द्वादशीमा स्वागत छ ! दशैं आयो आयो भन्दा भन्दै दशैंले बिदा माग्न थालिसकेको छ । परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ । ए साँच्ची जमरा नि ? जमरा छ कि छैन ? पहेंलिए या अझै हरिया नै छन् ? अब पूर्णिमाको दिन सेलाउने जमरालाई त्यसअघि सम्मका टीकाटालोमा लगाउन त पुर्याउनै पर्याे, हैन त ?
हिजोको एकादशी महात्मयको व्रत बस्नुभएकोहरुलाई त आज सबेरै खाना अथवा फलाहार गर्न जरुरी छ, माईत मावल सबैतिरबाट धैरेले आशिष थापिसक्नुभयो अनि धेरैले अझै ति मायारूपी अाशिषका शब्दहरू थाप्दै हुनुहुन्छ । माता दुर्गाको महाप्रसादरूपी रातो अक्षता र हरीया पहेँला जमरा ग्रहणबाट सक्दो कोही नछुटुन, कसैको निधार खाली नहोस्, अाफ्ना अग्रजका अाशिषका भावहरूले सबका मनमा एउटा उर्जा बनाइरहोस्, शुभकामना छ !
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: