Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

फागु पूर्णिमा (होली)





आज फाल्गुण महिनाको पुर्णिमा अर्थात फागु पुर्णिमा । रंगहरुको पर्वका रुपमा मनाईने होली पर्व पनि । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।


परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दि बैठक दक्षिणमा तीनतले चीर ठड्याइन्छ । यसो गरेपछि फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतिकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढालिन्छ । पछि त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । चिर ढालिनु अघि अन्तिममा दर्शन र पूजा गर्ने परम्परा रहेको छ । चीर दाहपछि बनेको खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन छ । यहि पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ । रातो टिका लगाएर खुसियाली मनाइन्छ । आजको दिनलाई पर्व विदाका रुपमा सार्वजनिक विदा दिने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी जिल्लामा पुर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकोले त्यहि अनुसार विदा दिने चलन छ ।


अर्कोपौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाईमार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकरठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेकोर खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । विशेषगरी नारदपुराण  भविष्य पुराणमाहोलीको प्राचीनताबारे उल्लेख गरिएको छ ।

होलीकोदिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्गलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवतीतथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् ।

होलीमाप्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ ।त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रियरङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ त्यहि भएर प्राय: देवताहरूलाई रातोरंगका पहिरनमा देखाइन्छ ।

होलीपर्व नेपाल सहित छिमेकी भारतका विभिन्न राज्यहरुमा पनि निकै उत्साहका साथ मनाइन्छ। बिहार राज्यको भोजपुरी शैलीको होली प्रचलित छ । त्यहाँको जोगिरा गायन अर्थात् 'जोगिरासरर...' एसियामैलोकप्रिय छ ।


- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68