्ठित देश भएकले हामी नेपालीहरुका लागी भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यलयहरुमा आयात या निर्यात गरिने सामानहरुको लेखाजोखा राखीन्छ, देशको कानुनअनुसार कर लगाईन्छ र मापदन्ड बमोजिम पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रुपमा देशले विकास निर्माणकालागी प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरु चाहे ती वाटो या स्कूल वनाउने देखि पूल र अन्य भौतिक पूर्वाधारहरु अनि विकासका अन्य मापदन्डप्रति सरकारको लगानीहरु धेरैजसोका श्रोतहरु यिनै राजश्व नै हुन् । चीनसँगका भन्सार नाकाहरु हुँदै या भारतसँगका नाका हुँदै ठूला ठूला मालवाहक गाडीमा आउने सामानहरु हाम्रा जिवनरेखाकारुपमा रहेका छन्, 


हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने क्रमचाही विश्व भन्सार सगंठनले कायम गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६५औ भन्सार दिवस मनाउदै छन् । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमुलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ । 


भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानुनतः एउटा अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नकालागी भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्षके भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उदेश्य निर्धारण गरि त्यो उदेश्य प्राप्ती भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाई हुन्छ । 

आयात अनि निर्यातकालागी चीन र भारत दुबै देशसँग ब्यापार सम्झौता गरि नेपालसरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभसरवाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस्, एकमात्र अन्तराष्ट्रिय विमानस्थल अर्थात त्रिभुवन विमानस्थललाई अझ बैज्ञानीक अनि सहज वनाउदै सहज आयात अनि निर्यातको ब्यवस्था गर्न सकोस् , राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस । विश्वमा कम्प्यूटर प्रविधीवाट सहज अनि सरल बनाईएको भन्सारका लेखाजोखा र विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भईरहेको छ, प्रविधीले नेपाली भन्सारलाई सर्लक्क बाँधन सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् ।
भन्सार दिवसको शुभकामना

सुयोग ढकाल


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53